समाचार

बसाइँसराइको चापले खेतीयोग्य जमीन घट्दै

धनगढी, माघ २८ गते ।“पहिलेका ठूलाठूला खेतीयोग्य फाँट सकिन लागेका छन्, ठूला खेतका फाँट अब देख्न पाउनुहुन्न”, कैलालीको गोदावरी नगरपालिका–१ बिजौरा गाउँमा भेटिनुभएका स्थानीय खगराज भण्डारीले भन्नुभयो । साविकमा गाउँपालिका रहेका क्षेत्रलाई नगरपालिकामा समेटिएसँगै गोदावरी नगरका वडासहित कैलालीका कतिपय क्षेत्रका उर्वरभूमि घडेरीमा बिक्री हुने क्रम बढ्न थालेको छ । सरकारले अंशबण्डाको काम बाहेकको जग्गाको कित्ताकाट […]


महिला हिंसा अन्त्य गर्न कानून कार्यान्वयनमा जोड

काठमाडौँ, माघ २८ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले विद्यमान ऐन÷कानून कार्यान्वयनका साथै जनतालाई सचेत गराएर महिला हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । एकसय नबौँ अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) लाई भव्य र सभ्य रुपमा सफल बनाउन उक्त मन्त्रालयद्वारा यहाँ आज आयोजित तयारी बैठकलाई सम्बोधन गर्दै उहाँले पछिल्लो पटक मुलुकका विभिन्न […]


‘मिनरल’का बोतल प्रयोग गरी विद्यालय भवन निर्माण गरिँदै

लमही, माघ २७ गते । दाङको तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको मावि कालोखोलाको भवन ‘मिनरल वाटर’का बोतल प्रयोग गरी निर्माण गर्न थालिएको छ । बिगत आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको उक्त विद्यालयको भवनलाई टिच फर नेपालका स्वयंसेवकले जथाभावी फालिएका मिनरल वाटरका बोतल प्रयोग गरेर निर्माण शुरु गरेका हुन् । दाङमा पहिलो पटक यस्तो खालको भवन निर्माण […]


‘तीनै सरकारबीच समन्वय हुनुपर्ने’

उर्लाबारी, माघ २७ गते । प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्वाहाङ्फेले संविधानलाई पूर्ण कार्यान्वयन गर्न तीनवटै सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ । मोरङको उर्लाबारी नगरपालिकामा आज स्थानीय राजपत्र सार्वजनिक गर्दै उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुन सकेन भने समस्या सिर्जना हुने बताउनुभयो । उहाँले जनतालाई सरकारको अनुभूति दिन पनि तीनवटै सरकार मिलेर अघि […]


सरकारको काममा अवरोध नपुर्याउ – सञ्चारमन्त्री

काभ्रेपलाञ्चोक, माघ २७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको काममा अवरोध नपु¥याउन सबैमा आग्रह गर्नुभएको छ । बनेपा नगरपालिका–१० काङ्गलमा आज पञ्चकन्या मन्दिरको शिलान्यास गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “सरकार क्रमैसँग विकासनिर्माणका काम गर्दैछ, सरकारको काममा डिस्टर्ब नगर्नुस् ।” उहाँले जनतासँग खाएको कसम केही पूरा भएको जिकिर गर्दै बाँकी क्रमैसँग पूरा गरिने प्रतिबद्धता […]


एक्काइस खेलाडीको दुई वर्षका तलब आइसिसीले पठायो

काठमाडौँ, माघ २६ गते । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ठ पठाएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेसँगै नेपाली खेलाडीले दुई वर्षदेखिको तलब पाएका थिएनन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को पहलमा आइसिसीले दुई वर्षको खेलाडीको तलब एकमुष्ठ रु एक करोड २७ लाख ८७ हजार ७८२ पठाएको राखेपले जनाएको […]


वाग्मतीको पानी पिउनसक्ने बनाउनुपर्छ ः परराष्ट्रमन्त्री

काठमाडौँ, माघ २६ गते । वाग्मती सरसफाइ ३००आँै हप्ताको अवसरमा आज बिहान शङ्खमूलमा विशेष कार्यक्रमको आयोजना गरियो । शहरी विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र खानेपानी तथा सरसफाइमन्त्री बिना मगर,सामाजिक संघसंस्थाका अभियन्ता, समाजसेवी र प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त अवसरमा परराष्ट्रमन्त्री […]


कर्मचारी समायोजनका सबै प्रक्रिया पूरा गरिँदै

काठमाडौंँ, माघ २६ गते । सरकारले आउँदो फागुन ३ गतेभित्र कर्मचारी समायोजनका सबै प्रक्रिया पूरा गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन प्रक्रिया अन्तिम चरणमा पु¥याएको र फागुन ३ गते भित्र कर्मचारी समायोजन टुङ्गिने समयसीमा अनुरुप काम गरिरहेको छ । फानुन ३ गतेकोे २१ दिनभित्र कर्मचारी तीनै तहमा पुगिसक्ने प्रावधान […]


माथिल्लो भोटेकोशी आयोजनाको ४० प्रतिशत काम

चौतारा, माघ २५ गते । प्राकृतिक प्रकोपको मारमा परेर करीब पाँच वर्षदेखि बन्द रहेको ४५ मेगावाट क्षमताको माथिल्लो भोेटेकोशी जलविद्युत् आयोजनाको अहिलेसम्म ४० प्रतिशत काम भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीमा निजी क्षेत्रबाट निर्माण भएको सो आयोजनाबाट झण्डै पाँच वर्षदेखि उत्पादन बन्द भएपछि कम्पनीका साथै राष्ट्रलेसमेत घाटा व्यहोर्दै आएको छ । विसं २०७१ साउन […]


बाँकेलाई औद्योगिक राजधानीका रुपमा विकास गरिने : मन्त्री गिरी

राँझा, माघ २५ गते । प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बाँके जिल्लालाई औद्योगिक राजधानीका रूपमा विकास गरिने बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँके शाखाले आज खजुरामा आयोजना गरेको औद्योगिक महिला उद्यमशीलता लघु घरेलु तथा कृषि प्रविधि पर्यटन महोत्सव उद्घाटनका क्रममा उहाँले भन्नुभयो, ‘‘यस प्रदेशमा औद्योगिक […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter