
धनगढी, फागुन ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ८ गते सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले सो जानकारी दिनुभएको हो । यसैगरी सोही दिन धनगढी खुलमञ्चमा आयोजना हुने पार्टीको सुदूरपश्चिमस्तरीय विषेश कार्यकर्ता भेलालाई पनि उहाँ र कम्युनिष्ट पार्टी(नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’लगायत नेताले पनि […]

रुपन्देही, फागुन ४ गते । पवित्र धार्मिक गन्तव्य मानसरोवर कैलाश जान चाहने तर नसक्ने पर्यटकलाई मध्यनजर गर्दै प्रदेश नं ५ सरकारले बाँकेमा मानसरोवर निर्माण प्रक्रिया शुरु गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बाँकेको कोहलपुर नजिकै बैजनाथ–६ लालपुरमा मानसरोवरको प्रतीकात्मक स्थल निर्माण प्रक्रिया शुरु गरिएको हो । नेपालको बाटो हुँदै वर्षेनी हजारौँ पर्यटकले तिब्बतमा पर्ने […]

काठमाडौँ, फागुन ४ गते । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३८ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन् । वाग्मती सफाइ महाअभियानको ३०१औँ हप्तामा टेकू […]

काठमाडौँ, फागुन ३ गते । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले वीर अस्पतालमा रु १० लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । नेता जोशीले आफ्ना स्वर्गीय पिता गजेन्द्रराज जोशीको स्मृतिमा आज रु १० लाख राशिको गजेन्द्र स्मृति कोष स्थापना गर्नुभएको हो । नेता जोशीकी आमा गीता जोशीले अस्पतालका कार्यकारी निर्देशक भूपेन्द्र बस्नेतलाई उक्त रकम हस्तान्तरण […]

कञ्चनपुर, फागुन ३ गते । थारु समुदायको वैवाहिक परम्परामा आधुनिकता थपिदा यसको मौलिकता नै हराउन थालेको छ । कञ्चनपुरका थारु समुदायले अरु समुदायको देखासिकीमै दाइजो प्रथालाई अँगाल्न थालेका छन् । केही वर्षयतादेखि थारु समुदायले अन्य समुदायको देखासिकीमै छोरीलाई दाइजो अनिवार्यरुपमा दिन थालेका हुन् । बेहुलालाई हातघुवाइ भनेर एक थान लोटा र एक थान थालीबाहेक दाइजो […]

बुटवल, फागुन ३ गते । प्रदेश स्थापनाको पहिलो वर्ष प्रदेश नं ५ मा आज स्थापना दिवस मनाइएको छ । गत वर्ष आजकै दिन प्रदेश सरकार गठन भएको दिनलाई आधार मानी प्रदेश स्थापना दिवस मनाइएको हो । प्रदेश स्थापना दिवसका अवसरमा प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा पनि दिएको छ । दिवसका अवसरमा आज बिहान बुटवलमा […]

विराटनगर, फागुन १ गते । प्रदेश नं १ को विकास तथा समृद्धिमा सहयोग पु¥याउने उद्देश्यले प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घबीच सार्वजनिक, निजी र साझेदारी सम्बन्धी पत्रमा हस्ताक्षर भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र महासङ्घका अध्यक्ष भवानी राणाले मंगलबार सो समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । समझदारी पत्रमा कृषि क्षेत्रमा […]

सुर्खेत, फागुन १ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार आवधिक हुने भए पनि लोकतन्त्र आवधिक नहुने भएकाले उकुसमुकुस भएर प्रस्तुत नहुन प्रमुख प्रतिपक्षी दललाई आग्रह गर्नुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अको¥याब) राष्ट्रिय सम्मेलन र साधारणसभाको आज उद्घाटन गर्दै सरकारका प्रवक्ता बाँस्कोटाले यही फागुन ३ गते सरकार गठन भएको एक वर्ष […]

पाल्पा, फागुन १ गते । ग्रामीण क्षेत्रमा सञ्चालनमा आएका लघुवित्तले नागरिकको जीवनशैलीमा परिवर्तन देखिन थालेको छ । आर्थिक अभावका कारण सानातिना व्यवसाय सञ्चालन गर्न नसक्ने विपन्न समुदायका लागि लघुवित्त सहयोगी बनेको छ । रिब्दीकोट गाउँपालिका हार्थोककी शोभा घर्तीले लघुवित्तबाट ऋण लिएका महिलाको आर्थिक परनिर्भरता हटेको सुनाउनुभयो । ‘‘तरकारी, भैँसीपालन, कुखुरापालनले आर्थिकरूपमा आत्मनिर्भर बनेको छौँ, दिदीबहिनी […]

काठमाडौँ, माघ २८ गते । नेपाल उद्योग वाणिज्य महासङ्घको रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न सार्क देशका रोजगारदाता एवं लगानीकर्तालाई आग्रह गर्नुभएको छ । दक्षिण एसियाली रोजगारदाता मञ्चको आजदेखि नयाँदिल्लीमा शुरु भएको आठौँ बैठकलाई सम्बोधन गर्दै उहाँले नेपालमा श्रम तथा सामाजिक सुरक्षासम्बन्धी उपयुक्त कानून निर्माण भएका, यसका कारण रोजगारदाता र श्रमिकबीचको सम्बन्ध राम्रो […]