समाचार

मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउँछन् : पूर्वप्रम डा भट्टराई

खोटाङ, माघ २१ गते । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउने बताउनुभएको छ । ‘असल राजनीति र समावेशी विकासका लागि जन संवाद’ अभियानका क्रममा खोटाङ आउनुभएका डा भट्टराईले यस्तो बताउनुभएको हो । विकास जनताको लागि भएकाले विकास निर्माणका क्रममा जनतालाई उठिबास गराउन नहुने उहाँले तर्क गर्नुभयो […]


गाउँमा बैंक पुगेसँगै आर्थिक गतिविधिमा वृद्धि

बैतडी, माघ २० गते । चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडी जिल्लाका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना भएका छन् । स्थानीय तहमा बैंक स्थापना भएसँगै ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढ्न थालेको छ । सरकारले प्रत्येक स्थानीय तहमा बैंक पु¥याउने नीति अवलम्बन गरेपछि ग्रामीण क्षेत्रको आर्थिक रुपान्तरणमा परिवर्तन आउन थालेको […]


बेपत्ता र सत्य निरुपण आयोगसम्बन्धी विधेयकमाथि विचार गरियोस् प्रस्ताव स्वीकृत

काठमाडौँ, माघ २० गते । राष्ट्रियसभाको आजको बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले त्यससम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै सङ्क्रमणकालका कार्य टुङ्ग्याउन सबै सहमतिका साथ समाधानतर्फ लाग्नुपर्ने बताउनुभयो । प्रस्तावमाथिको छलफलमा […]


राजदूत नियुक्तिसँगै शपथ

काठमाडौँ, माघ २० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँका नीलाम्बर आचार्यलाई गणतन्त्र भारतको राजदूतमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उहाँलाई उक्त पदमा नियुक्त गर्नुभएको हो । आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त राजदूत आचार्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । मन्त्रिपरिषद्को […]


बूढीगण्डकीमा १९ अर्ब मुआब्जा वितरण

नरेन्द्र ढकाल / गोरखा, माघ १८ गते । बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि हालसम्म १९ अर्ब रुपियाँ मुआब्जा वितरण भएको छ । आयोजनाको डुबान क्षेत्रमा हालसम्म १९ हजार रोपनीभन्दा बढी क्षेत्रफलका लागि उक्त मुआब्जा वितरण भएको हो । गोरखातर्फको करिब २७ हजार रोपनी डुबान क्षेत्रमध्ये हालसम्म करिब १९ हजार रोपनीको मुआब्जा वितरण गरिएको हो । निर्धारितमध्ये […]


सुर्खेतमा मानव सेवा आश्रम सञ्चालन

सुर्खेत, माघ १९ गते । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ‘मानव सेवा आश्रम’ सञ्चालन गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ स्थापना गरिएको सो आश्रम शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सडकमा रहेकी वृद्ध लक्ष्मी रेग्मीलाई प्रवेश गराएर उद्घाटन गर्नुभएको थियो । “कर्णाली प्रदेशको सबै काम सरकारबाट सम्भव छैनन्, निजी क्षेत्रको पनि आफ्नै भूमिका छ”, उहाँले भन्नुभयो, “सिङ्गो […]


५२ प्रतिशत मुद्दा फछ्र्यौट

बलेवा, माघ १९ गते । बागलुङ जिल्ला अदालतले चालू आर्थिक वर्षको पहिलो छ महीनामा ५२ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । अदालतले वर्षभरि ६५ प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको थियो । एक मात्र न्यायाधीश भएको उक्त अदालतमा दैनिक तीनदेखि सातसम्म मुद्दा फछ्र्यौट हुने गरेको छ । गत वर्षको जिम्मेवारी सरेका १४४ र चालू वर्ष […]


गरीबी न्यूनीकरणमा केन्द्रित भूमि नीति ल्याइँदै

काठमाडौँ, माघ १८ गते । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणले भूमि अधिकार, स्वामित्वको सुरक्षा, भूमि बजारको सुधारलगायत विषय समावेश गरी भूमि नीति तयार गरेको छ । खाद्य अधिकारको सुनिश्चितता, कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि, किसानको कृषि भूमिमा सहज पहुँच विस्तार गरी गरीबी न्यूनीकरणलाई नीतिमा प्राथमिकता दिइएको छ । भूमिसम्बन्धी विभिन्न समस्याको स्थायी समाधानका लागि […]


आर्थिक विकासको महत्वपूर्ण पाटो पर्यटन ः उपप्रम पोखरेल

कावासोती, माघ १८ गते । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले आर्थिक विकासको महत्वपूर्ण पाटो पर्यटन भएको बताउनुभएको छ । नवलपरासी पूर्व नवलपुरको पिप्रहर सामुदायिक होमस्टे (घरबास) ग्राममा भएको होमस्टे एशोसिएसन नेपालको दोश्रो राष्ट्रिय कार्यशालामा बोल्दै उहाँले पर्यटनमार्फत मुलुकको आर्थिक विकास गर्न सकिने बताउनुभयो । उपप्रधानमन्त्री पोखरेलले सरकारले आर्थिक विकासका लागि सहज हुने हिसाबले ऐन र […]


वास्तविक शहीदलाई राज्यले उचित सम्मान गर्न सकेन

काठमाडौँ, माघ १६ गते । हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए ओँठमा हाँसो, गालामा लाली तब आउँछ जगत्को देशको पिरले भेटी जब वीरले चढाउँछ रगतको शहीदहरुको सम्झनामा भूपि शेरचनले लेख्नुभएको यस कविताले शहीदको गरिमालाई झनै बढाएको छ । तर अहिले शहीदको नाममा भएको विकृतिले शहीदको महत्वलाई झनै घटाएको छ […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter