समाचार

उत्पादन बढाउँदै गरीबी घटाउने सरकारको लक्ष्य– मन्त्री अर्याल

पोखरा, माघ १६ गते । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले उत्पादन बढाउँदै देशमा गरीबी घटाउने लक्ष्यका साथ सरकार लागेको बताउनुभएको छ । राष्ट्रिय सहकारी विकास बोर्डद्वारा आज पोखरामा आयोजित राष्ट्रिय सहकारी नीति २०६९ को पुनरावलोकन विषयक गण्डकी प्रदेशस्तरीय गोष्ठीको उद्घाटन गर्दै उहाँले देशको मुख्य शत्रु रहेको गरीबीको अन्त्य गर्न देशभित्रै रोजगारी सिर्जना […]


कानून र संरचना व्यवस्था नहुँदा समस्या ः उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, माघ १६ गते । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानून र संरचना व्यवस्था नहुँदा सरकारले सोचेअनुसारको काम गर्न नसकेको बताउनुभएको छ । देउराली–जनता फर्मास्युटिकल्स प्रालिको २८औँ वार्षिकोत्सव समारोहका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले कानून नबन्दा समस्या परेको भन्दै सरकारले चाँडो कानून र संरचनामा परिवर्तन गर्न लागेको बताउनुभयो । उपप्रधानमन्त्री पोखरेलले केन्द्रस्तरमा निर्माण गर्नुपर्ने […]


आमसंचारकर्मीहरुको लागि तीनदिने भिडियो स्टोरीटेलिंग वर्कसप सम्पन्न

काठमाडौँ, माघ १५ गते । नेपालको भिडियो पत्रकारिताको क्षेत्रमा अग्रणी संस्था मानिने वल्र्डभ्यु नेपालले आमसंचारकर्मीहरुको लागि तीनदिने भिडियो स्टोरीटेलिंग वर्कसप हालै सम्पन्न गरेको छ । कार्यशालामा सहभागी संचारकर्मीहरुले मोवाईल फोनको प्रयोग गरेर छोटो भिडियो तयार गर्ने सीप सिक्नुको साथै कार्यशालाको अन्त्यमा सबै सहभागीहरुले छोटा भिडियोहरु निर्माण गरेका थिए । कार्यशालाको अन्तिम दिन सहभागीहरुले समसामयिक विषयमा […]


क्यान इन्फोटेक मेला शुरु; प्रविधिको पहुँच दूरदराजसम्म : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौँ, माघ १५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आधुनिक सञ्चार तथा प्रविधिको पहुँच दूरदराजससम्मका जनताको पहुँचमा पु¥याइने बताउनुभएको छ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) ले आयोजना गरेको सूचना प्रविधिसम्बन्धी मेला ‘सुविसु क्यान इन्फोटेक’को २५औँ संस्करणमा आज मन्त्री बाँस्कोटाले प्रविधिको प्रयोग शहरीया उच्च वर्र्गले मात्र नभई दुर्गम गाउँका गरीब जनताले उपभोग गर्नेगरी प्रविधिको […]


आयोगको ठहर : प्राधिकरणका ४५ आयोजनाको म्याद थप भएन

रमेश लम्साल / काठमाडौँ, माघ १५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण मातहतका ४५ आयोजनाको म्याद थप नभएको जनाएको छ । आयोगले हालै सार्वजनिक गरेको ‘सरकारद्वारा सञ्चालन भएका आयोजना निर्माण कार्यको ठेक्का व्यवस्थापनको अवस्था अध्ययन तथा विश्लेषण’ विषयक प्रतिवेदनमा आर्थिक वर्ष २०६७/६८ देखि चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको विवरण समेटेको छ । […]


न्यून दृष्टियुक्त कक्षा: समयमै पुस्तक नआउँदा समस्या

लमही, माघ १५ गते । सामान्य विद्यार्थीको पुस्तक वैशाखमै आइपुग्छन्, तर फरक क्षमता भएका न्यून दृष्टियुक्त विद्यार्थीका लागि पुस्तक आउन ढिलाइ गर्छन् । पुस्तक आउन ढिलाइ हुँदा पठनपाठनमा समस्या हुने गरेको तुलसीपुरको गुरुजजुर माविमा कक्षा १० मा अध्ययनरत् विद्यार्थी रामप्रसाद विकले बताउनुभयो । “अन्य सामान्य विद्यार्थीको पुस्तक समयमै आउँछ”, उहाँले भन्नुभयो, “तर हामीजस्ता न्यून दृष्टियुक्त […]


तीन लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएनन्

काठमाडौँ, माघ १३ गते । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा आवेदन दिएका झण्डै तीन लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएका छैनन् । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र छाप्न गरिरहेको ढिलाइका कारण राजश्व तिर्दा समेत सेवा नपाउने सेवाग्राहीको सङ्ख्या बढिरहेको कार्यालयले जनाएको छ । ‘स्मार्ट’ चालक अनुमतिपत्रका लागि आवेदन दिनेमध्ये धेरै अहिले परीक्षा पास भएका र केही […]


आयोगको अध्ययन : एक खर्ब बढीको ठेक्का समस्यामा

काठमाडौँ, माघ १३ गते । राज्यकोषबाट रु एक खर्ब १८ अर्ब बराबरको लगानी भएका एक हजार ८४८ वटा ठेक्का सम्झौताको कार्य शुरु सम्झौता अवधिभित्र सम्पन्न नभएको पाइएको छ । नेपालको भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा ठेक्का लागेको लामो समय भइसक्दा समेत त्यसको कार्यान्वयनको अवस्था असाध्यै दुरुह रहेको समेत देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको […]


सरकारलाई जवाफ दिन निर्देश; बसमा करेन्ट लागेर निधन भएका परिवारलाई जनही रु पाँच लाख दिइने

काठमाडौँ, माघ १३ गते । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले नेपाली काँग्रेसका शीर्ष नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पतालका बारेमा सदनमा काङ्ग्रेसले उठान गरेको चासो र चिन्ताका विषयमा आगामी बैठकमा जवाफ दिन सरकारलाई निर्देश गर्नुभएको छ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । काङ्ग्रेसले आफ्ना शीर्ष नेता द्वयका नाममा […]


उत्पादन बढाउन कफी सम्मेलन

काठमाडौँ, माघ १३ गते । कफीमा लगानी आकर्षित गर्ने उद्देश्यले आगामी फागुन महीनामा पहिलोपल्ट राजधानीमा राष्ट्रिय लगानी सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग बढ्दै गएको तर उत्पादन न्यून भएकाले उत्पादन बढाउने उद्देश्यले सम्मेलन हुन लागेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग वार्षिक ८०० […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter