समाचार

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कालो सूचीमा राखिने

काठमाडौँ, कात्तिक १६ गते । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । कोषले आज पत्रकार सम्मेलनको आयोजना गरी भाखा नाघेको कर्जा नतिर्नेलाई अचल सम्पत्ति रोक्का गर्ने, सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने, कालोसूचीमा राख्ने र पासपोर्ट रोक्का गर्नेलगायत कानूनी कारवाही गर्ने तयारी गरेको छ । […]


मुक्तकमैया र हलिया सबैलाई यसै वर्ष पुनःस्थापना गरिने

काठमाडौँ, कात्तिक १४ गते । सरकारले यसै आर्थिक वर्षमा मुक्तकमैया र हलियाको पुनःस्थापनाको काम सकिने भएको छ । मुक्तकमैया र हलिया घोषणा भएको धेरै समय भए पनि उनीहरुको पुनःस्थापना हुन सकेका थिएन । पहिले बजेट अभावको कारणले मुक्त घोषणा गरिए पनि पुनःस्थापना हुन सकेको थिएन । चालु आर्थिक वर्षमा सरकारले पुनःस्थापना हुन नसकेका मुक्तकमैया र […]


राष्ट्रिय भाषामा अतिक्रमण भइरहेको छ – कार्यवाहक राष्ट्रपति पुन

काठमाडौँ, कात्तिक १४ गते । कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले नेपाली राष्ट्रिय भाषामाथि अतिक्रमण भइरहेको उल्लेख गर्र्दै यस सम्बन्धमा बेलैमा सरकारको ध्यान जानुपर्ने बताउनुभएको छ । नेपाली शिक्षा परिषद्का अध्यक्ष राष्ट्रकवि माधवप्रसाद घिमिरे शताब्दी वर्ष प्रवेश गर्नुभएका अवसरमा आयोजित अभिनन्दन समारोहमा उहाँले राष्ट्रिय शिक्षा प्रणालीमा विदेशी भाषालाई प्रोत्साहन गर्दा शिक्षा हुनेखानेका लागि मात्र बन्न पुगेको बताउनुभयो […]


बाघ संरक्षणमा विदेशीको चासो

काठमाडौँ, कात्तिक १४ गते । नेपालको बाघ बचाऊ अभियानमा तीनजना विदेशी नागरिकले सक्रियता देखाएका छन् । नेपालको हिमालय र तराई क्षेत्रमा रहेका प्राकृतिक सौन्दर्यलाई थप आकर्षण दिने जंगली जीवजन्तु बाघ,चितुवा र सिंह वातावरण प्रदुषण र मानवीय अतिक्रमणले जोखिममा पर्दै गएको भन्दै दक्षिण अफ्रिकाका गेसथ जेम्स लेगको नेतृत्वको टोलीले विश्वको सर्वौच्च शिखर सगरमाथाको आधार शिविरसम्म पुगेर […]


राष्ट्रपति भण्डारी कतार फाउण्डेसनको कार्क्रममा सरिक

दीपेन्द्र अधिकारी/ कतार, कात्तिक १४ गते । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमणको तेस्रो दिन आज दोहास्थित कतार फाउण्डेसनले आयोजना गरेको कार्यक्रमा सरिक हुनु भएको छ। राष्ट्रपति भण्डारीलाई त्यस फाउण्डेसनकी कार्यकारी अधिकृत शेख हिन्द बिन्द खालिफा अल थानीले स्वागत गर्नु भएको थियो । उक्त फाउण्डेसन अन्तर्गत विभिन्न विश्वविद्यालय तथा शिक्षालयहरू सञ्चालित छन् जहाँ […]


पाँच वर्षमुनिका बालबालिकालाई बुथमा लिएर जाने कि ?

काठमाडौँ, कात्तिक १३ गते । शिशु जन्मेको छ महीना पुग्यो ? अथवा पाँच वर्षमुनिको छ ? छ भने भोलि पायक पर्ने ‘बुथ’मा लिएर जाने तयारी गर्नुहोला । मतदान गर्न होइन नि बुथमा ! आफ्ना शिशुलाई स्वस्थ बनाउन एकैपटक चार सेवा भिटामिन ए, जुकाको औषधि (अल्वेन्डाजोल), पाखुराको नाप र बालभिटा प्राप्त गर्न । यसका लागि देशभर […]


तरकारीका बेर्नाबाट कृषक लाभान्वित

काठमाडौँ, कात्तिक १३ गते । तरकारी बाली विकास केन्द्रले गत आर्थिक वर्षमा विभिन्न मौसमी तरकारीका २४ लाख बेर्ना कृषकलाई वितरण गरेको छ । कृषि विकास मन्त्रालयअन्तर्गत रहेको केन्द्रले विभिन्न प्रकारका तरकारीका बीउ छ क्वीन्टल उत्पादन गरी सरकारी दरभाउमा कृषकलाई वितरण गरेको छ । वार्षिक करीब १० हजार कृषकलाई प्राविधिक सेवाका साथै बीउ बेर्ना तथा समेत […]


राष्ट्रपति भण्डारी र कतारका अमिर बीच भेट

कतार, १३, कात्तिक १३ गते । कतारको चार दिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानी बीच अमिरी दिवानमा भेटवार्ता भएको छ । यस अघि राष्ट्रपति भण्डारीको सम्मानमा अमिरी दिवान (कतारी अमिरको दरवार) मा यहाँको सैनिक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो । भेटवार्तामा दुई […]


प्रधानमन्त्री ओलीलाई छातीमा सङ्क्रमण, केही दिन अस्पतालमै राखिने

काठमाडौँ, कात्तिक १२ गते । छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अस्पतालमै ‘अब्जर्भेसन’ का लागि राखिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उहाँकोे शरीरमा ‘लोयर रेस्पिरेटरी ट्राक इन्फेक्सन’ (एलआरटिआइ) का कारण चिनीको मात्रा असन्तुलित भएकाले ‘एन्टी बायोटिक इन्सुलेन्स’ दिइ सूक्ष्म अवलोकनका लागि राखिएको हो । […]


‘चिया विकासमा चिनियाँ प्रविधि र सहयोग आवश्यक’

काठमाडौँ, कात्तिक १२ गते । कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले नेपालले छिमेकी मूलुक चीनको विकासको गतिलाई समात्न प्रयत्न गर्नुपर्ने आवश्यकता आंैल्याउनुभएको छ । नेपाल र चीनको सिचुवान प्रान्तको चिया संस्कृतिको बारेमा आज यहाँ आयोजित छलफल कार्यक्रममा उहाँले दुवै देशबीचको सम्बन्ध अनुपम र प्रगाढ रहेर पनि नेपालले चीनको विकासबाट लाभ लिन अझै नसकिरहेको धारणा […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter