
ललितपुर, कात्तिक १२ गते । एकोहोरो टोलाउने र पढाइमा ध्यान नदिएको भन्दै एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक युवकलाई उनको अभिभावकले मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र पु¥याए । उपचारको क्रममा उनी कडा खालको मानसिक रोगबाट पीडित भएको पत्ता लागेको हो । केन्द्रका मनोचिकित्सक डा पशुपति महतले अभिभावकलाई उनलाई नियमित र समयमा औषधि खान सल्लाह दिए । […]

काठमाडौँ, कात्तिक १२ गते । नेपाल टेलिकम, दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको लल्याङमा आफ्नो पिएसटिएन तथा एडिएसएल सेवाको विस्तार गरेको छ । विस्तार पश्चात अब लल्याङका करिब ५० घरधुरी प्रत्यक्ष रुपमा पिएसटिएन तथा एडिएसएल सेवाको उपभोगबाट लाभान्वित हुन सक्ने नेपाल टेलिकम गल्याङ्का कार्यालय प्रमुख राम राज उपाध्यायले जानकारी दिनुभयो । गल्याङस्थित नेपाल टेलिकमबाट मात्र करिब दुई […]

पूर्णप्रसाद मिश्र / काठमाडौँ,कात्तिक ११ गते । भूकम्प पीडितले दुई प्रतिशत सहुलियत ब्याजदरमा रु २५ लाख र रु १५लाख ऋण नपाउने भएका छन् । भूकम्प लगत्तै सरकारले निजी आवास पुनः निर्माणका लागि पहाडी जिल्लामा रु १५ लाख र उपत्यकामा रु २५ लाख सहुलियत ऋण दिने घोषणा गरेको थियो । हालसम्म दुई प्रतिशत ब्याजदरको ऋण करीब […]

काठमाडौँ, कात्तिक ११ गते । काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । दशैँअघिसम्म अधिकांश भागमा गर्मी महसुश भए पनि दशैँलगत्तै तापक्रम घटेको छ । आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलब शून्य डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तापक्रम घटेकाले उपत्यकामा चिसो महसुश गरिएको छ । यद्यपि दिउँसोको समयमा भने तापक्रम केही बढी […]

काठमाडौँ, कात्तिक ११ गते । सर्वोच्च अदालतमा संवैधानिक इजलास नियमति हुन नसक्दा न्याय पाउन ढिलाइ भएको छ । प्रधानन्यायाधीशसहितको पाँच सदस्यीय इजलासमा संवैधानिक विवादका मुद्दामा सुनुवाइ हुने भएपनि इजलास नै बस्न नसकेका कारण न्याय पाउन ढिलाइ भएको हो । प्रधानन्यायाधीशको अध्यक्षतामा वरिष्ठताका आधारमा सर्वोच्च अदालतका अन्य चार न्यायाधीश तोकी संवैधानिक इजलास गठन गर्नुपर्ने व्यवस्था छ […]

काठमाडौं, १० कात्तिक । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सरकारले सञ्चालन गर्न लागेको नेपाल पर्यटन वर्ष सफल पार्न दक्ष र सीपयुक्त शिक्षित होटल व्यवस्थापनका जनशक्ति चाहिने यस क्षेत्रका विज्ञहरूले औंल्याउनु भएको छ । ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन ९गेट कलेज०को शनिबार राजधानीमा आयोजित आठौं दीक्षान्त समारोहमा बोल्ने पर्यटन क्षेत्रका […]

काठमाडौँ, कात्तिक १० गते । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २१ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाभियानको २८५ औँ हप्तामा आज बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २१ संस्थाका ४६० भन्दा बढी अभियानकर्मीको […]

सुरुङ्गा, कात्तिक १० गते । झापामा सवारी दुर्घटनामा प्रत्येक वर्ष एकसय भन्दा बढीले ज्यान गुमाउँछन् । आर्थिक वर्ष २०७४÷७५ मा १०५ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार प्रदेश नं १ को १४ जिल्लामध्ये झापामा तुलनात्मक रुपमा बढी दुर्घटना हुने गरेको छ । सवारी नियमबारे […]
बाँके, कात्तिक १० गते । ‘बहुउद्देश्यीय सभागृह र प्रदर्शनीस्थल’ निर्माणको मुद्दा अघि सारेर नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले हरेक वर्ष महोत्सव आयोजना गर्छ । सङ्घका पूर्वअध्यक्ष दामोदर आचार्यको कार्यकालमा सभागृह र प्रदर्शनीस्थल बनाउन सरकारबाट १० बिघा जमीन नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले प्राप्त गरेको थियो । जग्गा प्राप्त भएसँगै सभागृह र प्रदर्शनीस्थल सहयोगार्थ भन्दै सङ्घले महोत्सव आयोजना […]

पोखरा, कात्तिक ९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले राष्ट्रको समृद्धिका लागि एकाकार बन्नुपर्ने बताउनुभएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्की निर्वाचन क्षेत्र नं २ द्वारा आज पोखरामा विजयादशमी, दीपावलीलगायतका विभिन्न चाडपर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले संस्कृति तथा पर्वले एक आपसमा पुनर्मिलन र मेलमिलापको वातावरण सिर्जना गर्ने बताउनुभयो । […]