
काठमाडौँ, कात्तिक २४ गते । राष्ट्रियसभा मातहतको विधायन व्यवस्थापन समितिले गरेको अनुसन्धानमा मुलुकमा हालसम्म ३३९ वटा ऐन निर्माण भइसकेको तथ्याङ्क फेला पारेको छ । समितिका सभापति परशुराम मेघी गुरुङले उक्त समितिले यसअघि बनेका कानूनको औचित्य र आवश्यकता तथा नयाँ बन्ने कानूनबारे अनुसन्धानलाई प्राथमिकता दिएर काम गरिरहेको जानकारी दिनुभयो । कतिपय ऐन बनेको दशकौँ बितिसके पनि […]

भक्तपुर, कात्तिक २४ गते । भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३७औँ हप्ता छ टन फोहोर सङ्कलन भएको छ । सूर्यविनायक नगरपालिकाको अगुवाइमा भइरहेको सफाइ अभियानका क्रममा आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित पुल क्षेत्र र खोलामा सरसफाइ गरिएको थियो । सफा, सुन्दर भनिने भक्तपुर नगरपालिका क्षेत्रमा रहेको यो पुलबाट मात्रै छ टन फोहोर सङ्कलन […]

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रको विकास र विस्तारमा आफू कटिबद्ध भएर लागिपरेको बताएका छन् । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटन भित्र्याउने उनको दाबी छ । बुधबार राती रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री अधिकारीले […]

जुम्ला, कात्तिक २२गते । नेपाली हिन्दू धर्मावलम्बीको दोस्रो महान् पर्व तिहारले नेपालभर रमझम गराउँदा तिला गाउँपालिका–९ जुम्लाको खोप्री गाउँवासीमा भने यो पर्वको कुनै रौनक छैन । यतिखेर त्यहाँका समुदायले वर्षेबाली भण्डार गरिसके पनि अहिले उनीहरू चिसोबाट गाईवस्तुलाई जोगाउन घाँसपात जम्मा गर्ने र हिउँदे समयका लागि दाउरा तथा स्याउला सोत्तर जोहो गर्न तल्लिन छन् । निरन्तर […]

हेटौँडा, कात्तिक २१ गते । पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत सकिएको छ । नेपाल आयलनिगम पेट्रोलियम पाइपलाइन परियोजनाका अनुसार सिमावर्ती भारतीय शहर रक्सौलदेखि अम्लेखगञ्जसम्म ३७ दशमलब ३५ किलोमिटर दूरीमा पाइपलाइन बिछ्याउने कार्यक्रमअन्तर्गत १९ किलोमिटर पाइपलाइन बिछ्याउने काम सम्पन्न भएको हो । रक्सौलदेखि अम्लेसगञ्जसम्म विभिन्न अवरोध हटाउने काम अन्तिम चरणमा पुगेको र पाइपलाइन बिस्तारको […]

काठमाडौँ, कात्तिक २१ गते । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) ४० हजारप्रति छपाइ भएको छ । छपाइको जिम्मा पाएको मालिका इन कर्पोरेटले १५ दिनमा त्यति प्रति लाइसेन्स छपाइ गरेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका अनुसार कर्पोरेटले छाप्न सुरु गरेको ४५ दिनमा करिव छ लाख लाइसेन्स छापेर सक्ने सम्झौता भएको थियो, तर १५ दिनमा जम्मा […]

सिमकोट, कात्तिक २० गते । यसपालि फारममा स्याउ धेरै फलेपछि किसानलाई भण्डारणको चिन्ता हुन थालेको छ । स्याउ भण्डारण गर्ने नयाँ प्रविधि नभएको र परम्परागत रूपमै बोरामा प्याकिङ तथा जमिनमुनि खाल्डो खनेर राख्नुपर्ने अवस्था आउँदा स्याउ कुहिने डरले किसान चिन्तित हुन थालेका हुन् । फार्ममा डेढ सय बोट स्याउ लगाएर राम्रो फलेको बताउने सिमकोट गाउँपालिका […]

काठमाडौंँ, कात्तिक २० गते । जिल्ला प्रशासन कार्यालय काठमाडौँले तिहारमा राति १० बजेसम्मलाई मात्र देउसीभैलो खेल्न समयावघि तोकेको छ । निर्धारित समयावधि भन्दा बढी सयममा देउसीभैलो खेलेमा कानुनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताउनुभयो । देउसीभैलो खेल्ने बाहनामा राति उच्छृड्खल तथा आपराधिक गतिविधि हुनसक्ने भएकाले सर्वसाधारणको शान्तिसुरक्षाका लागि देउसीभैलो खेल्नलाई समयावधि निर्धारण गरिएको […]

काठमाडौँ, कात्तिक २० गते । प्रहरी प्रधान कार्यालयले चालू आर्थिक वर्ष २०७५/७६ को तीन महीनामा ६२ हजार ६८४ जनालाई प्रहरी रिपोर्ट प्रदान गरेको छ । विदेश जान आवश्यक पर्ने भएकाले प्रहरी रिपोर्ट प्रदान गरिएको छ । गत आर्थिक वर्षमा दुई लाख ७७ हजार ४९५ जनाले प्रहरी रिपोर्ट लिएका थिए । प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ […]

म्याग्दी कात्तिक १९ गते । बालविवाह र बाल हिंसा न्यूनीकरण तथा पिछडिएका महिला सशक्तिकरण गर्न स्थापना हुने अक्षयकोषका लागि बेलायतमा रु १२ लाख सहयोग सङ्कलन भएको छ । तिहार पर्वको अवसरमा म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) बेलायतले आइतबार लण्डनमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममार्फत रु १२ लाख ९० हजार सङ्कलन भएको मोनाका उपाध्यक्ष योगकुमार फगामीले जानकारी […]