समाचार

भरोसाको केन्द्र बन्दै आयुर्वेद औषधालय

सुरुङ्गा,कात्तिक १९ गते । “देब्रे स्तनदेखि काखीसम्म नै एक पाटो दुख्छ, सुने र जाने जति सबै अस्पताल पुगिसकें, रोग निको भएन” बाह्रदशी गाउँपालिका–५ की ४३ वर्षीया हरिमाया थापाले आफ्नो शरीरको दुखेको अङ्ग देखाउँदै भन्नुभयो – “डाक्टरसाब मलाई जसरी पनि निको पारिदिनुहोस् ।” चिसोमा बिहान बेलुका खप्नै नसक्ने गरी सिङ्गै पातै दुख्ने उहाँको थप समस्या रहेछ […]


भ्रष्टाचार न्यूनीकरण साझा एजेण्डा हुनुपर्छ – प्रमुख आयुक्त घिमिरे

भीमदत्तनगर, कात्तिक १९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार न्यूनीकरणको विषय अख्तियारसँगै सरकार, नागरिक समाजलगायत राज्य संयन्त्रको साझा एजेण्डा बन्नुपर्ने धारणा राख्नुभएको छ । कञ्चनपुरको भीमदत्तनगरस्थित आयोगको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यालयको नवनिर्मित भवनको आज बिहान उदघाट्न गर्दै प्रमुख आयुक्त घिमिरेले भ्रष्टाचार न्यूनीकरण सबैको साझा एजेण्डा बने मात्रै उल्लेखनीय काम गर्न सकिने […]


वाम बुद्धिजीवी तुलाधर रहनुभएन

काठमाडौँ, कात्तिक १८ गते । बाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी पद्मरत्न तुलाधरको ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा उपचाररत रहँदाकै अवस्थामा आज निधन भएको छ । मस्तिष्काघात भएर अस्पताल भर्ना हुनुभएका उहाँको छातीको गम्भीर सङ्क्रमणबाट मृत्यु भएको उहाँको परिवारका एक सदस्यले राससलाई जानकारी दिनुभयो । नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेल्नुभएका पूर्व स्वास्थ्य तथा श्रममन्त्री […]


सबै पाहुनाको गलामा सयपत्री फूलको माला

पोखरा, कात्तिक १८ गते । कुनै पनि औपचारिक कार्यक्रममा अतिथिका लागि माला तथा खादा लगाउने प्रचलन सामान्य हो तर यहाँस्थित एक पर्यटकीय गाउँमा आयोजित कार्यक्रममा उपस्थित सबै पाहुनाको गलामा सयपत्री फूलको माला लागाएर समानताको व्यवहार देखाइएको छ । कास्की जिल्लाको मादी गाउँपालिकाको पर्यटकीय गाउँ ताङतिङमा शनिबार आयोजित गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, गण्डकी प्रदेशको पहिलो अधिवेशन […]


कालीञ्चोकमा केबुलकार सञ्चालन; शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार वर्षमा दश हजार पर्यटक

जिरी, कात्तिक १७ गते । दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा आजबाट व्यावसायिक रुपमा केवलकार सञ्चालनमा आएको छ । दशैंँअघि परीक्षण गरिएको केबुलकार आजदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको हो । केबलकार सञ्चालनमा आएपछि जिल्लाको कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको छ । कालीञ्चोक केबलकारको चारवटा […]


हनुमन्ते सफाइ अभियानमा आठ टन फोहर सङ्कलन

भक्तपुर, कात्तिक १७ गते । भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३६ औँ हप्तामा आठ टन फोहर सङ्कलन भएको छ । सूर्यविनायक नगरपालिकाको अगुवाइमा भइरहेको सफाइ अभियानको क्रममा आज अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतको प्रमुख आतिथ्यतामा बिहान ९ बजेसम्म मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाको बालकोट जोड्ने फलामे पुल […]


पार्टीलाई एक ढिक्का बनाइसकेपछि विश्राम लिन्छु – सभापति देउवा

काठमाडौँ, कात्तिक १७ गते । नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले संविधान घोषणापछि सम्पन्न तीन तहको निर्वाचनबाट नेपाली काङ्ग्रेस पार्टीको सिद्धान्त विजय भएको बताउनुभएको छ । दशैँ, तिहार, छठ तथा नेपाल संवत्को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न काङ्ग्रेस काठमाडौँ महानगरपालिका–४ कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा देउवाले तीन तहको निर्वाचनपछि काङ्ग्रेसले अपेक्षित मत परिणाम ल्याउन नसके पनि […]


आयुर्वेद चिकित्सालयलाई केन्द्रीय विशेषज्ञ चिकित्सालय बनाउन माग

काठमाडौँ, कात्तिक १६ गते । नरदेवीस्थित नेपालको सबैभन्दा पुरानो आयुर्वेद चिकित्साकलयलाई ‘आयुर्वेदको केन्द्रीय विशेषज्ञ चिकित्सालय’ बनाउन माग गरिएको छ । चिकित्सालय स्थापना भएको १०१ वर्ष पूरा भइसकेको छ । विसं १९७४ वैशाख महीनामा चार शय्याबाट सेवा शुरु भएको सो चिकित्सालयले हाल ११८ शय्या सञ्चालनमा ल्याएको छ । आयुर्वेद चिकित्सा उपचारको महत्वबारे अझै पनि आम जनतामा […]


प्रदेश मन्त्री स्थापित पदमुक्त

हेटौँडा, कात्तिक १६ गते । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितलाई पदमुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा १६७ को उपधारा ६९ को अधिकार प्रयोग गरी मुख्यमन्त्री पौडेलले स्थापितलाई आज पदमुक्त गर्नुभएको हो । प्रदेश मन्त्रिपरिषद् बैठकमा पदीय मर्यादाविपरीत अभद्रता र असक्षमता प्रदर्शनका साथै अनियमितता गरेको आरोपसहित मन्त्री […]


वायु प्रदूषण घटाउन औद्योगिक राष्ट्र बढी क्रियाशील हुनुपर्ने

काठमाडौँ, कात्तिक १६ गते । नेपालले वायु प्रदूषण घटाउन औद्योगिक राष्ट्र बढी क्रियाशील हुनुपर्नेमा जोड दिँदै त्यसका लागि ती राष्ट्रले वित्तीय सहायता बढाउनुपर्ने आवश्यकता औँल्याएको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले वायु प्रदूषण तथा स्वास्थ्यसम्बन्धी विश्व स्वास्थ्य सङ्गठनको जेनेभामा भएको प्रथम सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै अल्पविकसित, भूपरिवेष्टित विकासोन्मुख तथा विकासोन्मुख साना टापु […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter