
बैतडी, वैशाख १८ गते । बैतडीको ग्रामीण क्षेत्रका छोरीबुहारी पनि कम्प्युटरको पहुँचमा पुग्न थालेका छन् । छोरीबुहारीलाई पनि कम्प्युटरको पहुँचमा पु¥याउनका लागि वातावरण संरक्षण तथा सामाजिक विकास संघले बैतडीको ग्रामीण क्षेत्रमा कार्यक्रम सञ्चालन गरेको छ । संस्थाले बैतडीको दोगडाकेदार गाउँपालिकामा विगत एक महिनादेखि कम्प्युटर कक्षा सञ्चालनमा ल्याएको हो । ‘युवा महिलाका लागि आधारभूत कम्प्युटर शिक्षा’ […]

काठमाडौँ, वैशाख १८ गते । नयाँ प्रविधि प्रयोग गरेर विकास निर्माणको काम अगाडि बढाउँदा सोचेभन्दा बढी प्रगति हासिल हुन सक्छ भन्ने उदाहरण बनेको छ भेरी बबई डाइभर्सन आयोजना । पहिलो पटक टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गरेर निर्माण शुरु भएको सो आयोजनाको छ महिनाभित्र कूल १२ किलोमिटर लामो सुरुङमध्ये चार किलामिटर सुरुङ निर्माण सम्पन्न भएको […]

विश्वास रेग्मी / काठमाडौँ, वैशाख १८ गते । विश्वकै अग्लो शिखर सगरमाथा आरोहणका लागि यस वर्ष आइतबारसम्म २० जना नेपालीले पर्यटन विभागबाट अनुमति लिएका छन् । एकै वर्षमा सगरमाथा आरोहणका लागि नेपालीले अनुमति लिएको यो हालसम्मकै धेरै हो । गत वर्ष ‘स्प्रिङ सिजन’मा सगरमाथा आरोहणका लागि विभागबाट सातजना नेपालीले अनुमति लिएका थिए । सगरमाथा आरोहणमा […]

बुटवल, वैशाख १७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण हुन लागेको लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको आज शिलान्यास गर्नुभएको छ । बुद्ध जयन्तीकै अवसरमा राष्ट्रपति भण्डारीले सभागृहको पूजाआजा गरेर शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, प्रदेश नं ५ […]

विराटनगर, वैशाख १७ गते । तेस्रो मुलुकबाट आयात गरिएका सामान बोकेर कोलकाता बन्दरगाहबाट हिँडेको मालबाहक रेल आइतबार नेपालको सिमाना नजिक भारतको बथनाहा आइपुगेको छ । गत, बुधबार प्रस्थान गरेको सो मालबाहक रेल नेपालको सिमानादेखि सात किलोमिटर दक्षिण बथनाहासम्म ५८ कन्टेनर बोकेर आइपुगेको हो । बथनाहामा कार्गो सञ्चालनका लागि ठूलो यार्ड भएकाले बथनाहासम्म ल्याइएको भारतीय पक्षले […]

काठमाडौं, वैशाख १६, २०७५ सर्वोच्च अदालतले पोखराको फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना भत्काउन आदेश दिएको छ । अतिक्रमण गरेर निर्माण भएका टहरा भत्काउन न्यायाधीशद्धय ओमप्रकाश मिश्र र सपना मल्ल प्रधानको संयुक्त इजलासले आदेश दिएको हो । आदेशमा फेवाताल अतिक्रमण गरी निर्माण गरिएका टहरा गैरकानूनी भएको भन्दै भत्काउन भनिएको छ । अधिवक्ता खगेन्द्र सुवेदीले […]

बैतडी, वैशाख १६ गते । गरीब तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन सरकारले शुरु गरेको स्वास्थ्य बीमा यहाँ प्रभावकारी बन्न थालेको छ । अहिलेसम्म बैतडीसहित प्रदेश नं ७ ९सुदूरपश्चिम०का ३१ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन् । स्वास्थ्य बीमा बोर्ड, प्रदेश नं ७ को कार्यालयका अनुसार ५ हजार ७६४ परिवारका ३१ […]

गोकर्ण दयाल / बैतडी, वैशाख १५ गते । जिल्लाको दोगडाकेदार गाउँपालिकाको शिरमा रहेको स्याउ बारीमा लटरम्म स्याउका दाना फल्न सुरु भएको छ । तल अउलतिर चमेलिया नदीको तिरमा लटरम्म मेवा फलेसँगै आँप फुल्न थालेका छन् । चिउरीको मगमग बास्ना आउन थालेको छ । किसानका बारीमा हरियो साग र तरकारीका बोटले हरियो देखिन्छ । स्थानीय तहमा […]

काठमाडौँ, वैशाख १५ गते । नेपालका प्राकृतिक सुन्दरताका अनुपम छटाहरुले नेपालका लागि पूर्वभारतीय राजदूतहरुलाई असाध्यै मोहित पारेको छ । डोल्पा र से फोक्सुण्डोको पदयात्रा सकेर फर्किएका पूर्वभारतीय राजदूत रणजित राय, श्यामशरण र देव मुखर्जीले एकै स्वरमा नेपालको जस्तो सुन्दरता विश्वमा कहीँ पनि देख्न नपाएको बताउनुभयो । प्राकृतिक तथा धार्मिक सौन्दर्यताको दृश्यावलोकन गर्न डोल्पा र फोक्सुण्डो […]

ललितपुर, वैशाख १५ गते । एक दशकदेखि सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन थालेका लुभूस्थित विश्वामित्र गणेश माध्यमिक विद्यालयका शिक्षकले शिक्षित अभिभावकलाई आकर्षित गर्न लागेका छन् । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले सन्तान सामुदायिकमा नै पढाउँदा समुदायको मन जित्न सकिन्छ भन्ने प्रमाणित भएकाले अहिले शिक्षित अभिभावकलाई लक्षित गरिएको विद्यालयले जनाएको छ । अभिभावकलाई मेरो विद्यालयमा नै सन्तान पढाउनु […]