
काठमाडौँ, चैत २६ गते । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले न्यायाधीश नियुक्तिका लागि नयाँ मापदण्ड बनाइने बताउनुभएको छ । मन्त्रालयमा आज पत्रकारसँगको भेटमा उहाँले त्यसरी नियुक्त न्यायाधीश क्षमता र ज्येष्ठताको आधार हेरी राजनीतिक पृष्ठभूमिको समेत हुने बताउनुभयो । ‘‘राजनीतिक निर्वाचनमा भोट हालेका योग्य मान्छे छन् भने पनि न्यायाधीशमा नियुक्त हुन सक्छ ’’, उहाँले […]

बाबियाचौर, म्याग्दी, चैत २६ गते । उच्च पहाडी क्षेत्रमा बाँझिएको जमिनको सदुपयोग र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले मंगला गाउँपालिकामा व्यावसायिक जडीबुटी खेती शुरु गरिएको छ । मंगला गाउँपालिका र इलाका वन कार्यालय बाबियाचौरको पहलमा झाँक्रेपानी, धापुङ, किमचौर, सिरकुम, पूर्णगाउँ, थाइवाङ र हिदीमा सतुवाको खेती शुरु गरिएको हो । दशजना कृषक छनोट गरी उनीहरुलाई तालीमसँगै […]

काठमाडौँ, चैत २६ गते । विश्वव्यापीकरणसँगै अधिकांश नेपाली मौलिक खाना लोप हुँदै गएको अवस्थामा त्यसलाई पुनः प्रयोगमा ल्याउँदै विश्वभर प्रचारप्रसार गराउने उद्देश्यले नेपाली खानाको विश्वव्यापीकरण गर्ने राष्ट्रिय अभियान’ शुरु भएको छ । नेपालका स्थानीय रैथाने खानाको परिकारलाई अन्तर्राष्ट्रियकरण गरी पर्यटक आकर्षण गर्ने उद्देश्यले अभियान शुरु गरिएको हो । होटल एशोसिएसन अफ नेपाल ९हान० को संयोजनमा […]

काठमाडौँ, चैत २५ गते । यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणका लागि अहिलेसम्म ४५ समूहले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आरोहण अनुमति लिने ४५ मध्ये २३ वटा समूह सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि गएका छन् । सगरमाथा चढ्न मात्रै २३ समूहका २२६ आरोहीले आरोहणको अनुमति लिएको विभागका महानिर्देशक दिनेश भट्टराईले जानकारी दिनुभयो […]

विवश कुलुङ / सल्लेरी, चैत २५ गते । सोलुखुम्बुको पर्यटकीय विमानस्थल लुक्लाको अवतरण गर्ने मैदान साँघुरो हँुदा समस्या भएको छ । तेन्जिङ हिलारी विमानस्थल लुक्लाको मैदानमा चारवटा जहाज र चारवटा हेलिकोप्टर अट्ने मात्र क्षमता भएपछि समस्या भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको जनाएको छ । पर्यटकीय सिजन सुरु भएकोले मौसम खुल्ला हुँदा विभिन्न विमान […]

नुवाकोट, चैत २५ गते । यहाँ वृद्धि हुँदै गएको क्षयरोगको पहिचान, निवारण र नियन्त्रण गर्न राष्ट्रिय क्षयरोग केन्द्रले ‘जिन एक्सपर्ट उपकरण’ जिल्ला अस्पताल त्रिशूलीलाई उपलब्ध गराएको छ । उक्त उपकरण केन्द्रका निवर्तमान निर्देशक डा केदारनरसिंह केसीले जिल्ला अस्पतालका व्यवस्थापन समितिको अध्यक्ष पारस अधिकारीलाई शनिबार प्रदान गर्नुभयो । दुई घण्टामा नै क्षयरोगको पहिचान गर्न सकिने भएकाले […]

काँकडभिट्टा, चैत २४ गते । लगनशील अनि मिहेनत सफलताको सूचक हो । सानै देखिको पढाइप्रति लगनशील सुनिता किसान यतिखेर स्टाफ नर्सको कोर्ष पूरा गर्ने तयारीमा छिन् । झापा मेचीनगर–९ खुट्टीडाँगीका सुनिता लोपोन्मुख किसान समुदायकी एक मात्र स्टार्फ नर्स पढिरहेकी विद्यार्थी हुन् । काठमाडौँको सिटिइभिटीअन्तर्गत अध्ययन गरिहेकी सुनितालाई स्टाफ नर्सको कोर्ष पूरा गर्न अब एक वर्ष […]

फलेवास, पर्वत, चैत २४ गते । पर्वतको कुस्मा नगरपालिका– ७ ले तेस्रो पटक सामाजिक सुरक्षा भत्ता वडामा नै वितरण गरेको छ । बैंकमा पुगेर रकम झिक्न वृद्धहरुलाई असहज भएपछि बैंकका कर्मचारीलाई गाउँमै बोलाएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । कुस्मा नगरपालिका–७ ले शुक्रबार तीन सय ७६ वृद्धवृद्धा, एकल महिलालाई वडा कार्यालयमा नै रु २० […]

सिबी अधिकारी / काठमाडौँ, चैत २३ गते । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलो ‘वाइडबडी’ विमानको व्यावसायिक उडान असारदेखि शुरु गर्ने भएको छ । निगमले अमेरिकी लिजिङ कम्पनी एएआरसँग खरिद गरेका दुई वाइडबडी विमानमध्ये पहिलो आगामी जेठको तेस्रो साता काठमाडौँ आउँदैछ । वाइडबडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको १५ दिनभित्र आवश्यक सबै प्रक्रिया […]

काठमाडौँ, चैत २३ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को छैटौँ राष्ट्रिय महाधिवेशनको यहाँ आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले मुलुक परिवर्तनमा सञ्चारमाध्यमको अतुलनीय योगदान रहेको भन्दै समृद्ध नेपाल निर्माणमा पनि उत्तिकै भूमिका हुने आशा व्यक्त गर्नुभयो । “लोकतन्त्र बलियो […]