
काठमाडौँ, चैत २२ गते । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विपद् बाट हुने मानवीय र भौतिक क्षतिलाई न्यूनीकरण गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । विपद् जोखम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यकारी समितिको आजको बैठकमा गृहमन्त्री थापाले विपद् व्यवस्थापन सरकारको एक्लो प्रयासले मात्रै सम्भव नहुने भएकाले सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । विपद् व्यवस्थापनमा नागरिक समाज […]

सुर्खेत, चैत २२ गते । कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो ताल रारामा आउँदो वैशाख १ गतेदेखि फ्रि वाइफाइ सेवा सञ्चालन गर्ने भएको छ । रारा कर्णाली पर्यटन वर्ष—२०७५को शुभारम्भ कार्यक्रमसँगै रारामा घुम्न जाने पर्यटकका लागि आगामी वैशाख १ गतेदेखि फ्रि वाइफाइको सेवा जडान गर्न लागिएको हो । सरकारले रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई […]

काठमाडौँ, चैत २२ गते । युवाको भूमिकाको बारेमा नेपाल र भारतीय पक्षका युवाबीच अनुभव आदानप्रदान गरिएको छ । राष्ट्रिय युवा परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा दुई देशका युवाबीच अनुभव आदानप्रदान भएको हो । उक्त अवसरमा आ–आफ्नो देशमा युवाले खेलेको भूमिकाको बारेमा एकापसमा अनुभव साटसाट गरेका थिए । कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले नेपाल र […]

ललितपुर, चैत २१ गते । इञ्जिनियरिङ पढाइ सक्नुभएका जाजरकोटका मानबहादुर तामाङले तीन वर्ष अघिबाट बडिखेलमा तरकारीखेती गरिरहनुभएको छ । १२ रोपनी जग्गा भाडामा लिएर उहाँले तीन वर्ष अघिदेखि नैे तरकारीखेती शुरु गर्नुभएको हो । तीन जना नियमित कर्मचारी पनि उहाँको फार्ममा काम गर्छन् । व्यावसायिक रुपमा तरकारी खेती शुरु गरेपछि उहाँले आफ्ना आमाबुबालाई पनि आफैसंगै […]

काठमाडौँ, चैत २१ गते । जीवन संघर्ष पुस्तक कुमार कार्कीको जीवन र अनुभवमा आधारित पुस्तक हो । यस पुस्तकमा बर्मा, थाईल्याण्ड र नेपालको कथा समावेश छ । बर्मामा नेपालीहरूको प्रवेश कसरी भयो ? उनीहरूले कसरी बर्मामा बसाइँ सरे ? कसरी उनीहरूको जीविकोपार्जन सुरु भयो ? उनीहरूले नेपाली भेष, भाषा र संस्कृतिको सयौँ वर्षसम्म कसरी जगेर्णा […]

काठमाडौँ, चैत २१ गते । सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसेले आजदेखि संवैधानिक इजलासमा काम शुरु गर्नुभएको छ । पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकाशपछि रिक्त रहेको पदमा कामु प्रधानन्यायाधीश दीपकराज जोशीको सिफारिसमा न्यायाधीश चालिसेलाई न्याय परिषद्को बैठकले संवैधानिक इजलासका लागि तोकेको हो । आजदेखि संवैधानिक इजलास शुरु भएको छ । संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश दीपकराज जोशी, […]

भक्तपुर, चैत २१ गते । बिस्का जात्राका लागि भैरवनाथ र भद्रकालीको रथ निर्माण अन्तिम चरणमा पुगेको छ । यस वर्ष चैत २७ गते शुरु हुने जात्राका लागि २५ गतेभित्र रथ तयार हुने गुठी संस्थान भक्तपुरले जनाएको छ । रथ निर्माणका लागि बाराको सामुदायिक वनबाट सान्दान जातको काठ ल्याइएको गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी […]

रत्ननगर, चितवन, चैत २० गते । सुख्खायाम शुरु भएसँगै तालतलैयामा पानी सुख्न थालेपछि दुर्लभ वन्यजन्तु गैंडाका लागि आहाल खेल्न रत्ननगरको चित्रसेन मध्यवर्ती सामुदायिक वनले कृत्रिम ताल निर्माण गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने उक्त वनले यहाँको कृत्रिम ‘गैंडा ताल’मा पम्पसेटमार्फत पानीको व्यवस्थापन गरिएको सामुदायिक वनको अध्यक्ष पुष्पराज श्रेष्ठले जानकारी दिनुभयो । करीव […]

काठमाडौँ, चैत २० गते । समृद्ध अर्थतन्त्र निर्माणमा सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहेको सरोकारवालाले बताएका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ६१ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा ‘सहकारीमार्फत आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण’ विषयक अन्तक्र्रिया तथा पुरस्कार वितरण कार्यक्रमका वक्ताले सो कुराको जानकारी दिंदै प्रशस्त सम्भावना भए पनि यत्सको सहीरुपमा उपयोग गर्न नसक्दा मुलुकको […]

काठमाडौँ, चैत २० गते । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न दलका सांसदले भूकम्प गएको तीन वर्ष बित्न लाग्दा पनि हालसम्म घर पुनःनिर्माणका लागि दोस्रो किस्ता निकासा हुन नसकेकामा ध्यानाकर्षण गराउनुभएको छ । बैठकको विशेष समयमा नेकपा (एमाले)का कृष्णप्रसाद दाहालले हालसम्म भूकम्पपछिको पुनःनिर्माणका लागि दोस्रो र तेस्रो किस्ता निकासा हुन नसकेकामा ध्यानाकर्षण गराउनुभयो । सोही दलका विरोध […]