समाचार

धान उत्पादन क्षेत्र घडेरीमा परिणत

रामपुर, पाल्पा, चैत १२ गते । एक दशक अगाडि चैत शुुरु भएपछि चैते धान रोप्न पाल्पाका कृषकलाई निकै चटारो हुन्थ्यो । गाउँघरमा पालैपालोसँग चैते धान रोप्न थाल्दा कृषकलाई दिन गएको पत्तो हुँदैनथ्यो । अहिले चैते धान रोप्न छाडिएपछि कृषक फुर्सदिला बनेका छन् । चैते धान खेती गर्ने परम्परा यहाँ वर्षेनी कम हँुदै गएको छ । […]


इयुले प्रतिवेदन सच्याउनुपर्छ – प्रम

काठमाडौँ, चैत ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको भावना, मर्म र प्रावधानलाई होच्याउने गरी सार्वजनिक गरिएको युरोपेली सङ्घ(इयु)को निर्वाचन पर्यवेक्षणसम्बन्धी प्रतिवेदन सच्याउन आग्रह गर्नुभएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले आज आयोजना गरेको पर्यवेक्षण मूल प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले निर्वाचन पर्यवेक्षणका नाममा इयुले नेपालको संविधानका भावनामा आँच पु¥याउने गरी प्रतिवेदन ल्याएको […]


कृषिको आधुनिकीकरण आवश्यक– मन्त्री खनाल

बागलुङ, चैत ११ गते । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले कृषिलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रेस सेन्टर नेपाल बागलुङ शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा व्यावसायिक कृषिमा जोड दिंदै उहाँले भन्नुभयो, ‘‘मुलुकको समृद्धिको मुख्य आधार कृषि हो, कृषिको आधुनिकीकरण आवश्यक छ ।’’ छिमेकी मुलुकले कृषिमा यान्त्रिकिकरणसहित ठूलो परिवर्तन […]


औद्योगिक ग्राम नबन्दा उद्योगी हैरान

ललितपुर, चैत ११ गते । ‘औद्योगिक ग्राम’ नबन्दा लुभू र बाँडेगाउँका कपडा व्यवसायीलाई व्यवसाय चलाउन कठिन भएको छ । लुभू र बाँडेगाउँमा धेरै व्यवसायीले कपडा उत्पादन गर्दै आएका छन् । बाक्लो बस्तीमा उद्योग सञ्चालन हुँदै आएको ललितपुर उद्योग वाणिज्य संघ, क्षेत्र नं २ का अध्यक्ष जुजुकाजी महर्जनले बताउनुभयो । बस्तीमा कुनै पनि व्यक्तिले उजुरी गर्नासाथ […]


हस्तलिखित ग्रन्थको अनुसन्धान गर्न अक्सफोर्ड विश्वविद्यालयसँग सम्झौता

काठमाडौँ, चैत १० गते । नेपाल संस्कृत विश्वविद्यालय र बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयबीच हस्तलिखित ग्रन्थका विषयमा संयुक्तरुपमा अध्ययन अनुसन्धान गर्नेलगायत सम्झौतामा हस्ताक्षर भएको छ । दुवै विश्वविद्यालयले प्रत्येक वर्ष संयुक्तरुपमा गोष्ठी, प्राध्यापक, अध्येता र विद्यार्थी आदानप्रदान गर्ने सम्बन्धमा पाँच वर्षका लागि सम्झौता भएको हो । मुख्य चारबुँदा र नौ वटा सहायक बुँदामा शुक्रबार संस्कृत विश्वविद्यालय अनुसन्धान […]


पर्यटन प्रवद्र्धनसँगै प्रांगारिक उत्पादन

नुवाकोट, चैत १० गते । स्थानीय पञ्चकन्या फार्म हाउसले कृषिजन्य वस्तुलाई रसायनमुक्त गरी प्रांगरिक उत्पादन गर्न थालेको छ । स्थानीय गाउँलाई ‘प्रांगरिक गाउँ’ रुपमा रुपान्तरण गरी पर्यटन क्षेत्रको विकास गर्न यस्तो अभियान अगाडि सारिएको हो । काठमाडौँबाट करिब ५० किलोमिटरको दूरीमा रहेको पञ्चकन्या गाउँपालिका–३ मा धान, कोदो, मकै, अदुवा, कफी, सागसब्जीलगायत तरकारीको प्रांगरिक उत्पादन गरिएको […]


दिगो शान्तिका लागि १९२ देशमा भावातीत ध्यानसहित सिद्धि

काठमाडौँ, चैत १० गते । चैत्र शुक्ल नवमी अर्थात् राम नवमीको अवसर पारेर आइतबार अपराह्न ५ बजे विश्वको सामूहिक चेतना वृद्धिका लागि विश्वभर भावातीत ध्यानसहित सिद्धि कार्यक्रम आयोजना गरिने भएको छ । विश्व शान्ति राष्ट्रका प्रधानमन्त्री डा वेभेन मोरिसको प्रत्यक्ष निगरानीमा दोस्रोपटक विश्वव्यापी रूपमा सामूहिक ध्यान कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रमले विश्वको सामूहिक […]


सात दिनभित्र कार्ययोजना ल्याउन निर्देशन

काठमाडौँ, चैत ८ गते । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मातहातका निकायलाई सात दिनभित्र आ–आफ्ना निकायको परिणाममुखी कार्ययोजना ल्याउन निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा उहाँले मातहतका संघसंस्थाका प्रमुखलाई आगामी तीन÷चार महिनाभित्र लागू हुने गरी उद्देश्य र लक्ष्यसहितको कार्ययोजना ल्याउन निर्देशन दिनुभएको हो । राज्यमन्त्री बाँस्कोटाले भन्नुभयो, “दुईदेखि तीन पृष्ठको कार्ययोजनामा […]


एसइई परीक्षामा चार लाख ८५ हजार सहभागी

भक्तपुर, चैत ८ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) आज शान्तिपूर्ण रुपमा देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन भएको छ । आज बिहान ८ बजेबाट ११ बजेसम्म भएको उक्त परीक्षा देशभर शान्तिपूर्ण रुपमा सञ्चालन भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो । पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा सञ्चालन भएको छ । यसवर्ष […]


नारायणगढ–मुग्लिन सडकखण्डको मिति थपियो

चितवन,चैत ८ गते । नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सम्पन्न गर्ने मिति तीन महिना थपिएको छ । विभिन्न समयमा काम गर्न नपाएको भन्दै निर्माण कम्पनीले मिति थप्न माग गर्दै आएका थिए । उनीहरुले एक हजार दिनसम्म मिति थपको माग गरेको भए पनि तीन महिना मात्रै थपिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिलो खण्डलाई […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter