समाचार

आँपका बोट झपक्कै उत्पादन बढ्ने अनुमान

सप्तरी, चैत ४ गते । सप्तरीमा आँपका बोट मजर (फूल) ले ढपक्कै भएका छन् । फूल लागेका आधारमा यस वर्ष सप्तरीमा गत वर्षको तुलनामा ५० देखि ७५ प्रतिशतसम्म आँप उत्पादन बढ्ने अनुमान गरिएको छ । बर्सेनि सात हजार हेक्टर जग्गामा आँप खेती हुँदै आएको सप्तरीमा यस पल्ट आँपका बोटमा मजर राम्रो लागेकाले उत्पादन बढ्ने अनुमान […]


उपराष्ट्रपति पदमा पुनको मात्र उम्मेदवारी

काठमाडौँ, चैत ३ गते । उपराष्ट्रपति पदको निर्वाचनमा एकजनाको मात्र उम्मेदवारी परेको छ । वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको मात्र उपराष्ट्रपति पदमा उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले आज जनाएको छ । उपराष्ट्रपति पुनले आज अपराह्न सो पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको थियो । सो उम्मेदवारीको प्रस्तावकमा रेखा शर्मा, सुवास नेम्वाङ, परशुराममेघी गुरुङ, पम्फा भुसाल र […]


उपत्यकाबाट ५२ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, चैत ३ गते । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ५२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २५३ औँ हप्तामा आज थापाथलीस्थित नदी क्षेत्रमा सफाइ गरी २० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ […]


सार्कका गतिविधिलाई सही दिशा दिनुपर्छ- प्रचण्ड

काठमाडौँ, चैत ३ गते । एकीकृत नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले भारत र पाकिस्तानबीचको आपसी समस्या समाधान गरेर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)का गतिविधिलाई सही दिशा दिनुपर्ने बताउनुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मान्त्रालय र सार्क चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजले काठमाडौँमा आयोजना गरेको ‘ सार्क बिजिनेस लिड्र्स अनक्लेभ’ समृद्धिका लागि राजनीतिक र आर्थिक […]


उपसभामुखमा तुम्बाहाम्फे निर्वाचित

काठमाडौँ, चैत २ गते । प्रतिनिधिसभाका उपसभामुखमा नेकपा (एमाले) का शिवमाया तुम्बाहाम्फे अत्यधिक मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभा आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचनमा उहाँले २०१ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिष्पर्धी नेपाली काँग्रेसकी पुष्पा भुसाल (गौतम)को पक्षमा ५८ मत परेको थियो । निर्वाचनमा २५९ सासदले भाग लिनुभएको थियो । बैठकमा […]


वृद्धाश्रमको पूर्वाधारका लागि महायज्ञबाट रु ४० लाख

दाङ, चैत २ गते । वृद्ध सेवा समिति ज्येष्ठ नागरिक समाज, तुलसीपुरको आयोजनामा तुलसीपुर उममहानगरपालिका–१२ रझेनामा रहेको केशव झुपा वृद्धाश्रमको भौतिक पूर्वाधार निर्माण गर्ने उद्देश्यले गत फागुन २४ गतेदेखि ३० गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत महायज्ञबाट रु ४० लाख रकम आम्दानी भएको छ । वृद्ध सेवा समिति ज्येष्ठ नागरिक समाज तुलसीपुरका अध्यक्ष तथा महापुराण मूल आयोजक […]


विमानस्थलबाट आयात निर्यात ठप्प

विश्वास रेग्मी / काठमाडौँ, चैत २ गते । सहमतिविपरीत एकतर्फी रूपमा कार्गो शुल्क वृद्धि गरेको आरोप लगाउँदै व्यवसायीहरूले विहीबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हुने आयात निर्यात ठप्प पारेका छन् । कार्गो शुल्क निर्धारणका लागि गठन गरिएको समितिको सुझावलाई बेवास्ता गर्दै नयाँ शुल्क निर्धारण गरिएकोले आयात निर्यात रोकिएको उनीहरूको दाबी छ । विमानस्थलमा कार्गो व्यवस्थापनको जिम्मा […]


कृत्रिम ऋणी खडा गरी डेढ अर्ब घोटाला, एपेक्सका अध्यक्षसहित १३ कर्मचारी पक्राउ

काठमाडौँ, चैत २ गते । कमसल धितो राखी बैंकको रकम दुरुपयोग गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एपेक्स डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्षसहित १३ कर्मचारीलाई पक्राउ गरेको छ । कमशल धितो राखी भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाको अधिक मूल्यांकन गरी कर्जा लगानी गरेको पाइएकाले सो बैंकका सञ्चालक समिति सदस्यसहित कर्मचारीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको […]


पचास लाख पर्यटक पु¥याउन लगानी पूर्वाधार निर्माणमा जोड

काठमाडौ, चैत १ गते । आगामी सन् २०३० भित्र वार्षिक ५० लाख पर्यटक देशमा ल्याउन पर्यटकीय पूर्वाधार विस्तार र लगानी अभिवृद्धि गरिनुपर्नेमा जोड दिइएको छ । गन्तव्य नेपाल ग्रुपले यहाँ आज आयोजना गरेको ‘टुरिजम विजनेश अवार्ड’ कार्यक्रमका वक्ताले समृद्धिको आधार नै पर्यटन क्षेत्र भएकाले पर्यटनमा लगानी बढाई प्रवद्र्धनात्मक अभियानलाई तीव्रता दिइनुपर्ने खाँचो औँल्याए । नेपाल […]


प्रधानन्यायाधीश पराजुलीले बुझाए राजीनामा; कामु प्रधानन्यायाधीश जोशीबाट पदभार ग्रहण

काठमाडौँ, चैत १ गते । पदमुक्त भइसकेका प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्या भण्डारी समक्ष राजीनामा बुझाएका छन् । मंगलबार पदमुक्त भएका प्रधानन्यायाधीश पराजुलीले बिहीबार बिहान राजीनामा बुझाएका हुन् । पराजुलीलाई बुधबार न्याय परिषद्को सचिवालयले उमेर हदका कारण २०७४ साउन २१ मै पदमुक्त भइसकेका थिए । कामु प्रधानन्यायाधीश जोशीबाट पदभार ग्रहण सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter