
नेपालगञ्ज, चैत १५ गते । नेपालगञ्जको राँझा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थलका रुपमा विस्तार गर्न तदारुकता देखाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाइमा बुधबार बसेको सर्वदलीय बैठकले राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास र विस्तार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन सरकारसँग अनुरोध गरेको छ । उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणाको अध्यक्षतामा प्रदेश सभा सदस्य, जनप्रतिनिधि, संबद्ध निकायका […]

काठमाडौँ, चैत १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शान्ति र समृद्धि कायम गर्न प्रत्येक नेपाली नागरिकको उत्तिकै भूमिका हुने बताउनुभएको छ । नेपाल जैन परिषद्ले यहाँ आज आयोजना गरेको ‘ भगवान महावीरको २६१७ औं जन्मकल्याण महोत्सव’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुक निर्माणमा आ–आफ्नो ठाउँबाट सक्दो भूमिका निर्वाह गर्न सबैसँग अपिल गर्नुभयो । […]

पोखरा, चैत १४ गते । प्रदेश नं ४ र ५ स्तरीय पोखरामा आयोजित समन्वयात्मक गोष्ठी एवं प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रममा कफीको खेतीको व्यावसायीकरण आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्नेमा जोड दिइएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराद्वारा आयोजित गोष्ठीमा वक्ताले नेपालमा ४३ वटा जिल्ला कफीको अत्याधिक सम्भावनायुक्तस्थल भए पनि व्यावसायिक रुपमा उपयोग […]

काठमाडौँ, चैत १४ गते । आधुनिक प्रविधि नहुँदा सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोहलाई नियन्त्रणमा लिन महानगरीय प्रहरीलाई समस्या परेको छ । अनलाइन ठगी नेपालबाट भन्दा पनि बाहिरी देशबाट हुने हँुदा प्रहरीलाई समस्या भएको हो । सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोह नै रहेको तर प्रहरीले ठगीको प्रमुख नाइकेलाई हालसम्म फेला पार्न नसकेको महानगरीय प्रहरी परिसर, टेकुका […]

नारायण काफ्ले / काठमाडौँ, चैत १४ गते । अब प्रत्येक महिनाको दुई दिन सङ्घीय संसद्मा सांसदहरूले समसामयिक तथा नीतिगत विषयमा प्रधानमन्त्रीसँग सवालजवाफ गर्न पाउने भएका छन् । महिनाको पहिलो र तेस्रो हप्ताको पहिलो बैठकमा प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर हुनेछ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले महिनामा दुई बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने गरी नियमावलीमा सहमति गरेको हो […]

पोखरा, चैत १३ गते । भूकम्पबाट क्षतिग्रस्त कास्कीको मादी गाउँपालिका वडा नं ५ ठूलास्वाँरास्थित विद्याज्योति आधारभूत विद्यालयको हातामा नवनिर्मित पक्की भवन निर्माण गरी उक्त भवनसहित शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ पोखरा संगम र लियो क्लब अफ पोखरा संगमद्वारा रु २५ लाखको लागतमा निर्मित तीनकोठे पक्की भवन र रु १० लाख बराबरको […]

स्याङ्जा, चैत १३ गते । युवा अवस्था लडाइँमा खर्चनु भएका वालिङ नगरपालिका–९ का ताराप्रसाद भुसालले भँैसीपालनबाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ । दुई वर्षदेखि वालिङ नगरपालिका–१ त्रियासीमा सञ्चालन गरेको भैँसी फार्मबाट मनग्य आम्दानी गर्नुभएको हो । २०४७ सालदेखि राजनीतिमा होमिनुभएका भुसालको राजनीतिसँगै गोबर फाल्ने, दाना खुवाउने, दूध दुहुने र दूध वितरण गर्ने दैनिकी बनेको हो […]

चरिकोट, चैत १३ गते । दोलखामा अवैध रुपमा भइरहेको बालुवा, गिटी, रोडाढुंगालगायत प्राकृतिक स्रोत साधनको उत्खनन् तथा मापदण्ड विपरितका क्रसर उद्योग तत्काल बन्द गर्न प्रदेश सरकारले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । प्रदेश नं ३ का आन्तरिक मामिला मन्त्री शालिकराम जमरकट्टेलले प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापालाई टेलिफोन गरेर प्राकृतिक स्रोत साधनको अवैध रुपमा भइरहेको दोहनको […]

काठमार्डौ, चैत १२ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पाँच महिनाभित्र संविधानमा उल्लेखित गरिएका शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्नका लागि ऐन बनाउने बताउनुभएको छ । आज नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी)को भक्तपुरमा भएको केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा शिक्षाका मौलिक हक कार्यान्वयन गरेर शिक्षामा सबैको पहुँच पु¥याउनका लागि ऐन बनाउने बताउनुभयो । […]

रत्ननगर, चितवन, चैत १२ गते । चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान रहेको भन्दै चरा विज्ञरुले सो क्षेत्रको संरक्षण गर्न सरकारसँग माग गरेका छन् । उक्त क्षेत्र चराका दृष्टिले विश्वकै नमूना रहेको भन्दै चराविद् डा हेमसागर बरालले वर्षांैसम्म नदेखिएका चरासमेत सो क्षेत्रमा पाइएको बताउनुभयो । “सरकारले अन्तर्राष्ट्रिय क्षेत्रमै महत्वपूर्ण मानिने चिसापानीगढीको […]