समाचार

सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंगशाला

पोखरा, चैत ७ गते । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंशाला निर्माण गरिने बताउनुभएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिद्वारा नवनियुक्त मन्त्री विश्वकर्माको सम्मानमा आज पोखरा रंगशालामा आयोजित कार्यक्रममा उहाँले सरकारले खेलको विकासलाई उच्च प्राथमिकतामा राख्ने बताउनुभयो । आसन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका साथै १३आँै दक्षिण […]


विश्व बैंकले छब्बीस अर्ब ६० करोड ऋण सहयोग गर्ने

काठमाडौँ, चैत ७ गते । नेपालको सार्वजनिक वित्त व्यवस्थापन तथा सिँचाइ परियोजना कार्यान्वयन गर्न विश्व बैंकले रु २६ अर्ब ६० करोड ऋण सहायता प्रदान गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक कार्यकारी समितिको आजको बैठकले नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा सुधार ल्याउन तथा रानीजमरा कुलरिया सिँचाइ परियोजना (दोस्रो चरण) को आधुनिकीकरणका निम्ति उक्त रकम उपलब्ध गराउने […]


असोजभित्रमा मेलम्चीको पानी काठमाडौँमा– मन्त्री मगर

काठमाडौँ, काठमाडौँ, चैत ७ गते । खानेपानी मन्त्री बीना मगरले आगामी असोजभित्रमा मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रिपोटर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा मन्त्री मगरले आगामी दशैँभित्रमा मेलम्चीको पानी काठमाडौँ ल्याउने गरी काम गर्न निर्देशन दिएको बताउनुभयो । “केही दिनदेखि मेलम्चीको काम रोकिएको रहेछ, मैले त्यहाँको भ्रमण गरेर तत्काल काम […]


युवालाई प्रशिक्षित गर्न जागरण अभियान सञ्चालन; औंद्योगिक मेलामा ७७ जिल्लामा उत्पादित वस्तुको प्रदर्शन हुने

काठमाडौँ, चैत ६ गते । युवा जागरण अभियानले स्वदेशमा युवालाई रोजगारको व्यवस्था मिलाउनुपर्ने भन्दै अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । अभियानले स्वदेशमा रोजगारको अभावका कारण कम तलबमा धेरै जनशक्ति कामका लागि विदेशिएको भन्दै उक्त जनशक्तिलाई रोकेर स्वदेशमा कामको ग्यारेन्टी गर्न अभियान सञ्चालन गर्ने भएको हो । अभियानका संयोजक चिन्तन पौडेलले युवा वर्गमा […]


विषादी रोक्न नयाँ योजना ल्याउने- कृषिमन्त्री खनाल; कृषिजन्य वस्तु भारत निर्यातमा सघाउन मन्त्री यादवको आग्रह

काठमाडौँ, चैत ६ गते । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषिजन्य वस्तुमा प्रयोग हुने विभिन्न रसायन तथा विषादी रोक्नका लागि मन्त्रालयले चाँडो नयाँ योजना ल्याउने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री खनालले भन्नुभयो–“जनताले पनि घर आँगनमै तरकारी फलाउनुपर्छ । सरकारले पनि प्रोत्साहन गर्छ । विषादीको प्रयोग रोक्नुपर्छ ।” […]


दोहोरो अंकको आर्थिक वृद्धिका लागि ऊर्जामा बृहत् लगानी- मन्त्री पुन

काठमाडौँ, चैत ५ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले परिणाम निकाल्ने गरी काम गर्न नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई निर्देशन दिनुभएको छ । प्राधिकरणमा आज आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उहाँले प्राधिकरणको प्रणालीमा रहेको चुहावट नियन्त्रण गर्न, लामो समयदेखि रोकिएका आयोजना तत्काल सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । सरकारले एकाध वर्षभित्र दोहोरो […]


एक दिनमै एक क्विन्टलसम्म च्याउ उत्पादन

नेपालगञ्ज, चैत ५ गते । बाँकेको खजुरा गाउँपालिका–२, सी गाउँका महिलाले एकदिनमै ७० केजीदेखि साढे एक क्विन्टलसम्म च्याउ उत्पादन गरिरहेका छन् । १० जनाको समूह बनाएका महिलाले सुरु गरेको च्याउ खेतीको उत्पादन दिनदिनै बढ्दै गएको छ । च्याउ उत्पादनमा लागेका सी गाउँका महिलालाई आजभोलि आफूले उत्पादन गरेको च्याउ टिप्न भ्याई नभ्याई छ । उनीहरूले सामूहिक […]


एसइई परीक्षा: पाँच लाख परीक्षार्थीको लागि ६४ हजार जनशक्ति

भक्तपुर, चैत ५ गते । यही चैत ८ गतेदेखि सञ्चालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी हुने भएका छन् । नयाँ पाठ्यक्रमअनुसार पहिलोपटक सञ्चालन हुन लागेको परीक्षाका लागि एक हजार ९५६ केन्द्र निर्धारण गरिएको छ । उक्त केन्द्रमा त्यति नै संख्यामा केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक […]


राष्ट्रियसभाको उपाध्यक्षमा दाहाल निर्वाचित

काठमाडौँ, चैत ४ गते । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का शशिकला दाहाल निर्वाचित हुनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा भएको हस्ताक्षरसहितको मत विभाजनमा माओवादी केन्द्रका उम्मेदवार दाहालको पक्षमा ४५ र नेपाली काँग्रेसका उम्मेदवार वृन्दादेवी आले (राना)को पक्षमा ११ मत परेको थियो । बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माओवादी केन्द्रका उम्मेदवार दाहालको पक्षमा बहुमत भएकाले […]


निकुञ्ज छलेर रेलमार्गको सम्भाव्यता अध्ययन

चितवन, चैत ४ गते । चितवन राष्ट्रिय निकुञ्ज छलेर पूर्व–पश्चिम रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । यसअघि निकुञ्ज हुँदै रेलमार्गको सम्भाव्यता अध्ययन गरिएपछि वन मन्त्रालयले विकल्प खोज्न आग्रह गरेको थियो । रेल विभागका वरिष्ठ इञ्जिनियर प्रकाश उपाध्यायकाअनुसार पछिल्लो सम्भाव्यता अध्ययनबमोजिम निकुञ्ज छल्नका लागि चितवनको सौराहा र टाँडीबीच हुँदै बीस हजारी तालको दक्षिणतर्फबाट र […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter