
काठमाडौँ, फागुन २३ गते । छ दशकदेखि नापीको काम गर्दैआएको नापी विभागले परिवर्तित परिस्थितिअनुसार आफ्ना सेवा भूउपग्रह(स्याटेलाइट)मार्फत गर्ने गृहकार्य गरिरहेको छ । केन्द्रका चार महाशाखा तथा विभिन्न जिल्लाका १२९ नापी कार्यालयमार्फत जनताको सेवा गर्दै आएको विभागले भूमि स्रोत, टोपोग्राफिकल नापी, अन्तर्राष्ट्रिय सीमासम्बन्धी प्राविधिक सहयोग, नियन्त्रण विन्दु तथा भौगोलिक सूचनाको पूर्वाधारको काम गर्दैआएको छ । विभागका […]

काठमाडौँ, फागुन २३ गते । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले महिला र पुरुषबीच समानता नभएसम्म देशको आर्थिक विकास नहुने बताउनुभएको छ । राष्ट्रिय महिला आयोगको १६ औंँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले नेपाल संघीयतामा गइसकेको पनि महिलाको आन्दोलन समाप्त भइनसकेको उल्लेख गर्नुभयो । आयोगका पूर्वअध्यक्ष नैनकला थापाले महिलामाथिको विभेद अन्त्य गर्नका लागि सबै […]
काठमाडौँ, फागुन २२ गते । संघीय समाजवादी फोरमले सरकारमा सहभागी हुने निर्णय गरेको छ । पार्टीको आज बसेको वैठकले संविधान संशोधनको विषयलाई सरकारले अपनत्व ग्रहण गरेको निष्कर्ष निकाल्दै सरकारमा जाने प्रस्तावलाई अनुमोदन गरेको पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । संविधान संशोधनमा सरकार सकारात्मक भएको आधारमा फोरमले लामो समयदेखि संविधान संशोधनका लागि गरेको सडक संघर्षको […]

काठमाडौँ, फागुन २२ गते । सरकारले हरियो स्टिकर नलगाइएका सवारी साधनलाई आगामी वैशाख १ गतेदेखि महानगरभित्र प्रवेश गर्न रोक लगाउने भएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले हरियो स्टिकरलाई वैशाखदेखि कडाइका साथ लागू गर्न लागिएको बताउनुभयो । “वैशाखदेखि हरियो स्टिकर लगाएका जुनसुकै सवारी साधनलाई जुनसुकै समयमा […]

काठमाडौँ, फागुन २२ गते । नेपालको दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी आज अपराह्न स्वदेश प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई अर्थमन्त्री डा युवराज खतिवडा र परराष्ट्र सचिव शंकरदास वैरागीले बिदाइ गर्नुभयो । स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग उहाँले शिष्टाचार भेट गर्नाका साथै दक्षिण […]

काठमाडौँ, फागुन २१ गते । इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणको सिलसिलामा आज अपराह्न यहाँ आइपुग्नुभयो । प्रधानमन्त्रीमा नियुक्त हुनुभएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई शुभकामना दिन पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल आउनुभएको हो । पाकिस्तानी सेनाको विशेष विमानबाट यहाँ आउनुभएका प्रधानमन्त्री अब्बासीलाई अर्थ मन्त्री डा युवराज खतिवडा […]

दाङ, फागुन २१ गते । दङाली चेली क्रान्तिशिखा धिताल मिस ग्लोवल इन्टरनेशनल कम्पिटिसनको उत्कृष्ट १५ मा छनोट भएकी छिन् । हजारौं सहभागीलाई पछाडि पार्दै क्रान्ति टप १५ मा पर्न सफल भएकी हुन् । घोराही उपमहानगरपालिका वडा नम्वर १५ की क्रान्ति पढाईका शिलशिलामा हाल काठमाडौंमा छिन् । संगीत , साहित्य र समाज सेवामा विशेष रुची राख्ने […]

वीरगञ्ज, फागुन २१ गते । पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । सन् २०१३ को तथ्याँकअनुसार पर्सा राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको संख्या सात थियो । सन् २०१७–१८ को बाघ गणनाको संख्या आउन बाँकी रहे पनि निकुञ्जभित्र २० वटा पाटेबाघ हुनसक्ने अनुमान निकुञ्जका अधिकारीहरुले गरेका छन् । लोपोन्मुख अवस्थामा रहेका पाटेबाघबारे विगत दुई वर्षदेखि […]

नुवाकोट, फागुन २० गते । फागु पूर्णिमा बिदाको सदुपयोग गर्दै डा. गोविन्द केसी नुवाकोटका बिरामीको उपचारमा व्यस्त हुनु भएको छ । डा. केसी पञ्चकन्या गाउँपालिका–१ र लिखु गाउँपालिका–४ मा बिरामीको उपचारमा स्वास्थ्य शिविरमा संलग्न हुनुभएको हो । पञ्चकन्या गाउँपालिका–१ आपचौरमा शुक्रबार १५० जनाको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गर्नुभएका डा केसी शनिबार लिखु गाउँपालिका–४ चौघडामा […]

सिराज खान / नेपालगञ्ज, फागुन २० गते । बर्दिया जिल्लामा उत्पादित माछा नेपाली बजारको साथै भारततर्फ समेत निर्यात हुन थालेको छ । जिल्ला कृषि विकास कार्यालय, बर्दियाका अनुसार बर्दियामा उत्पादित माछा मध्य पश्चिमका विभिन्न जिल्ला तथा सीमावर्ती क्षेत्रका भारतीय बजारमा पनि नेपालबाट माछा जान थालेका छन् । मध्य पश्चिमका विभिन्न जिल्लामा माछाको माग बढ्दै गएपछि […]