
इनरुवा, फागुन १६ गते । सुनसरीलाई नेपालको ४५औँ जिल्लाका रुपमा मंगलबार साक्षर जिल्ला घोषणा गरिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुनसरीलाई औपचारिक कार्यक्रममा सुनसरीलाई ४५औँ साक्षर जिल्ला घोषणा गर्नुभयो । मुख्यमन्त्री राईले जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नुहँुदै देशको विकासका लागि शिक्षाको ठूलो महत्व रहेको बताउनुभयोे । राईले अघिल्लो वर्ष नै साक्षर […]

काठमाडौँ, फागुन १६ गते । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजानुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाका सांसदलाई स्वागत तथा होली पर्वको शुभकामना दिन आज टोखास्थित आफ्नै निवासमा आयोजित दिवाभोज कार्यक्रममा महामन्त्री कोइरालाले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको हो । उहाँले पार्टीभित्र देखिएको दुर्दशाले काँग्रेसलाई फाइदा नपुग्ने भन्दै सबै मिलेर […]

चितवन, फागुन १६ गते । धेरै दूध दिने ठूला गाईका बाच्छा व्यवस्थापन गर्न समस्या भइरहेको बेला अमेरिकाबाट भित्राइएको बाच्छी मात्रै जन्माउने वीर्य नेपालमा प्रभावकारी भएको पाइएको छ । नेपालको राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा र राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरसहित केही व्यावसायिक फार्मले सो वीर्य प्रयोग गरिरहेका छन् । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका संयोजक […]

काठमाडौँ, फागुन १५ गते । नेपालको संविधानबमोजिम निर्वाचनपछि बनेको संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको तयारी लगभग पूरा भएको छ । दोस्रो संविधानसभाबाट निर्मित नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको निर्वाचनपछि बस्न लागेको दुवै सदनको प्रथम अधिवेशनअन्तर्गत पहिलो अलग अलग बैठक यसअघि संविधानसभा बैठकस्थल रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले […]

म्याग्दी, फागुन १५ गते । जिल्ला समन्वय समितिले म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गर्न माग गरेको छ । समितिको सोमबार बेनीमा बसेको बैठकले म्याग्दीलाई हिमाली जिल्ला घोषणा गर्न प्रदेश र संघीय सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको हो । आधा दर्जन हिमाल अवस्थित र भौगोलिक विकटतालाई आधार मानेर म्याग्दीलाई हिमाली जिल्ला घोषणा गर्न माग गर्ने निर्णय गरेको […]

काठमाडौँ, फागुन १५ गते । काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापनका लागि घरदैलो कार्यक्रम शुरु गरेको छ । कामपा, वातावरण व्यवस्थापन विभागले बुद्धनगरमा रहेको कादम्बरी क्याम्पससँग सहकार्य गरी चार दिनदेखि घर घरमा गई फोहर व्यवस्थापनबारे जनचेतना कार्यक्रम शुरु गरेको छ । उक्त कार्यक्रम आगामी चैत मसान्तसम्म गरिने वातावरण व्यवस्थापन विभाग, कार्यसञ्चालन शाखाका प्रमुख नगर प्रहरी निरीक्षक मीनबहादुर […]

धनकुटा, फागुन १४ गते । आगामी पाँच वर्षभित्र नेपाली जातको चिया उत्पादन गर्न राष्ट्रिय कृषि अनुसन्धान केन्द्रले शुरु गरेको छ । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा रहेको कृषि अनुसन्धान केन्द्रले विश्वबजारमा नेपालमा आफ्नै चियाको जात पहिचान गराउने नेपाली ब्राण्डको चिया अनुसन्धान शुरु गरेको हो । चियाको क्षेत्रमा विगत १० वर्षदेखि कुनै काम गर्न नसकेको केन्द्रले अब […]

चितवन, फागुन १४ गते । होली पर्वका अवसरमा हुने अवाञ्छित गतिविधि र इच्छा विपरीतका कार्य रोक्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । जिल्ला प्रहरी कार्यालयले फागुपूर्णिमा अर्थात् होलीलाई लक्षित गर्दै इच्छा विपरीत लोला हान्ने वा रंग लगाउने, फोहर पानी छ्याप्ने, विपरीतलिंगी वा यात्रीलाई दुःख दिनेलगायतका कार्य रोक्न विशेष सुरक्षा योजना ल्याएको हो । […]

काठमाडौं , फागुन १४ गते। करिब चार हजार निजामती कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका छन् । सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाश रोज्नका लागि निवेदन आह्वान गरेकामा करिब तीन हजार ७४८ हजारले निवेदन दिएको मन्त्रालयका स्वेच्छिक अवकाश एकाई शाखाका प्रमुख धर्मराज रोकायले जनाकारी दिए । मन्त्रालयले […]

पर्वत, फागुन १३ गते । माटोमा उत्पादन क्षमता कम हुँदै जाँदा अन्नबाली उत्पादनमा ह्रास आएपछि यहाँको एक नगरपालिकाले माटो परीक्षण शिविर सञ्चालन गरेको छ । पर्वतको फलेवास नगरपालिकाले व्यावसायिक कृषिका लागि माटो परीक्षण गर्न शुरु गरेको हो । माटो परीक्षण गरी उत्पादन वृद्धि गर्नका लागि नगरपालिकाका ११ वटै वडाका किसानबाट माटो संकलन गरी शुक्रबारबाट परीक्षण […]