समाचार

‘बौद्ध परिपथ’ अलपत्र

लक्ष्मण पौडेल / भैरहवा, फागुन २६ गते । सरकारले नौ वर्षअघि सुरु गरेको बौद्ध परिपथको निर्माण अलपत्र परेको छ । पर्यटन प्रवद्र्धनका दृष्टिले महìवपूर्ण मानिएको यो सडक योजना सरोकारवालाको बेवास्ताका कारण अलपत्र परेको हो । लुम्बिनी आउने पर्यटकलाई रूपन्देही, नवलपरासी र कपिलवस्तुका सबै बौद्धस्थलमा पु¥याउन सरकारले नौ वर्षअघि बौद्ध परिपथ (बुद्ध सर्किट) निर्माण सुरु गरेको […]


राष्ट्रपति निर्वाचन : शनिबार राति १२ बजेदेखि मौन अवधि

फाल्गुन २६, २०७४ राष्ट्रिय निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि शनिबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको जनाएको छ । राष्ट्रपतिको निर्वाचन फागुन २९ मा हुँदै छ । आयोगका प्रवक्ता नवराज ढकालले मौन अवधि सुरु भएकाले यस अवधिमा निर्वाचनको प्रचारप्रसार र मत माग्न नहुने बताउनुभयो । राष्ट्रपति पदका लागि बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारी तथा कांग्रेस […]


विश्व कीर्तिमान कायम गराउन एक हजार ५०० पिन्ट रगत संकलन

काठमाडाँै, फागुन २५ गते । लायन्स क्लब अफ काठमाडौँलगायतका संस्थाले विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले एक हजार ५०० पिन्ट रगत संकलन गरेका छन् । एकै दिनमा एकै ठाउँमा आठ घण्टाभित्र रगत संकलन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा विश्व कीर्तिमान कायम गराउन उनीहरुले सो प्रयास गरेका हुन् । बिहीबार टुँडिखेलमा गरिएको उक्त रक्तदानमा विभिन्न उमेर […]


राष्ट्रपतिमा राजपाको समर्थन भण्डारीलाई

काठमाडौँ, फागुन २५ गते । राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रपति चुनावमा एमालेका उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने निर्णय गरेको छ । सरकारमा सहभागी हुने विषयलाई लिएर सत्तारुढ दल नेकपा (एमाले) र माओवादी केन्द्रसँग राजपा नेपालले केही दिनदेखि वार्ता गरिरहेको छ । वार्ता सकारात्मक रुपमा अगाडि बढिरहेका कारण राष्ट्रपतिमा राजपा नेपालले भण्डारीलाई समर्थन गर्ने जनाइएको छ […]


विदेशबाट आयात हुने विषादीयुक्त तरकारी र खाद्य पदार्थमा रोक

काठमाडौँ, फागुन २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्ने विषादीयुक्त तरकारी, फलफूल र खाद्य पदार्थको आयात र प्रयोगमा नियन्त्रणको पहल शुरु भएको छ । प्रधानमन्त्री ओलीको निर्देशनपछि मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा यही फागुन ११ मा बसेको सम्बन्धित मन्त्रालयका सचिवको बैठकले तय गरेको नियन्त्रणका उपाय बारेको छ बुँदे निर्देशन कार्यान्वयन […]


नेपालको शैक्षिक विकासमा साझेदार बन्छौँ : मन्त्री अष्ट्रुप

चरिकोट, फागुन २४ गते । नर्वेका अन्तर्राष्ट्रिय विकासमन्त्री निकोलाई अष्ट्रुपले नेपालको शैक्षिक विकासमा साझेदारी गरेर अगाडि बढ्ने बताउनुभएको छ । मन्त्री निकोलाई अष्ट्रुपले नर्वे सरकारले नेपाललाई गर्दै आएको सहयोगलाई निरन्तरता दिने पनि बताउनुभएको छ । बुधबार दोलखा आउनुभएका विकासमन्त्री अष्ट्रुपले नर्वेजियाली सरकारको सहयोगमा बिगुु गाउँपालिकामा निर्मित विद्यालयको उद्घाटन गर्दै भन्नुभयो, नेपालको शैक्षिक क्षेत्रको विकास बालबालिकाको […]


फूल नफुल्दै आँपको व्यापार सुरू

धीरेन्द्रप्रसाद साह / राजविराज, फागुन २४ गते । बगैंचामा आँपको फूल लाग्दा लाग्दै आँपको व्यापार सुरु भइसकेको छ । यतिखेर आँपका लागि नभई फूल (मुजुरा) किन्न व्यापारी आँपको बगैँचा धाउने गरेको छ । अहिले सप्तरी सहित तराईका जिल्लामा आँपको मञ्जर खरिद बिक्री व्यापक रूपमा भइरहेको छ । फलफूलको राजा मानिने आँपको बोटमा लागेको मञ्जरअनुसार व्यापारीले […]


कर्णाली प्रदेशसभा नियमावली, २०७४ हस्तान्तरण

सुर्खेत, फागुन २४ गते ।  कर्णाली प्रदेशसभा नियामवली, २०७४ मस्यौदा समितिले आज सभामुख राजबहादुर शाहीलाई प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रदेशसभा सदस्य सीता नेपालीको संयोजकत्वमा गठित आठ सदस्यीय मस्यौदा समितिले सभामुख शाहीलाई बुधबार साँझ प्रतिवेदन बुझाएको हो । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र सामाजिक विकासमन्त्री दल रावलसहितको उक्त समितिले चारवटा समिति र तिनको […]


एक हजार विद्यालय स्रोत व्यक्तिको दरबन्दी खारेज हुँदै

काठमाडौँ, फागुन २४ गते । संघीयता लागू भएसँगै विद्यालय स्रोत केन्द्रहरु स्वतः निष्क्रिय हुँदा स्रोत व्यक्तिका रुपमा कार्यरत करिब एक हजार शिक्षकको जागिर अन्योलमा परेको छ । संविधानतः विद्यालय शिक्षा स्थानीय तहको मातहतमा रहेको सन्दर्भमा विगतमा जिल्ला शिक्षा कार्यालयको मातहतमा रहेको संयन्त्र मानिने स्रोत केन्द्र निष्क्रिय हुन पुगेको हो । आगामी चैतभित्र जिल्ला शिक्षा कार्यालयसमेत […]


एड्सबाट कञ्चनपुरमा १४२ जनाको मृत्यु

भीमदत्तनगर, फागुन २३ गते । कञ्चनपुरमा एचआइभी एड्सको संक्रमणबाट हालसम्म १४२ जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा एचआइभी संक्रमितको संख्या ४८९ जना रहेको छ । कार्यालयका जनस्वास्थ्य निरीक्षक रतन विष्टले जिल्लाका २५८ एचआइभी संक्रमितले महाकाली अञ्चल अस्पतालमा नियमित औषधि सेवन गरिरहेको जानकारी दिनुभयो । “शुरुवातका दिनमा संक्रमितहरु खुलेर आउन […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter