
ललितपुर, फागुन २० गते । काठमाडौँ उपत्यका तथा उपत्यका बाहिरका शहरमा तरकारी तथा फलफूलका ठूला थोक बजार खुल्न थालेका छन् । थोक बजार निजी क्षेत्रले समेत शुरु गरिरहेको कृषि विभागअन्तर्गतको व्यावसायिक कृषि प्रवद्र्धन निर्देशनालयका सूचना अधिकारी गायत्रीराज वाग्लेले बताउनुभयो । यसअघि सरकारको प्रत्यक्ष लगानीमा यस्ता थोक बजार सञ्चालनमा थिए । अहिले निजी क्षेत्रले समेत थोक […]

महोत्तरी, फागुन १९ गते । विवाह दर्ता र नागरिकता नभएपछि महोत्तरी औरही नगरपालिका– ६ बैरियाकी ३० वर्षीया एकल महिला सोनावतीदेवी रायले राज्यबाट पाउने हरेक सेवा सुविधाबाट वञ्चित भएकी छिन् । हुनेखाने उमेरमा ७ वर्षअघि श्रीमान् नथुनी यादवको मृत्यु भएपछि सोनावतीलाई अहिले जीवनयापन गर्न कठिनाइ भएको छ । घरका अभिभावकले आवश्यक परेको खण्डमा पैसा नदिएपछि सोनावतीलाई […]

म्याग्दी, फागुन १९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ पाउद्वारमा युवाहरुले सिस्नो पाउडर उद्योग स्थापना गरेका छन् । छुँदा च्वास्स पोल्ने र शरीर झमझमाउने सिस्नोलाई प्रशोधन गरेर पाउडर उत्पादन गरी उनीहरुले आम्दानी गर्न थालेका हुन् । जंगलमा खेरगइरहेको सिस्नोलाई आम्दानीको स्रोतको रुपमा उपयोग र रोजगारी सिर्जनाका लागि पाउडर उद्योग सञ्चालन गरिएको खयरभारानी सिस्नो पाउडर उद्यम […]

कञ्चनपुर, फागुन १९ गते । कञ्चनपुरको बेदकोट नगरपालिका – ९ मा रहेको सुन्दरपुरले नशामुक्त गाउँका रुपमा परिचय बनाएको छ । दुई महिनाअघिदेखि युवाकै पहलमा लागुऔषध दुव्र्यसन नियन्त्रण तथा अनुगमन समिति गठन गरेर अभियान सञ्चालन गरेपछि गाउँ नशामुक्त भएको हो । गाउँको चौतारा, पुल, विद्यालयको परिसरमै दुव्र्यसनमा संलग्न युवाको जमात राति अबेरसम्म बस्दा बाटो हिँडनेले सास्ती […]

काठमाडौँ, फागुन १८ गते । नेपाली काँग्रेस संसदीय दलको नेताका लागि निर्वाचन भएमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिष्पर्धा हुने देखिएको छ । काँग्रेसले यही फागुन २१ गते संसदीय दलको नेता निर्वाचन गर्न तालिका सार्वजनिक गरेको छ । पार्टी महामन्त्री डा शशांक कोइरालाले फागुन १६ गते टोखास्थित आफ्नो निवासमा काँग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदका […]

कञ्चनपुर, फागुन १८ गते । परम्परागत सोचमा परिवर्तन आउन नसक्दा कञ्चनपुरमा अझै छाउपडी प्रथाले प्रश्रय पाउँदै आएको छ । रजस्वला भएका महिलालाई अलग्गै गोठमा राख्ने चलनले निरन्तता पाउँदै आएको छ । समाजमा महिलालाई हेर्ने सकारात्मक सोचको विकास नहुनु नै परम्परादेखि चल्दै आएको ‘क’ु प्रथालाई महिलाले नै छाड्न सकेका छैनन् । महिनाबारी भएको समयमा घरपरिवारमा छोइहालेमा […]

तेह्रथुम, फागुन १८ गते । गाउँको माटोमा पर्याप्त उत्पादन हुने उन्नत जातका अन्न, तरकारी र मसला बालीको बीउ मासिँदै जान थालेपछि किसानले गाउँमै बीउ बैंक स्थापना गर्न थालेका छन् । गाउँमै त्यस्ता उन्नत जातका बीउको उपलब्धता वृद्धि गराउन किसानले सहकारी र कृषक समूहमार्फत बीउ बैंक स्थापना गरेका हुन् । प्रविधिको प्रयोग बढ्दै जाँदा रैथाने जातका […]

काठमाडौँ, फागुन १७ गते । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चार वर्गका जोखिमयुक्त भूकम्प पीडितहरूको घर निर्माणको पहललाई अगाडि बढाएको छ । प्राधिकरणले ७० वर्षमाथिका वृद्धवृद्धा, ६५ वर्ष नाघेका अशक्त एकल महिला, दृष्टिविहीनलगायतका रातो तथा निलो कार्डधारी अपाङ्गता भएका व्यक्तिहरू तथा १६ वर्ष मुनिका नाबालिगहरूको घरबासको व्यवस्था गर्न कार्यविधि तयार गरी लगत सङ्कलन गर्न थालेको छ । […]

फलेवास, पर्वत, फागुन १७ गते । मोदी खोलामा सातवटा जलविद्युत् आयोजना बन्ने भएका छन् । हालसम्म मोदीमा दुईवटा आयोजना निर्माण भई सञ्चालनमा छन् भने दुईवटा निर्माणाधीन छन् । अन्य तीनवटा आयोजना निर्माणको प्रक्रियामा छन् । पोखरा–बाग्लुङ राजमार्ग सञ्चालनमा आएसँगै मोदीखोलामा जलविद्युत् आयोजना निर्माणको बाटो खुलेको हो । सन् २००० देखि नेपाल विद्युत् प्राधिकरणले निर्माण शुरु […]

काँकडभिट्टा, फागुन १७ गते । पूर्वी नाका काँकडभिट्टामा रहेको एनिमल क्वारेन्टाइन चेक पोस्टका प्रविधिज्ञले भारतबाट आयातित माछालाई छामेर र सुँघुरै जाँच्ने गरेका छन् । अरु धेरै कुरामा प्रविधिको उच्च प्रयोग भइरहे पनि मुलुकको मुख्य नाका मानिएको काँकडभिट्टामा भने स्थापनाकालदेखि नै प्रविधिज्ञले प्रयोगशाला नहुँदा ‘सुँघेर’ र ‘छामेर’ माछाको गुणस्तर जाँच गर्दै आएका हुन् । मेचीनगरका नगरप्रमुख […]