
सिन्धुली, माघ १३ गते । सिन्धुलीमा हावाबाट बिजुली उत्पादन भएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– १ मा अहिले हावाबाट सफल रुपमा विद्युत् उत्पादन गरिएको हो । त्यस क्षेत्रका बासिन्दा अहिले हावा र सौर्य प्रणालीले गाँउलाई उज्यालो बनाइरहेका छन् । यसलाई चिसापानी वायु तथा सौर्य मिश्रित मिनि ग्रिण्ड परियोजना नाम दिइएको छ । यसबाट ३५ किलोवाट […]

काठमाडौँ, माघ १३ गते । संघीय संसद् सचिवालयले प्रदेशसभा सञ्चालनलाई व्यवस्थित तुल्याउन सजिलो होस् भनेर अन्तरिम कार्यविधिको मस्यौदादेखि सभास्थलमा कुर्सी राख्ने तरिका समेतका विषय समेटिएको दिग्दर्शन नै बनाएर पठाएको छ । विधि र प्रक्रियाका हिसाबमा प्रदेश सञ्चालनमा कुनै कमजोरी नहोस् भनेर अन्तरिम कार्य विधि समेटिएको दिग्दर्शन नै बनाएर पठाएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज […]

काठमाडौँ, माघ १२ गते । यस वर्षको प्रणय दिवसका लागि भारतबाट रु एक करोड २५ लाख बराबरको रातो गुलाफ आयात गरिने भएको छ । यो गत वर्षको तुलनामा ३५ हजार स्टिक गुलाफ बढी हो । अघिल्लो वर्ष रु एक करोडको मात्र आयात गरे पनि यस वर्ष बजारमा माग बढेकाले केही थप आयात गर्न लागिएको हो […]

चितवन, माघ १२ गते । बाँदरमुढे घटना पीडित समितिले उक्त घटनाका मृतकलाई सरकारले शहीद घोषणा गरेकामा स्वागत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विसं २०६२ जेठ २३ गते जिल्लाको माडीस्थित बाँदरमुढे खोलामा यात्रुबाहक बसमा भएको बम विस्फोटमा परी मारिएका ३८ जनालाई शहिद घोषणा गरेकामा समितिले आज एक विज्ञप्ति प्रकाशित गरी स्वागत गरेको हो । […]

चितवन, माघ १२ गते । रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि भोलि शनिबारदेखि दिउँसो सवारी रोकेर काम गरिने भएको छ । रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने भन्दै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन् । बिहान १० बजेदेखि दिउँसो […]

काठमाडौँ, माघ ११ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको एक इन्च भूमि पनि मिच्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले पर्साको छपकैयाको सीमा अतिक्रमणको संयुक्त स्थलगत रुपमा गरिएको प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री देउवाले सो प्रतिबद्धता व्यक्त गर्नुभएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी गराउनुभयो । प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा अनेरास्ववियुका […]

काठमाडौँ, माघ ११ गते । सूचना, सञ्चार तथा प्रविधि मेलाको २४आँै संस्करण आजदेखि भृकुटीमण्डपमा शुरु भयो । यही माघ १६ गतेसम्म जारी हुने सो मेलामा १५५ भन्दा बढी सूचना, सञ्चार तथा प्रविधिसित सम्बन्धित कम्पनी उत्पादनलाई प्रदर्शनीमा राखिएको छ । क्यान इन्फोटेक नाम दिएको सो प्रदर्शनीलाई करिब चार लाख दर्शकले अवलोकन गर्ने आयोजकको दाबी छ । […]

काठमाडौँ, माघ ११ गते । द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले उपत्यकाका ४८६ भूकम्पपीडितलाई सहुलियत दरमा काठ उपलब्ध गराएको छ । विसं २०७२ वैशाख १२ को भूकम्पबाट भत्केको घरको पुनःनिर्माण गर्न पुस मसान्तसम्म पीडित परिवारलाई सहुलियत दरमा काठ उपलब्ध गराएको हो । भूकम्पबाट क्षति पुगेका घरको पुनःनिर्माण गर्न चाहिने काठ सरकारले सहुलियत दरमा उपलब्ध गराउने […]

काठमाडौं : सरकारले अब वृद्ध भत्ता ६५ वर्षकै उमेरमा दिने भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले वृद्ध भत्ता पाउने उमेर हद पाँच वर्ष घटाएर ६५ वर्षमा झारेको वाणिज्यमन्त्री मीन विश्वकर्माले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए । ‘सम्पन्नले मात्र वृद्ध भत्ता पाउने प्रचलनको अन्त्य गर्न सरकारले वृद्धभत्ता पाउने आयु पाँच वर्ष घटाएको छ’, मन्त्री विश्वकर्माले […]

काठमाडौँ, माघ १० गते ।देशका लागि आफूलाई बलिदान दिने शहीदहरुको सम्झनामा आजदेखि शहीद सप्ताह शुरु भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकमा आयोजित शहीद सप्ताह मूल समारोह समितिले आजदेखि शहीद सप्ताह शुरु गरेको हो । सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीले शहादत प्राप्त गर्नुभएको टेकू खरिबोटमा उहाँको तस्बिरमा माल्यार्पण गरी स्मरण गरिएको छ । […]