समाचार

उपनिर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न आयोगको पाँच बुँदे निर्देशन

काठमाडौं, वैशाख ६ गते । निर्वाचन आयोगले उपनिर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउन सम्बद्ध निकायमा पाँच बुँदे निर्देशन जारी गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार वैशाख १५ गते सम्पन्न हुने गरी घोषणा भएको इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ र बझाङको प्रतिनिधि सभा १ को प्रदेश […]


व्यक्ति नभई मुलुक, व्यवस्था र जनता जोगाउन काम गर्दैछु : गृहमन्त्री

काठमाडौं, वैशाख ६ गते । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपित कालीबहादुर खामलाई कानुनअनुसार कारबाही गरी आफूलाई न्याय दिन स्व.श्रेष्ठका परिवारले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन् । बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा पीडित परिवार श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठ र उहाँका पुत्र रोहन श्रेष्ठले खामलाई कानुनअनुसार कारबाही गरी आफूलाई न्याय दिन माग गर्नुभयो । उहाँहरूले […]


गुराँसे वनको मनमोहक दृश्यसँग रमाउँदै तीर्थयात्री

चन्द्र पन्दाक / ताप्लेजुङ, वैशाख ५ गते । यतिबेला ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा ढकमक्क फुलेको गुराँसको मनमोहक दृश्यमा तीर्थयात्री रमाउने गरेका छन् । अहिले पाथीभरा दर्शन गर्ने मुख्य सिजन (मौसम) रहेको र यही मौसममा ढकमक्क फुलेको गुराँसको मनमोहक दृश्यमा तीर्थयात्री रमाउँदै आएका हुन् । तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा क्षेत्रमा विभिन्न प्रजातिका […]


स्थानीय उत्पादन र व्यवसायको प्रवर्द्धन गर्दै ‘लहान एक्सपो’

सिरहा, वैशाख ५ गते । विभिन्न वनस्पतिका रेसाबाट बनेका आकर्षक ढकी, थाकलबाट बनेका घरायसी सामग्रीले आगन्तुकको ध्यान तानेका छन् । यहाँ सुरु भएको लहान एक्सपोमा राखिएका यी सामग्री सिरहाको लहान नगरपालिका-१ कि पार्वतीकुमारी चौधरीले बनाउनुभएको हो । एकसट्ठी वर्षीया चौधरीले स्थानीय कच्चा पदार्थ प्रयोग गरी आफैले बनाएको सामग्री महोत्सवमार्फत बिक्री गरिरहनुभएको छ । जसलाई आगन्तुकले […]


कामपाले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै

काठमाडौँ, वैशाख ४ गते । काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार)देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । कामपाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्ने भएको हो । महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा वैशाख महिना भरी शिविर सञ्चालन हुने महानगरले जनाएको छ । वडा नम्बर ३१ भीमसेनगोलामा […]


गैरकानुनी सम्पत्ति आर्जन मुद्दा अख्तियारले गर्‍यो सर्वोच्चमा पुनरावेदन

काठमाडौं, वैशाख ४ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालत काठमाडौँबाट भएको फैसला चित्त नबुझेको गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा पुनरावेदन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये बद्री राज ढकाल, सिर्जना अर्याल ढकाल र नवराज अर्यालविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो । प्रतिवादी ढकाल सार्वजनिक […]


लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक

काठमाडौं, वैशाख ३ गते । यहि वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक भएको छ । लगानी बोर्डको कार्यालयले दिएको जानकारी अनुसार पहिलो दिन उद्घाटन सत्रसँगै दुईवटा विशेष सत्र सञ्चालन हुनेछन् । ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा […]


भूकम्प पीडितलाई स्थायी आवासको व्यवस्था गर्न मातहतका निकायलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, वैशाख ३ गते । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जाजरकोटलगायतका भूकम्प पीडितलाई वर्षात अघि नै स्थायी आवासको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । सोमबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २१ औँ बैठकमा बोल्नुहुँदै उहाँले सो निर्देशन दिनुभएको हो । त्यसैगरी, उपप्रधानमन्त्री लामिछानेले भूकम्प पीडितको अधिकार सङ्कुचन नहुने गरी […]


सञ्चारमन्त्री शर्माद्वारा डोल्पामा एफटिटिएचको शुभारम्भ

काठमाडौँ, वैशाख २ गते। नेपाल टेलिकमले डोल्पामा अप्टिकल फाइबर नेटवर्कमा आधारित फाइबर टु द होम (एफटिटिएच) नेटवर्क सेवा सुरु गरेको छ। उच्च गतिको इन्टरनेट सेवा देशभर पुर्‍याउने सरकारको अभियानअन्तर्गत आजदेखि नेपाल टेलिकमले उक्त सेवा डोल्पामा सुरुआत गरेको हो। आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डोल्पामा एफटिटिएच नेटवर्क सेवाको भर्चुअलका माध्यमबाट शुभारम्भ गर्नुभयो। यससँगै यो […]


रासायनिक मल खरिदका लागि १५ अर्बको स्रोत सुनिश्चित

काठमाडौं वैशाख २ गते । सरकारले आगामी आर्थिक वर्षका लागि १५ अर्बको स्रोत सुनिश्चित गरी रासायनिक मल खरिदका लागि टेण्डर प्रक्रिया सुरु गरेको छ । आइतबार सिंहदरबारमा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले आगामी सिजनका लागि रासायनिक मलको विषयमा गरेको छलफलमा यसबारेमा जानकारी गराएको हो । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले किसानहरूलाई रासायनिक मलको अभाव हुन […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter