समाचार

निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन; ‘१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धि प्राथमिकतामा पर्नुपर्छ’

काठमाडौं, वैशाख १३ गते । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई उत्साहित बनाउन केही महत्वपूर्ण निर्णय गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका विषयमा आज अर्थविदहरुसँग परामर्श गर्दै उहाँले निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रको मनोबल उठाउने गरी निर्णय लिइने उल्लेख गर्नुभयो । श्रोतमा परेको चापका कारण सरकारले कडा खालका नीति अबलम्बन […]


श्रम स्वीकृति दुई मिनेट ४४ सेकेण्डमा

काठमाडौँ, वैशाख १३ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रम स्वीकृति दुई मिनेट ४४ सेकेण्डमा दिइरहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्नुहुँदै मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जान चाहानेहरुका लागि दुई मिनेट ४४ सेकेण्डमा श्रम स्वीकृति दिइरहेको बताउनुभएको हो । उहाँले […]


श्रममन्त्रीले गराए एचआरडी कोरिया, इपीएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल

काठमाडौँ, वैशाख १२ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मानव शंसाधन विकास सेवा (एचआरडी) कोरिया, इपीएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल गराएको छ । बुधबार श्रममन्त्री डोल प्रसाद अर्यालको उपस्थितिमा तिनै पक्षबिच मन्त्रालयमा नै छलफल भएको हो । छलफलमा कोरिया रिटर्नीका प्रतिनिधिले एचआरडी कोरिया र इपीएस शाखासँग विभिन्न जिज्ञासा तथा प्रश्न राखेका […]


चिया निर्यातमा भारतीय अवरोध हट्यो

झापा, वैशाख १२ गते । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए । चिया बोकेका ती सबै ट्रक पश्चिम बङ्गालको पानी ट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयबाट जाँचपास भएर मङ्गलबार बेलुका सकुशल छुटेको मेची […]


लगानी सम्मेलनका लागि १४८ वटा परियोजनासम्बन्धी प्रस्ताव तयार

काठमाडौं, वैशाख ११ गते । लगानी बोर्डले लगानी सम्मेलनका लागि प्रस्तुत गर्न १४८ वटा परियोजनासम्बन्धी प्रस्ताव तयार पारेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मङ्गलबार काठमाडौँमा बसेको बोर्ड बैठकमा सचिवालयको तर्फबाट सो सम्मेलनमा प्रस्तुतिका लागि १४८ वटा परियोजना प्रस्ताव तयार पारिएको जानकारी गराएको हो । यही वैशाख १६ र १७ गते नेपालमा लगानी सम्मेलन […]


सरकारी विद्यालयमा स्मार्ट बोर्डबाट पठनपाठन

अविनाश चौधरी / धनगढी, वैशाख ११ गते। कैलालीको ग्रामीण भेगमा रहेको एक सरकारी विद्यालयमा स्मार्ट बोर्डबाट पठनपाठन सुरु भएको छ।धनगढी उपमहानगरपालिका–१२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयले १ देखि १० कक्षासम्म स्मार्ट बोर्डबाट पठनपाठन सुरु गरेको हो। सो विद्यालयलाई धनगढी उपमहानगरपालिकाले नमुना विद्यालय घोषणा गरेको छ। सरकारी विद्यालयको पठनपाठन स्तरीय बनाउन र विद्यार्थीलाई प्रविधिको ज्ञान दिन […]


उपनिर्वाचन : मतदाताको पहिचान प्रमाणपत्र सम्बन्धमा आयोगको निर्देशन

काठमाडौँ, वैशाख १० गते । निर्वाचन आयोगले वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनका लागि मतदाताको पहिचान गर्ने प्रमाणपत्र सम्बन्धमा सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगका उपसचिव एवम् सहायक प्रवक्ता राम दत्त पाण्डेयका अनुसार आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उपनिर्वाचन, २०८१ मा मतदाता पहिचान गरी मतदान गर्न पाउने व्यवस्था […]


नसर्ने रोगसम्बन्धी परियोजना शुभारम्भ

काठमाडौँ, वैशाख १० गते । कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा नसर्ने रोगसम्बन्धी परियोजना सुरु गरिएको छ । परियोजना सन् २०२४ अप्रिलदेखि २०२६ मार्चसम्म सञ्चालन हुनेछ । विपदको समयमा नसर्ने रोग लागेका व्यक्तिसम्म पहुँच बढाउने र समुदायको उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीले सो परियोजना सुरु गरेको हो । सोसाइटीद्वारा आयोजित कार्यक्रममा स्वास्थ्य […]


निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार काठमाडौँ आइपुग्ने

काठमाडौँ, वैशाख ९ गते। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को न्यारो बडी जहाज इजरायलमा मर्मतपछि सोमबार काठमाडौँ आइपुग्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जानकारी दिनुभयो। मन्त्रालयमा आज आयोजित पत्रकारसँगको अन्तरक्रियामा मन्त्री तामाङले सो जानकारी दिनुहुँदै लामो समयदेखि इजरायलमा मर्मतमा […]


सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल विरुद्ध २३ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं, वैशाख ९ गते। राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार मिति २०६१ जेठ २० मा राष्ट्रिय सूचना प्रविधि केन्द्र, सिंहदरबारमा प्रशासकीय अधिकृतको पदमा […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter