समाचार

एसइई परीक्षा चैत १५ गतेबाट सुरु हुने

काठमाडौं, माघ ७ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले एसइईको परीक्षा चैत १५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो । उहाँका अनुसार चैतको पहिलो हप्ता एसइई परीक्षा सुरु गर्ने योजना रहे पनि होली पर्व […]


विद्युत रोयल्टीबापत सरकारले उठायो तीन अर्ब १५ करोड ५१ लाख

काठमाडौँ, माघ ६ गते । सरकारले विभिन्न जलविद्युत आयोजनाबाट तीन अर्ब १५ करोड ५१ लाख ८८ हजार बराबरको रोयल्टी सङ्कलन गरेको छ । सरकारले निर्माण सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाबाट निश्चित रकम रोयल्टीबापत सङ्कलन गर्ने गर्छ । विगतमा आयोजनाका प्रवर्द्धकले आफ्नो अनुकूलतामा रोयल्टी बुझाउने गरेका थिए । पछिल्ला केही वर्षदेखि भने नेपाल विद्युत प्राधिकरणले बिल […]


सक्खर र जुजुधौको आधिकारिकता लिँदै सरकार

काठमाडौँ, माघ ६ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जुजुधौ, सुन्तला, सक्खरको भौगोलिक सङ्केत प्राप्त गर्नका लागि प्रक्रिया सुरु गरेको छ । कृषि मन्त्रालय अन्तर्गतको राष्ट्रिय जिन बैङ्कले त्यो प्रक्रिया सुरु गरिसकेको छ । सुन्तलाबारे अध्ययन गरी त्यसको प्रमाणसहितको प्रस्ताव कृषि मन्त्रालयमा पठाइसकेको छ । कृषि मन्त्रालयले त्यसलाई अध्ययन गरी राष्ट्रिय फल घोषणा गर्ने […]


लाइसेन्सका लागि आइपुग्यो कार्ड, १० दिनमा छपाइ थालिने

विष्णु पाण्डेय / काठमाडौं, माघ ५ गते । यातायात व्यवस्था विभागले स्मार्ट सवारी लाइसेन्स छपाइका लागि अर्डर गरेको १२ लाख कार्डमध्ये ६ लाख कार्ड नेपाल आइपुगेको छ । रोकिएको स्मार्ट सवारी लाइसेन्स छपाइ अब सुरु हुनेछ । यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार गत आर्थिक बर्ष २०७९–८० मा टेण्डर गरेअनुसार कार्ड नेपाल आएको जानकारी […]


बासमती धानमा आफ्नै कारणले चुक्यो नेपाल

काठमाडौं, माघ ५ गते । बासमती धानको आधिकारिकता प्राप्त गर्नबाट नेपाल पछाडि हटेको छ । भारतले बासमती धानमा आफ्नो आधिकारिकताका लागि २०७७ मा इयूमा निवेदन दिएपछि नेपालले पनि आफ्नो दाबी प्रस्तुत गर्दै निवेदन दिएको थियो । सन् २०२० सेप्टेम्बर ११ मा इयूले बासमती धानमाथि अन्य देशको दाबी छ कि छैन भनेर सूचना जारी गरेको थियो […]


बेमौसममा बिक्री गर्न चिस्यान गृहमा सुन्तला भण्डारण

म्याग्दी, माघ ४ गते । म्याग्दीको बेनी नगरपालिकाका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरिएको छ । बेनी–४ सिंगामा निर्माण भएको चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको हो । बेनी–४ का वडाध्यक्ष अणबहादुर खड्काले बेमौसममा बजारमा पठाउने तयारीसहित चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको बताउनुभयो । “बेनी –३ को मरेक, राखु, वडा नम्बर–४ को बास्कुना, सुर्केमेला […]


शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध मिलाउन कार्यवाहक प्रधानमन्त्री खड्काकाे निर्देशन

काठमाडौं, माघ ४ गते । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले आसन्न राष्ट्रिय सभा निर्वाचनसमेतलाई ध्यानमा राखी शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा भरपर्दो प्रबन्ध मिलाउन निर्देशन दिनु भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, निमित्त रक्षा सचिव, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकसँग […]


एडिबीसँग ऋण र अनुदान सम्झौता

काठमाडौँ, माघ ३ गते । नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी) बिच १६ करोड अमेरिकी डलर (करिब २१ अर्ब बराबर) को सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर (करिब ७० करोड बराबर) को अनुदान सम्झौता भएको छ । सहरी जीवनयापन सुधार परियोजना (अर्बन रेजिलियन्स एन्ड लाइभाबिलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट) कार्यान्वयनका लागि आज अर्थ मन्त्रालयमा भएको […]


विश्वव्यापी चुनौतीको सामूहिक र क्षेत्रीय समाधान खोज्नुपर्छ : मन्त्री साउद

काठमाडौँ, माघ ३ गते । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विश्वले सामना गरिरहेका साझा चुनौती र समस्याको विश्वव्यापी र क्षेत्रीय समाधान खोज्न सहयोग आवश्यक रहेकामा जोड दिनुभएको छ । युगान्डाको राजधानी कम्पालामा भइरहेको असंलग्न आन्दोलन (नाम)को मन्त्रिस्तरीय बैठकलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामी कोभिड-१९ महामारीको निरन्तर प्रभाव, जलवायु परिवर्तन, द्वन्द्व, खाद्यान्न र ऊर्जालगायतमा भएको मूल्यवृद्धि, ऋणको […]


स्वास्थ्य बीमामा नागरिकको आकर्षण बढ्दै

बागलुङ / माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए । स्वास्थ्य बीमा गर्न घरघरमा पुगेका दर्ता सहयोगीलाई स्वास्थ्य बीमाको महत्व बुझाउन मुस्किल थियो । मुस्किलले एक-दुई परिवार बीमामा आबद्ध भए पनि अरुले भने बेवास्ता गरेका थिए । जिल्लामा स्वास्थ्य बीमा सुरु भएको सात वर्ष बितिसक्दा भने यसमा आबद्ध […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter