
काठमाडौं, मंसिर ०९ गते । पूर्वराजा ज्ञानेन्द्र शाहले झापामा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । विर्तामोड–१ मा सञ्चालित इकम कलेज परिसरमा स्थापना गरिएको शालिक शनिबार दिउँसो उनले अनावरण गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संयोजन गरेको कार्यक्रममा पुगेर उनले शालिक अनावरण गरेका हुन् । कार्यक्रमका लागि पूर्वराजा शाह शुक्रबारै झापा […]

रौतहट, मंसिर ०९ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले नेपाली जनताले लोकतान्त्रिक व्यवस्थाको नभएर वर्तमान नेताहरूको विकल्प खोजिरहेको बताएका छन् । दुर्गा प्रसाईंको आन्दोलन पनि त्यसको ज्वलन्त उदाहरण रहेको उनको भनाई छ। आन्दोलन आम जनताको राजनीतिक दल र सरकारप्रतिको निराशाको उपज रहेको लामिछानेले बताएका हुन् । रौतहटको चन्द्रपुरमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै […]

काठमाडौँ , मङ्सिर ०८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आजबाट तीन दिने मधेस थालेका छन् । पार्टी सभापति लामिछानेले सांसद मनिष झालाई साथमा लिएर आठ जिल्लाको तीन दिने यात्रा थालेका हुन् । पहिलो दिन बारा र पर्सामा लामिछानेले सम्बोधन गरेका छन् । लामिछानेले पर्साको वीरञ्जगमा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन […]

काठमाडौँ , मङ्सिर ०८ गते । नेपाली नर्सहरूलाई रोजगारीका लागि यूके पठाउन माग गरिएको आवेदनमा आवश्यकताभन्दा कमको मात्र नाम निस्किएको छ । वैदेशिक रोजगार विभागका अनुसार ७१ जनाको ‘सट लिस्ट’ मा नाम निस्किएको छ । हाललाई ‘पाइलटिङ’का रूपमा नेपालबाट १०० जना नर्सहरूलाई पठाउने गरी यूकेसँग समझदारी भएको थियो । सोही समझदारी अनुसार यूके जान जाहने […]

काठमाडौं, मंसिर ७ गते ।सरकारले विद्युतीय सुशासन आयोगको सदस्य पदमा कञ्चनपुरका पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। आजकै बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने ४.४६५ मिलियन स्वीस फ्रैंक (करिब ६५ करोड रूपैयाँ) […]

काठमाडौं, मंसिर ७ गते । जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि तीन वर्षअघि आक्रमण गर्ने नेविसंघका ६ कार्यकर्तालाई जनही २ वर्ष कैद सजाय र २० हजार जरिवाना साथै २८ लाख क्षतिपूर्ति भराउने फैसला गरेको छ। न्यायाधीश विनोद खतिवडाको इजलासले ६ जनालाई कैद र जरिवाना गरेको साथै १ जनालाई सफाइ दिएको जिल्ला अदालतका सूचना […]

काठमाडौं, मंसिर ०६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्नको लागि एक सय देखि ३ सय बेडका सरकारी अस्पतालमा पारामेडिक्स र नर्सिङ विषय पढाउन चिकित्सा शिक्षा आयोगलाई प्रस्ताव लगेको छ । स्वास्थ्यमन्त्री मोहन बस्नेतले बुधबार स्वास्थ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै देशमा स्वास्थ्यकर्मीको अभाव पुर्ती गर्नको लागि मन्त्रालयले मन्त्रिस्तरिय निर्णय गरेर यस्तो […]

काठमाडौं, मंसिर ०६ गते । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पश्चिमतर्फ भागको कार्यकक्षमा प्रधानमन्त्री दाहाल बुधबार सरेका हुन्। नयाँ कार्यकक्षमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले भने, ‘यहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मात्रै सारिएको होइन, कामको प्रकृति र गुणस्तर पनि अब नयाँ ढंगले अघि बढ्ने सङ्कल्प छ।’ २०७२ वैशाख १२ मा भूकम्प जानुअघिसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद […]

काठमाडौं, मंसिर ०५ गते । राजनीतिक भागबण्डालाई निरन्तरता दिँदै न्यायपरिषदले सर्वोच्च अदालतमा रिक्त ७ मध्ये ६ न्यायाधीशका लागि नाम सिफारिस गरेको छ । मंगलबार बसेको परिषदको बैठकले दुई जना कानुन व्यवसायी र ४ जना उच्च अदालतका न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । सर्वोच्चको न्यायाधीश सिफारिस भएकामध्ये सारंगा सुवेदी, अब्दुल अजिद मुसलमान, महेश शर्मा […]

लखन चौधरी / धनगढी । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा व्यावसायिक माछा पालन फस्टाउँदै गएको छ । यहाँका प्राकृतिक तालतलैयादेखि कृत्रिम पोखरीमा माछा पालन व्यवसाय बढेको हो । तर माछा पालन व्यवसायमा सरकारी लगानी नहुँदा र बजारीकरणमा समस्या हुँदा माछा पालक किसान भने निराश देखिएका छन् । यसैबिच सुदूरपश्चिममा मंगलबार (नोभेम्बर २१) विभिन्न कार्यक्रम गरी विश्व […]