समाचार

स्थानीय उत्पादन र संस्कृति प्रवर्द्धनका लागि कर्णाली ‘एक्स्पोे’

सुर्खेत / फागुन ९ गते । कर्णालीको पर्यटन प्रवर्द्धन, औद्योगिक विकास र कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ यही फागुन १४ देखि २२ गतेसम्म कर्णाली एक्सपो हुनेभएको छ । महोत्सव अवधिभर प्याराग्लाइडिङदेखि घोडा सवारसम्मका गतिविधि हुने आयोजक सुर्खेत उद्योग वाणिज्य सङ्घले जनाएको छ । फिनिकाँडाबाट वीरेन्द्रनगरसम्म प्याराग्लाइडिङ गर्न सकिने भन्दै आयोजक सुर्खेत उद्योग वाणिज्य सङ्घका […]


कांग्रेस महासमिति बैठक : आजदेखि बन्दसत्र; सुशासनलाई मुलमन्त्र बनाएर जनताका मुद्दासँग निरन्तर जोडिनेछौं : महामन्त्री थापा; महामन्त्री शर्माको १० बुँदे राजनीतिक प्रस्ताव

काठमाडौँ, फागुन ८ गते । नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्र आजदेखि सुरु हुँदैछ । सोमबार उद्घाटनसत्रसँगै सकिएको महासमितिको बैठक आज बिहान ९ बजेदेखि बन्दसत्र सुरु गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा छलफलका लागि पाँचवटा प्रतिवेदन पेस हुन लागेका छन् । मुख्यसचिव पौडेलका अनुसार बैठकमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर […]


मूल्यको ‘ग्राफ’ उकालो लाग्न थालेपछि उखु खेतीतिर किसान आकर्षित

मोरङ, फागुन ८ गते । समयमै भुक्तानी पाउने र मूल्यको ‘ग्राफ’ उकालो लाग्न थालेपछि उखु खेतीतिर किसान आकर्षित बन्न थालेका छन् । अरू बालीजस्तो स्याहारको आवश्यकता नपर्ने र एकमुष्ट रूपमा उपजको रकम हात पर्ने भएपछि उखु खेतीतर्फ किसानको आकर्षण बढ्न थालेको हो । सुनसरीको बर्जू गाउँपालिकामा रहेको इस्टर्न सुगर मिलले केही वर्ष अघिसम्म बेलैमा उखु […]


महासमिति बैठकले पार्टीलाई थप सबल, सुदृढ र एकताबद्ध बनाउँछ : सभापति देउवा

ललितपुर, फागुन ७ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकले पार्टीलाई थप सबल, सुदृढ र एकतावद्ध बनाएर लैजानेमा विश्वास व्यक्त गर्नुभएको छ । पार्टीको आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको महासमिति बैठकमा उहाँले यस महासमिति बैठकलाई देश र विदेशलेसमेत उत्सुकतापूर्वक हेरेको उल्लेख गर्नुहुँदै बैठकले कांग्रेसलाई थप, सबल, सुदृढ र एकताबद्ध बनाएर लैजाने […]


पत्रकारिता क्षेत्रलाई व्यावसायिक बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री शर्मा

काठमाडौं / फागुन ७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई विकसित र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सोमबार राष्ट्रिय समाचार समितिको ६३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले संविधानले अख्तियार गरे अनुरूपको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो […]


४५ प्रतिशत बिरामी उपचारको दायरा बाहिर

काठमाडौं, फागुन ६ गते। क्षयरोगका बिरामी उपचारको दायरामा नआउँदा सरकारले तय गरेको लक्ष्य पुरा गर्न चुनौती थपिएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले क्षयरोगका बिरामी पत्ता लगाउन नसक्दा क्षयरोग उन्मुलन गर्ने लक्ष्य पुरा गर्न चुनौती थपिएको बताउनुभयो। नेपालमा वार्षिक ६९ हजार क्षयरोगका बिरामी थपिने अनुमान गरिएको छ। गत […]


खारेज गरिएका निर्देशनालयले साबिककै अवस्थामा काम गर्ने

नविन सुवेदी / सुर्खेत, फागुन ६ गते। कर्णाली प्रदेशमा माघ १० गते प्रदेश राजपत्रमा प्रकाशित ‘कर्णाली प्रदेश निजामती सेवा नियमावली– २०८०’ मा खारेज भएका कर्णालीका निर्देशनालयको विषयमा ओएनएम नहुँदासम्म यथावत् रूपमा कार्य गर्ने निर्णय भएको छ। आइतबार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। उक्त नियमावलीमा तीनवटा निर्देशनालय बाहेक सबै निर्देशनालय र मानव […]


वित्तीय क्षेत्रमा भ्रम फैलाएर राजनीतिक उद्देश्य पूरा हुँदैनः अर्थमन्त्री डा. महत

काठमाडौं, फागुन ५ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय बैंकबाट बचत फिर्ता गर, यो बैंक खत्तम हुँदैछ भन्ने हौवा फैलाएर बाहिरी संकट ल्याउने प्रयास भइरहेको बताउनुभएको छ। चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘म सरकारको तर्फबाट खबरदारी गर्न चाहन्छु, त्यस्तो प्रवृत्तिलाई हामी कुनै पनि हालतमा कारबाही गर्न ढिलो गर्दैनौं।’ […]


सामूहिक काममा थारु महिलाको अग्रसरता

अविनाश चौधरी / धनगढी, फागुन ५ गते । चुल्होमा दनदनी आगो बलिरहँदा सनम (सखी) हरू भात पकाउन, भाँडा धुन व्यस्त हुनुहुन्थ्यो । उहाँहरूलाई काममा सघाउन थपिनुभयो, पानफूलाहरु । दुना–टपरी गाँस्ने, तरकारी केलाउने काममा उहाँहरू कस्सिनुभयो । कैलालीको धनगढी उपमहानगरपालिका –१६ भादा गाउँस्थित थारु बस्तीमा महिलाले सामूहिक काम गरिरहेको दृश्य हो, यो । सनम युवतीसहित तन्नेरी […]


६४ वर्षपछि नेपालमै हुलाक टिकट प्रकाशन सुरु

काठमाडौं, फागुन ४ गते । सरकारले ६४ वर्षपछि नेपालमै हुलाक टिकट छाप्न सुरु गरेको छ। हुलाक सेवा विभागले जनक शिक्षा सामग्री लिमिटेडसँग समन्वय गरेर हुलाक टिकट छपाइ थालेको हो। यसरी छापिएको टिकटलाई सरकारले आजदेखि प्रचलनमा ल्याएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टाँचा प्रदान गरेसँगै नेपालमै हुलाक टिकट प्रकाशनको औपचारिक सुरुवात भएको हो। […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter