समाचार

मेलामा तेजपातको करोड कारोबार

विजयकुमार साह / ढल्केबर, माघ २७ गते । जनकपुरधामबाट करिब १८ किलोमिटर उत्तर–पूर्वमा धनुषाधाम पर्छ । यहाँ हरेक वर्ष माघमा एक महिने मकरसङ्क्रान्ति मेला लाग्छ । सो मेलामा करिब एक करोड रुपियाँ बरावरको तेजपातको कारोबार भएको छ । त्रेतायुगमा तत्कालीन मिथिलाका राजा जनकको प्रतिज्ञा पूरा गर्न भगवान् रामले शिवको पिनाकमा प्रत्याञ्च चढाउँदा तीन टुव्रmा भएर […]


राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन मनाइने

काठमाडौँ, माघ २६ गते । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । बैठकले आगामी फागुन ६ गते प्रजातन्त्र […]


६ महिनामा पाँच हजार ३६४ जना पक्राउ, एक अर्ब १९ करोडभन्दा बढी जरिवाना

काठमाडौं, माघ २६ गते । नेपाल प्रहरी प्रधान कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा एक अर्ब १९ करोड ८५ लाखभन्दा बढी जरिवाना असुल गरेको छ । साथै चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको ६ महिनामा पाँच हजार ३६४ जना फरार प्रतिवादी पक्राउ परेको प्रहरीले जानकारी दिनएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले उक्त अवधिमा पक्राउ […]


महिलालाई नौमती बाजा बजाउने तालिम

लीलाराज खड्का / बिर्तामोड, माघ २५ गते । शिवसताक्षी नगरपालिकाले नौमती बाजाको संरक्षण र प्रवर्धनका लागि महिलालाई नौमती बाजा बजाउने तालिम सुरु गरेको छ । झापामा पछिल्लो पटक कन्काई नगरपालिका र बिर्तामोड क्षेत्रका महिलाले तालिम लिएर व्यावसायिक रूपमै नौमती बाजा बजाउन सुरु गरेसँगै शिवसताक्षी नगरपालिकाले समेत यस प्रकारको तालिमको सुरुवात गरेको हो । नयाँ पुस्तामा […]


स्टार्टअप कर्जा राष्ट्रिय वाणिज्य बैङ्कबाट

काठमाडौँ, माघ २५ गते । स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितिमा बुधबार त्रिपक्षीय सम्झौता भएको हो । यो समझदारीसँगै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सिफारिसमा राष्ट्रिय वाणिज्य बैङ्कले […]


‘भ्यालेन्टाइन डे’मा ३ लाख ५० हजार स्टिम गुलाफ माग

काठमाडौँ , माघ २४ गते। फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपरेको बताए । मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि भारतबाट गुलाफ ल्याइएको […]


राजस्व लक्ष्य भेट्ने काम गर्न अर्थमन्त्रीको निर्देशन

भैरहवा, माघ २४ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीलाई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिनुभएको छ। बुधबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘‘राजस्वको लक्ष्य भेटाउन कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्नुहोस्।’’ उहाँले जिम्मेवारीबाट पन्छिने छुट कसैलाई नभएको बताउनुभएको छ। ‘‘उच्च कर्तव्यनिष्ठताका साथ कर्मचारीले काम गर्न निर्देशन दिँदै मन्त्री डा. […]


नागढुङ्गा सुरुङ फागुन २३ मा ‘ब्रेक थ्रु’को तयारी

विष्णु पाण्डेय / काठमाडौं, माघ २३ गते। नागढुङ्गामा निर्माणाधीन सुरुङ मार्गको टनेल ‘ब्रेक थ्रु’को चरणमा पुगेको छ। आगामी फागुन २३ गते नागढुङ्गा सुरुङ मार्ग ‘ब्रेक थ्रु’ हुने आयोजनाले जनाएको छ। नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका सिनियर डिभिजलन इन्जिनियर गोविन्द दुमरुका अनुसार ‘ब्रेक थ्रु’ हुनका लागि अब मात्र ३२ मिटर बाँकी रहेको छ। उहाँका अनुसार फागुन […]


सङ्घीय संसद्को महासचिवमा पाण्डेय

काठमाडौँ, माघ २३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को महासचिव पदमा पद्मप्रसाद पाण्डेयलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले मङ्गलबार प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम पाण्डेयलाई महासचिवमा नियुक्त गर्नुभएको हो । पाल्पा जिल्ला रिव्दिकोट गाउँपालिका–१ निवासी पाण्डेयलाई मिति २०८० माघ २३ गते […]


टेलिकमले सेवाको गुणस्तर बढाउनुपर्छः मन्त्री शर्मा

काठमाडौं, माघ २२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकम विश्व परिवेशलाई ध्यान दिएर ग्राहकहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने गरी आफ्नो नीति योजना तथा कार्यक्रमको सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल टेलिकम सरकारको अधिकांश स्वामित्व भएको संस्था भएकाले सरकारको […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter