समाचार

नामिबियालाई हराएसँगै नेपालको फाइनल खेल्ने सम्भावना कायम

गाेविन्द रेग्मी / काठमाडौँ, फागुन १८ गते । नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले हराएको छ । रोमाञ्चक जितसँगै नेपालले फाइनल खेल्ने सम्भावना जीवित राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार जितका लागि एक सय ८१ रनको लक्ष्य पछ्याएको नामिबिया निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक […]


एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा सहभागी हुन र्‍याफ्टिङ टोली भारत जाने

काठमाडौं, फागुन १८ गते । विश्व र्‍याफ्टिङ महासङ्घको आयोजना तथा भारतीय र्‍याफ्टिङ फाउन्डेसनको तत्वावधानमा हुने एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्य नेपाली टोली शनिबार भारतको हिमान्चल प्रदेश जाने भएको छ । मार्च ३ देखि १० तारिखसम्म हुने प्रतियोगितामा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ र डम्बरबहादुर पुर्वाछानेले नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ । […]


अपाङ्गता भएकालाई क्षमताअनुसारको रोजगारी दिनुपर्छ : मन्त्री आचार्य

काठमाडौँ, फागुन १७ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले रोजगारीको ठुलो समस्याबिच अपाङ्गता भएका व्यक्तिलाई क्षमताअनुसारको रोजगारी दिने कार्य सह्रानीय रहेको बताउनुभएको छ । अपाङ्गता मानव अधिकार केन्द्र (डिएचसिआर) द्वारा बिहीबार राजधानीमा आयोजित अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारीको अवसर प्रदान गर्ने सङ्घ संस्थालाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । […]


अनलाइन हिंसा रोक्न साइबर सचेतना आवश्यक

काठमाडौं, फागुन १७ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अनलाइन हिंसाका घटना रोक्न साइबर सचेतनालाई व्यापक बनाउनुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर राष्ट्रिय महिला आयोगले आयोजना गरेको ‘अनलाइनमा महिला सुरक्षा’ विषयक अन्तर्क्रियालाई सम्बोधन गर्दै उहाँले अनलाइन माध्यमबाट हुने सबै खाले हिंसा रोक्न व्यापक साइबर सचेतना अभियान सञ्चालन गर्नुपर्ने […]


वैशाख १५ गते हुने उपनिर्वाचनका लागि फागुन २८ गते मतदाता नामावली प्रकाशन हुने

काठमाडौं, फागुन १६ गते । निर्वाचन आयोगबाट वि.स २०८१ वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत भएको छ । यस कार्यक्रमअन्तर्गत २०८० फागुन २८ गते आयोगको वेबसाइट (www.election.gov.np) मा मतदाता नामावली प्रकाशन गरिनेछ । उक्त मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा […]


अदालती प्रक्रियाबाट मिटरब्याज पीडितको समस्या समाधान

काठमाडौं, फागुन १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितहरूको समस्या समाधान अदालती प्रक्रियाबाट गर्नुपर्ने भएकाले सरकारले अदालतसँग समन्वय गरिरहेको बताउनुभएको छ । बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितहरूको समस्या समाधान अदालती प्रक्रियाबाट गर्नुपर्ने बताउनुभएको हो । ‘‘ऐन बनाएर समस्या समाधानको कोसिस गर्दा पनि केही समस्या अझै बाँकी […]


अष्ट्रेलियामा ‘नेपाल लगानी प्रवर्द्धन’ कार्यक्रम

काठमाडौँ, फागुन १५ गते । नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएकाले निर्धक्क भएर लगानी गर्न उद्यमी-व्यवसायीलाई आह्वान गर्दै अष्ट्रेलियामा ‘नेपालमा लगानी प्रवर्द्धन’ कार्यक्रम आयोजना गरिएको छ । आगामी वैशाख १६ र १७ गते आयोजना हुने तेस्रो लगानी सम्मेलनका सन्दर्भमा क्यानबेरास्थित नेपाली दूतावास र मा गैरआवासीय नेपाली सङ्घले संयुक्तरुपमा आयोजना गरेको उक्त कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालका राजदूत […]


प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

काठमाडौँ, फागुन १५ गते । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ । ऋण अपचलन गरेको अभियोगमा न्यौपानेसहित दश जनालाई आज पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । “दश जनालाई नियन्त्रणमा लिएका छौँ”, उहाँले भन्नुभयो, […]


भजन शिरोमणि भक्तराज आचार्यको निधन

काठमाडौँ , फागुन १४ गते । भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पतालमा उनको निधन भएको संगीतकार चेतन सापकोटाले रातोपाटीलाई जानकारी दिए । आचार्यको ८२ वर्षको उमेरमा निधन भएको हो । आचार्य बिगत लामो समयदेखि विमारी रहेका थिए । आचार्यले झण्डै ४०० गीतमा स्वर तथा […]


राष्ट्र बैङ्कले बैङ्किङ क्षेत्र ढल्न दिँदैन : गभर्नर अधिकारी

काठमाडौं, फागुन १४ गते । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैङ्कको नियामकीय अधिकारभित्र रहेका बैङ्क तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताउनुभएको छ । नेपाल बैंकर्स सङ्घले सोमबार यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलका क्रममा गभर्नर अधिकारीले बलियो नियामकीय संरचना र वित्तीय आधार भएका कारण कुनै पनि संस्था नडुब्ने दाबी गर्नुभयो । “राष्ट्र बैङ्कले […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter