समाचार

दुई दिनमा सात चेलीको उद्दार

    भीमदत्तनगर, ७ माघ । माइती नेपाल कञ्चनपुरले दुई दिनमा पश्चिम नाका गड्डाचौकीबाट सात चेलीहरुको उद्दार गरेको छ । मङ्गलबार पाँचजना र बुधबार दुईजना गरी सातजना युवतीको उद्दार गरेको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभयो । उद्दार गरिएकाहरुमा कञ्चनपुरका दुईजना, काठमाडौँंका एक, दाङ एक, कैलाली एक, म्याग्दी एक र चितवनका एकजना युवती […]


होटलको विकृति रोक्न महिलाको गस्ती

    (चन्द्रकला भण्डारी) काँकडभिट्टा (झापा), ७ माघ । झापाको काँकडभिट्टामा स्थानीय महिलाले होटल लजमा हुने विकृति रोक्न सामूहिक गस्ती सञ्चालन गरेका छन् । महिलाको यस्तो सक्रियताले होटलमा हुने देहव्यापार लगायतका विकृति बन्द भएको छ । पूर्वी नाका भएको कारण काँकडभिट्टामा होटल लजको व्यवसाय फस्टाउँदो अवस्थामा छ । यहाँ ५०० भन्दा बढी नाम चलेका होटल […]


भूकम्प प्रभावित कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण

    बनेपा, ५ माघ । भूकम्पबाट अति प्रभावित कृषकका लागि काभ्रेपलाञ्चोकमा ९० देखि ९५ प्रतिशत अनुदानमा सानो हाते ट्याक्टर (मिनी टेलर) वितरण सुरु गरिएको छ । गैरसरकारी संस्था सिमिट नेपालको सहयोगमा जिल्ला कृषि विकास कार्यालय, काभ्रेपलाञ्चोकले कृषकका लागि ९० र कृषक समूहका लागि ९५ प्रतिशत अनुदानमा ३५ थान हाते ट्याक्टर वितरणको लक्ष्य राखेको बाली […]


बिहे गरेको भन्दै विद्यालय प्रवेशमा रोक

    गोरखा, ५ माघ । मिरकोटस्थित त्रिवेणी माविले बिहे गरेका विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाएको छ । प्रवेशिका परीक्षाको तयारीमा रहेका छात्रा सम्झना राना र छात्र योगेन्द्र कुँवरलाई विद्यालयले पठनपाठनमा रोक लगाएको हो । गत मङ्सिर १३ गते एकापसमा बिहे गरेका उनीहरुलाई ‘पढ्दापढ्दै बिहे गरेको’ भन्दै विद्यालयले पठनपाठनमा वञ्चित गरेपछि न्याय खोज्न सदरमुकाम आइपुगेका छन् […]


अक्षराङ्कन प्रणालीमा आधारित प्रवेशिका नमुना परीक्षा सुरु

    भक्तपुर, ४ माघ । सरकारले प्रवेशिका परीक्षामा यस वर्षदेखि लागू गरेको अक्षराङ्कन प्रणाली बारेमा विद्यार्थी तथा अभिभावकलाई जानकारी दिने उद्देश्यले हिजोदेखि यहाँ नमुना प्रवेशिका परीक्षा सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) भक्तपुरअन्तर्गत रहेका विद्यालयबाट आगामी चैत १८ गतेदेखि सुरु हुने परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि नमुना परीक्षा सञ्चालन गरिएको […]


काँग्रेसको क्रियाशील सदस्यता सूची वेबसाइटमा, कुल सदस्य सङ्ख्या चार लाख ७० हजार ६५५

    काठमाडौँ, ३ माघ । नेपाली काँग्रेसले क्रियाशील सदस्यको नामावली आज आफ्नो वेबसाइटमा राखेको छ । वेबसाइटमा जिल्लाअनुसार नयाँ र पुरानो गरी छुट्याएर नामावली प्रकाशित गरिएको हो । वेबसाइटमा क्रियाशील सदस्यको क्रियाशील नं नाम, थर, बुबा वा पतिको नाम र थर, लिङ्ग, जिल्ला, निर्वाचन क्षेत्र नंं गाविस वा नगरपालिका वडा नंं र टोलसमेत उल्लेख […]


सुन्तला बिक्रीबाट देउपुरमा एक करोड भित्रियो

    फलेवास (पर्वत), । जिल्लाको देउपुर गाविसका कृषकले सुन्तला बिक्री गरेर वार्षिक रु एक करोड रकम गाउँ भित्र्याउने गरेका छन् । विगत २ दशकदेखि पर्वतको देउपुर गाविसमा गरिएको व्यावसायिक सुन्तला खेतीबाट यहाँका कृषकले वार्षिक करोडौँ रुपैयाँ भित्र्याउने गरेका हुन् । परम्परागत रुपमा कोदो र मकै लगाउने गरेका यहाँका कृषकले व्यावसायिक रुपमा सुन्तला खेती गरेपछि […]


छ सय किसानको चिया जैविक प्रमाणीकरण

    इलाम, । इलामको साँखेजुङमा रहेको हिमालयन साङ्ग्रिला टि प्रोड्युसर्स प्रालिमा आबद्ध ९०० किसानमध्ये ५९७ जना किसानको चिया जैविक (अग्र्यानिक) प्रमाणीकरण भएको छ । कारखानामा आबद्ध आठ वटा चिया सहकारी र तीन वटा साना किसान चिया समूहका किसानका उत्पादनलाई नेसनल एसोसिएसन सस्टेनेबल एग्रिकल्चर (नासा) अस्ट्रेलियाले जैविक प्रमाणित गरिदिएको हो । जैविक प्रमाणित भएपछि युरोपका […]


दरबार क्षेत्रमा भूकम्प प्रतिरोधी नमुना भवनको प्रदर्शनी, हजारौँको भीड

    भक्तपुर, २ माघ । अठारौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज भक्तपुर दरबार क्षेत्रमा भक्तपुर नगरपालिका, ख्वपः इन्जिनियरिङ कलेज, ख्वपः कलेज अफ इन्जिनियरिङले संयुक्त रुपमा आयोजना गरेको शैक्षिक प्रदर्शनी एवम् भूकम्प प्रतिरोधी नमुना भवन प्रदर्शनीमा स्थानीयवासीको भीड लागेको छ । गत वैशाख १२ गतेको महाभूकम्पले भक्तपुरका २६ हजार घर भत्किएपछि अब घर कसरी […]


गेग्य्रान जग्गामा लहलह बाली फलाए युवाले

(गोपाल प्रसाद बराल) बर्दिवास, २ माघ । जाँगर र लगन भएपछि कुनै काम असम्भव हँुदैन भन्ने उदाहरण महोत्तरी जिल्लाको भङ्गाहाका युवाले गेग्य्रान ढुङ्गे जग्गामा लहलह बाली फलाएर चरितार्थ गरेका छन् । भङ्गाहाको रामनगर बस्तीका १८ देखि ३५ वर्ष उमेर समूहका युवाले वैशाख याममा दुबोसमेत मर्ने गेग्य्रान ढुङ्गे जग्गामा आफ्नो पौरखले कुनाकुनामा पानी पु¥याएर लहलह बाली […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter