समाचार

आर्थिक परिवर्तनको मेरुदण्ड शिक्षा : अर्थमन्त्री महत

त्रिशूली (नुवाकोट), माघ २२ गते । अर्थमन्त्री डा. प्रकाशरण महतले आर्थिक परिवर्तनको मेरुदण्ड नै शिक्षा हो भन्नुभएको छ । आज नुवाकोटको दुप्चेश्वर गाउँपालिका–२ स्थित वीरेन्द्र माध्यमिक विद्यालयको ३५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले रोजगार सिर्जना, आर्थिक उपार्जनलगायत क्षेत्रका लागि शिक्षा नै पहिलो आधार रहेको बताउनुभयो । “विकासका लागि पूर्वाधार निर्माण आवश्यक पर्दछ । यसले दैनिक […]


इच्छाराज तामाङलाई तीन वर्ष कैद, एक अर्ब ७२ करोड जरिवाना

काठमाडौँ, माघ २१ गते । विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड बिगो भराउन आदेश दिएको छ । सम्पत्ति शुद्धिकरण अभियोगमा दोषी ठहर गर्दै विशेष अदालतले यस्तो सजाय तोकेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्ति शुद्धिकरणको मुद्दामा […]


जङ्गली जनावरबाट बाली जोगाउन खेतमा बास

जनार्जन खत्री / सर्लाही, माघ २१ गते । सर्लाहीमा जङ्गल छेउछाउ खेतबारी भएका किसानलाई जङ्गली जनावरले हैरान पार्न थालेपछि स्थानीय कृषकहरूको खेतमै बास भएको छ । रातको समयमा विभिन्न जङ्गली जनावर खेतबारीमा आएर तरकारी र अन्य बालीनाली खाइदिँदा किसान मारमा परेका हुन् । पछिल्लो समय हरिण, बँदेल, घोडगधा (निलगाई), बाँदरलगायतका जङ्गली जनावरले असाध्य दुःख दिन […]


जडिबुटी उत्पादन गरेर रोजगारी सिर्जना गरिने

जीवछ यादव / लहान, माघ २० गते। संघीय वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोले वनक्षेत्रमा जडिबुटीको खेती गरेर किसानलाई सम्पन्न बनाउने र रोजगारी सिर्जना गर्ने कार्य अघि बढाएको बताउनुभएको छ। सिरहा संघीय निर्वाचन क्षेत्र नम्बर–४ कल्याणपुर नगरपालिका वडा नम्बर–५ मा रहेको कमलामाई वन उपभोक्ता समिति निर्दनाले जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना सम्बन्धी छलफल […]


भूमिहीनलाई जग्गा उपलब्ध गराउन नाँपजाँच; स्थानीय तहमा निस्सा वितरण

तिलाचन पाण्डे / तम्घास, माघ २० गते । गुल्मीमा भूमिहीनका लागि जग्गा उपलब्ध गराउन नाँपजाँच कार्य सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग गुल्मीमा आवेदन दिएका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाँपजाँच कार्य सुरु गरिएको जिल्ला अध्यक्ष राम मल्ल ठकुरीले जानकारी दिनुभयो । जिल्लाको मुसिकोट नगरपालिका, रुरुक्षेत्र गाउँपालिका र चन्द्रकोट गाउँपालिकामा […]


आन्तरिक रोजगार प्रवर्धन दशक मनाउन सरकारलाई अनुरोध

काठमाडौँ, माघ १९ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने र यसको तयारीका लागि आवश्यक कार्य गर्ने निर्णय गरेको छ । श्रममन्त्री शरत्सिंह भण्डारीको अध्यक्षतामा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले स्वदेशमै पर्याप्त रोजगारीका अवसर सिर्जना गर्ने गरी आर्थिक क्रियाकलापको विस्तार […]


पाकिस्तानी दूतावास र महासंघबिच सहकार्यको सहमति

काठमाडौं, माघ १९ गते। नेपालस्थित पाकिस्तानी दूतावास र नेपाल महिला उद्यमी महासंघ (एफडब्ल्युइएएन) सहकार्य गर्न सहमत भएका छन्। नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मी र नेपाल महिला उद्यमी महासंघ प्रतिनिधिबिच भएको कुराकानीमा उक्त सहमति भएको पाकिस्तानी दूतावासले जनाएको छ। अन्तरक्रियापछि राजदूत हासमीले आगामी अप्रिलमा नेपाल महिला उद्यमी महासंघको वार्षिक एक्स्पो लगायतका विभिन्न कार्यक्रम र […]


उद्योगमन्त्रीको अध्यक्षतामा राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौं, माघ १८ गते। सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा निजी क्षेत्र समेतको प्रतिनिधित्व हुनेगरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा रौतहट निवासी उमाशंकर प्रसादलाई […]


प्रदर्शनीस्थल निर्माणमा सरकारको ध्यान केन्द्रित भएको छ : अर्थमन्त्री महत

काठमाडौँ, माघ १८ गते। अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालमा प्रदर्शनीका लागि उपयुक्त स्थान नभएको गुनासो रहेकाले उपयुक्त प्रदर्शनीस्थल बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताउनुभएको हो। बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको नवौँ नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्नुहुँदै यस्तो बताउनुभएको हो। मिडिया स्पेस सोलुसन्स र फ्युचरएक्श ट्रेड फेर एण्ड इभेन्ट्सले संयुक्त आयोजनामा प्रदर्शनी सुरु भएको हो। […]


नेपालमै छाप्न थालियो हुलाक टिकट

सूर्यप्रसाद पाण्डे / काठमाडौँ, माघ १७ गते । नेपालमा पहिलो पटक हुलाक टिकट छपाइ सुरु भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आफ्नो छापाखानाबाट टिकट छपाइ गर्न थालेको छ । यसअघि नेपालका हुलाक टिकट भारत, इन्डोनेसियालगायत अन्य मुलुकमा छापिने गरेको थियो । हुलाक टिकट छपाइका लागि चाहिने कच्चा पदार्थ भने जनक शिक्षाले […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter