समाचार

तरकारी बेच्न अब्बल थारु महिला

अविनाश चौधरी / धनगढी, माघ १७ गते । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको कुनै दिन छैन । बारीमा उत्पादित तरकारी बजारमा बिक्रीका लागि आफ्ना दौँतरीसँग बिहान ६ बजे नै गाउँबाट निस्किनुहुन्छ, उहाँ । हिउँदमा चिसोसँग लड्दै नौ किलोमिटर पैदल यात्रा गरेर धनगढी बजार पुग्दासम्म खाना पकाउने बेला भइसकेको […]


कल्याणकारी कोषलाई प्रतिफल प्राप्त हुने काममा खर्च गर्नुहोस् : उपप्रधानमन्त्री खड्का

काठमाडौँ, माघ १४ गते। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक कल्याणकारी कोषमा सञ्चित रकमलाई बढीभन्दा बढी प्रतिफल प्राप्त हुने कार्यमा उपयोग गर्न सुझाव दिनुभएको छ। आइतबार सैनिक कल्याणकारी निर्देशनालयको निरीक्षण गर्नुहुँदै कोषको रकम हिताधिकारीलाई थप आर्थिक तथा सामाजिक सुरक्षा उपलब्ध हुने योजना तथा कार्यक्रममा लगानी हुनुपर्ने उपप्रधानमन्त्री खड्काको भनाइ थियो। “कोषको रकमलाई जोखिमपूर्ण क्षेत्रमा लगानी […]


चिया टिप्न हातेमेसिन प्रदान गर्दै सूर्योदय नगरपालिका

इलाम, माघ १४ गते । गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका–१ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य रु ३५ मात्र पाउनुभयो । नगरपालिकाले लागू गरेको चियाको न्यूनतम समर्थन मूल्य रु ४० छ तर चियाको मुना ४० प्रतिशत अनिवार्य हुनुपर्छ । किसानले चिया टिप्दा मुना छुट्याएर नटिप्ने र पात धेरै मिसाएर टिप्ने भएका कारण […]


एसीसीको साधारण सभामा चन्द र खड्काले भाग लिने

काठमाडौँ, माघ १३ गते । आगामी जनवरी ३१ देखि इन्डोनेसियामा सुरु हुने एसीसीको वार्षिक साधारण सभामा नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले भाग लिनुहुनेछ । एसियन क्रिकेट काउन्सिल (एसीसी) को निमन्त्रणामा नेपालको प्रतिनिधित्व गर्दै साधारणसभामा अध्यक्ष चन्द र सचिव खड्काले भाग लिने क्यानले जनाएको छ । साधारणसभामा सचिव खड्काले […]


धरहरा पार्किङको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ

काठमाडौ, माघ १३ गते । धरहराकोसँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ । काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरुलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा यो सेवा दिन लागिएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डे भन्नुहुन्छ, […]


गठबन्धन जोगाउन कांग्रेस प्रतिबद्ध छ : सभापति देउवा

राधाकृष्ण डुम्रे/अर्जुन काफ्ले / वालिङ, माघ १० गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई जोगाएर लामो समय लैजान आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ । गठबन्धन अहिलेको आवश्यक्ता भएको भन्दै सभापति देउवाले यसलाई लामो समयसम्म लैजान कांग्रेस प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो । काँग्रेस स्याङ्जाको जिल्ला सम्मेलनको सदरमुकाममा बुधबार उदघाटन गर्नुहुँदै […]


बैंकले योजनामा आधारित कर्जालाई प्राथमिकता दिनुपर्छ : अर्थमन्त्री महत

काठमाडौँ, माघ १० गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले अब बैंकले धितोबेस कर्जा भन्दा पनि योजनामा आधारित कर्जालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ। बुधबार काठमाडौँमा राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। उहाँले नेपालमा अधिकांश कर्जा धितोबेस भएकाले कर्जा भन्दा धितो बढी लिएर कर्जा दिने प्रचलन रहेको बताउनुभयो। अर्थमन्त्री महतले […]


‘पूर्ण खोप सुनिश्चित गर्न परिणाममुखी तथा गुणस्तरीय सेवामा सक्रिय हुनुपर्ने’

काठमाडौँ, माघ ९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले पूर्ण खोप सुनिश्चित गर्न परिणाममुखी तथा गुणस्तरीय सेवामा सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाद्वारा आयोजित ‘राष्ट्रिय दादुरा-रुबेला खोप अभियान २०८०/८१ सम्बन्धी उच्चस्तरीय बैठक’ मा मन्त्री बस्नेतले सन् २०२६ मा पूर्ण खोप सुनिश्चित गर्ने लक्ष्यलाई हासिल गर्न सम्बन्धित निकाय […]


१६ औँ राष्ट्रिय योजनालाई डिजिटल रुपान्तरणको योजना बनाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौँ, माघ ९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले १६औँ राष्ट्रिय योजनालाई डिजिटल रुपान्तरणको योजना बनाउनुपर्ने बताएकी छन् । उनले डिजिटल पूर्वाधारलाई प्राथमिकताका साथ अघि सार्न राष्ट्रिय योजना आयोगलाई आग्रह गरिन् । मन्त्री शर्माले १६औँ राष्ट्रिय योजना निर्माणको सवालमा मन्त्रालयमा आज गरिएको राष्ट्रिय योजना आयोगसँगको छलफलमा राज्यको प्राथमिकता र लगानी सूचना प्रविधिमा केन्द्रित […]


भोलिदेखि न्यूरोड क्षेत्रको कालो पत्रे सडकमा सवारी पार्किङ निषेध गर्ने तयारी

काठमाडौं, माघ ८ गते । काठमाडौँ महानगरपालिकाले भोलि (मंगलबार)देखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । यसको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइने महानगरले जनाएको छ । यस ठाउँमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने महानगरको भनाइ छ […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter