एक्सक्लुसिभ समाचार

हालसम्म ३३ हजारको कोरोना भाइरसकाे परीक्षण

काठमाडौँ, वैशाख ८ गते । कोभिड–१९ रोगबारे हालसम्म कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको छ । पिसीआर विधिबाट आठ हजार ४१४ र ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) बाट २५ हजार १४८ गरी कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आरडिटी० बाट २५ हजार १४८ गरी कूल ३३ हजार […]


काेराेना निकाे भएका युवक भन्छन्– संक्रमण देखिए पनि डराउनुपर्दैन

काठमाडौँ, वैशाख ७ गते । काेराेना संक्रमण निकाे भएर सेती प्रादेशिक अस्पतालबाट आइतबार डिस्चार्ज भएर घर जान लागेका कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय राज विक राेग लाग्दैमा डराउन नहुने बताउँछन् । अस्पतालबाट डिस्चार्ज भएपछि खुसी देखिएका उनले संक्रमण देखिए पनि आफूलाई डर नलागेको बताए । उनले भने, ‘अरूलाई पनि कोरोना संक्रमण देखिँदैमा हिम्मत नहार्न आग्रह […]


थप एक जनामा कोरोना संक्रमण पुष्टि; सेल्फ आइसोलेसनमा बसे कोरोनाबाट सुरक्षित हुने मेरो केसबाट प्रमाणित

काठमाडौँ , वैशाख ६ गते । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार शनिबार भएक जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । जसमध्ये ३ जना निको भएर घर फर्किएको छन् । मन्त्रालयका अनुसार स‌ंक्रमित ६५ […]


नेपालमा थप १४ जनामा कोरोना संक्रमण, जो जहाँ हिँडेर पुगेका छन् त्यही बस्ने खाने व्यवस्था गर्नु पर्छ : प्रम

काठमाडौं, वैशाख ५ गते । नेपालमा शुक्रबार थप १४ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ । त्यसमा उदयपुर जिल्लाका १२ जना पुरुष र चितवनमा एक ६३ वर्षीया महिला एक पुरूष गरी १४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले बताउनुभएको छ । उदयपुर जिल्लाका ३४, २९, २६, २८, २८, २८, २८, […]


कामदार फर्किए पुनः गति लिँदै मेलम्ची आयोजना

सञ्चिता घिमिरे / काठमाडौँ, वैशाख ४ गते । ‘लक डाउन’ को पहिलो साता केही शुस्त बनेको मेलम्ची खानेपानी आयोजना निर्माण कार्यले पुनः गति लिएको छ । राष्ट्रिय गौरवको सो आयोजनामा ‘लकडाउन’ को पहिलो साता कतिपय मजदूर घर फर्किका थिए भने चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आवश्यक निर्माण सामग्री ल्याउन सकेको थिएन । अहिले मजदूर आउन […]


बन्दैछ कोरोनाविरुद्ध लड्ने हतियार, राष्ट्रिय आविष्कार केन्द्रमा (फिचर)

रमेश लम्साल/ नारायण ढुङ्गाना / काठमाडौँ । त्रिभुवन विश्वविद्यालयकोे केन्द्रीय क्याम्पस परिसरमा पछिल्ला दिनमा मानिसको आवतजावत बढिरहेको छ । दैनिक नै एक दर्जन बढी एम्बुलेन्स त्यहाँ पुग्छन् । केही समय बस्छन् र लगत्तै फर्कन्छन् । कहिले नेपाली सेनाका सवारी पुग्छन् त कहिले सशस्त्र प्रहरी बलका । कहिले नेपाल प्रहरीका सवारी हान्निँदै पुग्छन् । वीर अस्पताल, […]


लक डाउन वैशाख १५ सम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, बैशाख २ गते । सरकारले लक डाउनको अवधि वैशाख १५ गतेसम्मका लागि लम्ब्याएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाभाइरस संक्रमणको रोकथामका लागि लकडाउन बढाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय सीमा नाका वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो सामाजिक सञ्जाल […]


सन सिटी अपार्टमेन्टका एकै परिवारका तीनजनामा कोरोना आशंकामा अस्पताल भर्ना; थप दुई जनामा कोरोना संक्रमण

काठमाडौं, वैशाख १ गते । काठमाडौंको पेप्सीकोलास्थित सन सिटी अपार्टमेन्टमा एकै परिवारका तीन जनामा कोरोना संक्रमणकाे आशंकामा उपचारका लागि प्रहरीले पाटन अस्पताल पठाएको छ । प्रहरीले अहिले सो अपार्टमेन्टमा सुरक्षा दिइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता हाेमिन्द्र बोगटीले बताउनुभयो । सो परिवारका सदस्यको कोरोना संक्रमण भएको विषयमा आधिकारिक रुपमा पुष्टि भने भएको छैन । थप दुई […]


थप तीन जनामा कोरोनाको संक्रमण, सोमबार विहान ८ बजे राष्ट्रिय गान गाउने कार्यक्रममा सहभागी हुन प्रमको आग्रह

काठमाडौं, चैत्र ३० गते । पर्साको बिरगञ्ज महानगरपालिका–२ छपकैया स्थित मस्जिदमा शंकास्पद रुपमा रहेका २१ जनाको कोरोना परिक्षण गर्दा तीन जनालाई कोरोनाको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक फेसबुक पेजमा उल्लेख गरेको छ । मस्जिदमा शंकास्पद रुपमा रहेका २१ जनामध्ये ३७,४४ र ५५ बर्षका पुरुषमा कोभिड–१८ को पोजेटिभ देखिएको हो । मस्जिदमा रहेका ती […]


नेपालमा लक डाउन छिट्टै अन्त्य हुँदैन : प्रधानमन्त्री

काठमाडौँ, चैत २९ गते । प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भई लक डाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन गर्दै यसबीचमा रोकथामका लागि भएका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढङ्गले अघि […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter