एक्सक्लुसिभ समाचार

थप ८ दिन लकडाउन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको हो । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउन बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो । जसअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् […]


ज्येष्ठ नागरिकलाई राहतस्वरुप मासिक रु १० हजार दिइने

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशभरका पुनःस्थापना केन्द्र, वृद्धा आश्रममा रहेका ज्येष्ठ नागरिकलाई राहत स्वरुप तीन महिनाका लागि मासिक रु १० हजार प्रदान गर्ने तयारी गरेको छ । विश्वभरी नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि सरकारले लकडाउन गरेको अवस्थामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएका करिब एक हजार ५०० ज्येष्ठ […]


काठमाडौंबाहिर पहिलो कोरोना संक्रमित भेटियो; सातै प्रदेशका मुख्यमन्त्रीसँग उपप्रधानमन्त्रीको भिडियो कन्फरेन्स

काठमाडौं, चैत १४ गते । काठमाडौं बहिर पहिलो कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेका छन् । योसँगै कोरोना संक्रमितको संख्या नेपालमा चार पुगेको छ । धनगढीका ३४ वर्षीय पुरुषमा शुक्रबार कोरोना पुष्टि भएको हो । उनी दुबईबाट आएको भए पनि कुन जहाजबाट कहिले आएका थिए भन्ने यकीन भएको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास […]


आपूर्ति व्यवस्थालाई सहज बनाउने गृहकाे निर्णय

देवबहादुर कुँवर / काठमाडौं चैत १३ गते । गृह मन्त्रालयले ‘स्वःकफ्र्यु’ (लक डाउन) अवधिभर खाद्यलगायत दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति व्यवस्थालाई सहज बनाउने निर्णय गरेको छ । यस कार्यका लागि स्टोर एवं विक्रेतालाई ‘डेलिभरी भ्यान’ (गाडी) को व्यवस्था गर्न आग्रह गरेको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बिहीबार सिंहदरवारमा बसेको बैठकले खाद्य सामाग्री, एलपी ग्याँस, दुध, […]


तीन दिनभित्र औषधी र उपकरण काठमाडौँ आउँछ : मन्त्री ढकाल

काठमाडौँ, चैत १२ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि आवश्यक औषधी र उपकरण तीन दिनभित्र ल्याउने बताउनुभएको छ । पत्रकार सम्मेलनमा आज उहाँले बोलपत्र (टेण्डर)मार्फत आवश्यक सामग्री तत्काल ल्याउने गरी काम थालिएको जानकारी दिँदै औषधी तथा स्वास्थ्य सामग्री ल्याउने गरी आजै अन्तिम टुङ्गो लगाउने बताउनुभयो । ल्याइएका […]


सीमामा अलपत्र परेका ९२६ जनालाई नेपाल ल्याइयो

धनगढी, चैत ११ गते । झण्डै २४ घण्टादेखि भारतको विभिन्न स्थानबाट आएर धनगढीको त्रिनगर सीमामा अलपत्र परेका मंगलबार साँझ नेपाल आउन दिइएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार विभिन्न १९ जिल्लाका ९२६ जना नेपालीलाई बसमार्फत् आ–आफ्नो गन्तव्य पठाउने गरेर नेपाल ल्याइएको छ । सोमबार राति ८ बजे सीमामा आएका नेपालीहरुले मंगलबार दिनभर […]


फ्रान्सबाट फर्किएका नेपालीमा कोरोना संक्रमण

काठमाडौ, चैत्र १० गते । स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयमै आकस्मिक पत्रकार सम्मेलन गरेर फ्रान्सबाट नेपाल फर्किएका एक जना नेपालीमा कोरोनाको संक्रमण देखिएको पुष्टि गर्नु भएको छ । फ्रान्सबाट फर्किएका नेपालीमा कोरोनाको पोजेटिभ देखिएको मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयमा विशेष पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिनुभयो । उहाँहरुको उपचार भैरहेको मन्त्री ढकालले जानकारी […]


कोभिड–१९ को तयारीका लागि जनशक्ति व्यवस्थापन गरिने; प्रत्येक प्रदेशमा कम्तिमा दुईहजार क्षमताका क्वारेन्टाइनस्थल निर्माण गर्ने

काठमाडौँ, चैत ९ गते । सरकारले कोभिड–१९ को तयारीका लागि प्रदेशअन्तर्गत कार्यरत मेडिकल अधिकृत, वरिष्ठ चिकित्सक र अध्ययनरत विद्यार्थीलाई परिचालन गर्न प्रदेश सरकारलाई अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोगको उपचारका लागि त्यस प्रदेशअन्तर्गत कार्यरत र अध्ययनरत जनशक्तिलाई रोगको रोकथाम तथा नियन्त्रणका लागि परिचालन गर्न अनुरोध गरेको हो । मन्त्रिस्तरीय निर्णयका आधारमा नेपाल […]


डब्लुएचओका दुई जना प्रयोगशालामा बस्छन्, नियमित रिर्पोटिङ् गर्छन्

सरोज ढुंगेल / काठमाडौं,चैत ८ गते । चीनबाट फर्किएका एक विद्यार्थी बाहेक नेपालमा अन्यलाई हालसम्म कोरोना भाइरस (कोभिड–१९ ) देखिएको छैन । तर सामाजिक सञ्जालमा शिक्षण अस्पताल, नर्भिक अस्पताल , टेकु लगायतका अस्पतालमा कोरोना भाइरस देखिएको तर सरकारले लुकाएको भन्दै अर्नगल प्रचार प्रसार भइरहेको छ । नेपालमा कोरोना भाइरस देखिसकेपछि सरकारले लुकाएर लुकाउन सकिने विषय […]


चैत्र ९ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान र १० गतेबाट लामो दुरीका बस बन्द (प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ सहित)

काठमाडौं, चैत्र ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको स्वास्थ्यलाई उच्च प्रथमिकता दिएको बताउनु भएको छ शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैको सहयोग र संयमबाट नै यस किसिमको महामारीबाट मुक्ति पाउन सकिने बताउनुभयो । प्रधानमन्त्री सम्बोधनका क्रममा सवारी चलाउनमा आवश्यकता अनुसार व्यबस्था गरिएको र सबै अन्तराष्ट्रिय उडान चैत्र ९ गतेबाट १८ […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter