एक्सक्लुसिभ समाचार

पेट्रोल, डिजेल, ग्यास र हवाई इन्धनको मूल्य वृद्धि : मध्यरातदेखि लागु हुने

काठमाडौं : नेपाल आयल निगमले शुक्रबार मध्य रातिदेखि लागु हुने गरी सबै प्रकारको इन्धनको मूल्यमा वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो। निगमको सञ्चालक समितिको बसेको बैठकले शुक्रबार राति पेट्रोलको मूल्य प्रति लिटर सय रुपैयाँ, डिजेल र मट्टितेल प्रति लिटर ७७ र खाना पकाउने ग्याँसलाई […]


दोश्रो चरणको निर्वाचनमा ६७ प्रतिशत मत खस्यो; पहिलो चरणमा मतदान भएका जिल्लाको मतगणना सुरु

काठमाडौँ , मंसिर २१ गते । दोश्रो चरणको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । आज सम्पन्न मतदानमा ६७ प्रतिशत भन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ। आयोगले बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा ४५ जिल्लाबाट ६७ प्रतिशत भन्दा बढी मतदान भएको जनाएको हो […]


सबै तयारी पुरा: निर्वाचन आयोग; ढुक्क हुनुहाेस् ; सुरक्षा व्यवस्था मिलाइएको छ: नेपाल प्रहरी

काठमाडाैं- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गतको दोस्रो चरणमा बिहीवार ४५ जिल्लामा हुने मतदानको सबै तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन हुने ४५ जिल्लामा मतदान अधिकारी लगायतका कर्मचारीहरु र सुरक्षा व्यवस्थापन, मतदान सामग्रीहरु मतदान केन्द्रमा पुगिसकेको आयोगले जनाएको हो । बिहीवार हुने मतदानका लागि ४५ जिल्लामा १५ हजार ३ सय ४४ मतदान […]


व्यक्तिगत रुपमा समेत कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्न सकिने

काठमाडौँ, मंसिर १९ गते । कर्मचारी सञ्चयकोषले व्यक्तिगत रुपमा समेत रकम जम्मा गर्न दिने सुविधा ल्याउन लागेको छ । रकम जम्मा गर्नेको सङ्ख्या बढाउने लक्ष्यका साथ व्यक्तिगत रुपमा समेत रकम जम्मा गर्न पाउने योजना सञ्चयकोषले अगाडि सारेको हो । कोष सञ्चालक समितिमा त्यससम्बन्धी प्रस्ताव पेश भइसकेको छ । कोषका निमित्त प्रशासक दीपक रौनियारले सञ्चालक समितिको […]


गगनको अपीलः बमको जवाफ ब्यालेटले दिनुस् ( सिफलमा उनले दिएको मन्तव्यको पूर्ण पाठ )

  काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसका नेता एवं काठमाडौं ४ का उम्मेदवार गगन थापा बम पड्काउनेहरुलाई ब्यालेटबाट जवाफ दिन मतदातालाई अपील गरेका छन् । चपलीमा घरदैलोमा रहेका बेला थापालाई लक्षित गरी बम विस्फोट भएको थियो, जसमा थापासहित ११ जना घाइते भएका छन् । थापा ब्याण्डेज लगाएर नै चाबहिलको सभामा पुगेका थिए । आफ्नो अन्तिम […]


नेवाः संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ आवश्यक – राष्ट्रपति

काठमाडौँ, मंसिर १७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाको मौलिक संस्कृतिको परिचायकका रुपमा रहेको नेवाः संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभएको छ । ज्यापू संस्कृति विकास कोषले यहाँ आज आयोजना गरेको १४औँ राष्ट्रिय ज्यापू दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको मौलिक संस्कृतिको संरक्षकका रुपमा रहेका ज्यापू समुदाय परिश्रमी […]


भाइरल प्रकोप बढ्दो, एक सातामा दर्जनौँको मृत्यु

मुगु, मंसिर १५ गते । जाडो अत्यधिक बढेसँगै जिल्लाभर भाइरल ज्वरो बढेको छ भने दर्जनौँको मृत्यु भइसकेको छ । जिल्लाका सबैजसो गाउँ बस्तीमा फैलिएको रुघा, खोकी, निमोनिया र भाइरल ज्वरोका कारण बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् । गाउँमा घाम लागेको बेला हरेक घरका छतमा दुई तीन जना सुतेको देखिन्छ, रुघा खोकीले गाउँ निकै प्रभावित […]


सहिदसँग सम्बन्धित अडियो, भिडियो र तस्वीरजस्ता सामग्री तत्काल हटाउन निर्देशन; सुरक्षा निकायले कार्यनीति र रणनीति परिमार्जन गरी अघि बढ्ने – आयुक्त शाह

काठमाडौँ, मंसिर १५ गते । निर्वाचन आयोगले दोस्रो चरणमा मंसिर २१ गते बिहीबार ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा कतिपय राजनीतिक दल र उम्मेदवारबाट आदरणीय सहिदलाई प्रयोग गरेर मत माग्ने कार्य भइरहेकाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विशेष गरी प्रदेश नं २ सहितका जिल्लामा विभिन्न समयमा भएका आन्दोलनका ध्वनि, दृश्य, […]


मुलुकको व्यापार घाटा चुलिँदै गएकोमा राष्ट्रपति चिन्तित; व्यापारघाटा कम गर्न श्वेतपत्रको तयारी

काठमाडौँ, मङ्सिर १४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको व्यापारघाटा चुलिँदै गएकाले आयात प्रतिस्थापन अपरिहार्य भएको बताउनुभएको छ । बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको चेम्बर प्रदर्शनी २०७४ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले व्यापारघाटा कम गर्न राष्ट्रिय लगानीलाई प्रोत्साहित र अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्नुपर्ने बताउनुभयो । उहाँले मुलुकमा रोजगारको अवस्था कमजोर हुँदा युवा जनशक्ति […]


‘दिगो आर्थिक विकास हासिलको मार्गमा नेपाल अग्रसर’

काठमाडौँ, मंसिर १३ गते । नेपालले औद्योगिक विकासको माध्यमबाट आफू दिगो आर्थिक उन्नयनको मार्गमा अग्रसर भएको बताएको छ । अष्ट्रियाको राजधानी भियनामा जारी संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन (युनिडो)को १७ औँ सम्मेलनमा नेपालले आर्थिक विकासको बाटामा अग्रसर भएको बताएको हो । सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलकी नेत्री एवं उद्योग सचिव यामकुमारी खतिवडाले औद्योगिक विकासका लक्ष्य र उद्देश्य […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter