एक्सक्लुसिभ समाचार

सरकारले तोक्यो अस्थायी प्रादेशिक राजधानी र प्रदेश प्रमुख (सूचीसहित); अस्थायी राजधानी तोक्नेवित्तिकै दाङ र धनकुटामा आन्दोलन सुरु

काठमाडौं, माघ ३ । लामो अलमलपछि सरकारले अन्ततः सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको कानुनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिए । बुधबार दुई पटक बैठक बसेको थियो । पहिलो बैठकमा केही प्रदेशको राजधानीलाई लिएर मन्त्रीहरुबीच विवाद भएपछि दिउँसो दोस्रो बैठक बसेको थियो, जसले प्रदेशका अस्थायी मुकामहरु […]


कर्णालीको विकासका लागि १० वर्षे महत्वकांक्षी योजना; फलफूल, ऊर्जा र पूर्वाधार विकास प्राथमिकतामा

काठमाडौँ, माघ २ गते । मुलुककै पिछडिएको क्षेत्र मानिने कर्णालीलाई आर्थिक, सामाजिक विकास गरी समृद्ध क्षेत्रका रुपमा विकास गर्ने सोचका साथ १० वर्षे विकास योजना अघि सारिएको छ । व्यापक र दिगोरुपमा स्रोतसाधनको उपयोग तथा मानव पूँजीको विकास गरी जनताको जीवनस्तर उठाउने एवं समृद्धि हासिल गर्ने उद्देश्यका साथ कर्णाली विकास आयोगले १० वर्षे योजना तयार […]


शहरी विपद् जोखिम न्यून गर्न सामूहिक प्रयासको थालनी

ललितपुर, माघ १ गते । तीन वर्षअघिको गोरखा भूकम्प र त्यसपछि पटकपटक परकम्प जाँदा त्रसित बन्दै घर वा विद्यालयबाट आत्तिएर जथाभावी भाग्ने गरेका विक्रम खड्का अब त्यस्ता विपद् आउँदा सुरक्षित स्थानमा कसरी जाने र अरूलाई पनि कसरी लैजाने भन्नेबारेमा राम्ररी जानकार भएका छन् । काठमाडौँ महानगरपालिका–१२ स्थित महेन्द्र सरस्वती विद्यालयमा कक्षा ८ मा अध्ययनरत खड्कालाई […]


सरकारले देशभरका एम्बुलेन्स सेवाका लागि एउटै टेलिफोन नम्बर दिने तयारी

काठमाडौं, पुस ३० गते । । सरकारले एम्बुलेन्स सेवाका लागि देशभर एउटै टेलिफोन नं को प्रयोगका लागि प्रक्रिया अगाडि बढाएको छ । देशभरबाट ११२ नंमा फोन गर्दा एम्बुलेन्स सेवामा फोन जाने गरी प्रक्रिया अघि बढेको हो । एम्बुलेन्स निर्देशका २०७३ को बुँदा नं १२ मा स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स सञ्जालका लागि देशभर एकै टेलिफोन नं रहने […]


सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । माघ २४ गते हुने भनिएको राष्ट्रियसभा निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् । निर्वाचन आयोगले शनिवार सातवटै प्रदेशम अधिकृतको कार्यालय सम्बन्धित उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा स्थापना गरेको जनाएको छ । प्रदेश नम्बर १ मा मोरङ, प्रदेश नम्बर २ मा धनुषा, प्रदेश नम्बर ३ मा ललितपुर, प्रदेश नम्बर ४ […]


सूचना महामार्गमा नेपाल–चीन जोडियो

काठमाडौँ, पुस २८ गते । नेपाल र उत्तरी छिमेकी मुलुक चीन व्यावसायिक तवरले सूचना महामार्ग (इन्टरनेशनल कनेक्टिभिटी)मा जोडिएका छन् । निरन्तरको प्रयासपछि नेपालको नेपाल टेलिकम र चीनको चाइन टेलिकम ग्लोबलबीच ‘क्रसबोर्डर अप्टिकल फाइबर लिंक’ को आजबाट औपचारिकरुपमै व्यावसायिक सेवा शुरु भएको हो । योसँगै दुई कम्पनीले एक अर्काका देशमा दूरसञ्चार व्यवसाय विस्तार गर्न पाउने छन् […]


विदेशबाट फर्केर व्यावसायिक गाईपालन ; मासिक एक लाख आम्दानी

पाल्पा,पुस २७ गते । तानसेन नगरपालिकाको बौघापोखराथोक चिनारीका एक युवाले विदेशबाट फर्केर व्यावसायिक रुपमा गाईपालन गर्न थालेका छन् । गाईपालनबाट यहाँका रनबहादुर रेश्मीले मासिक रु एक लाखसम्म आम्दानी गर्दैआएका छन् । रेश्मीले अहिले गोठमा ३२ ओटा गाई पाल्नुभएको छ । अन्य पेशा व्यवसायभन्दा सजिलो र दैनिक आम्दानी लिन सकिने भएपछि उहाँ गाईपालन व्यवसायमा सक्रिय हुनुहुन्छ […]


डा. केसी तारेखमा छुटे, प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाउन आदेश; फैसला सकारात्मक छ, अनशनबारे भोलि निर्णय गर्छु

काठमाडौँ, पुस २६ गते । डा. गोविन्द केसीलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । केसी विरुद्धको थुनछेकसम्वन्धि बहस सकिएलगत्तै न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले सो आदेश दिएको हो । उनलाई मुलुकी ऐन अ.ब. को ४७ नम्बर बमोजिम तारेखमा छाड्न आदेश दिएको हो । त्यस्तै, अदालतले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको […]


डा केसीको बयान सकियो, बुधबार सुनुवाइ हुने; डा. केसी वीर अस्पताल भर्ना

काठमाडौं, पुस २५ गते । सर्वोच्च अदालतले अवहेलनासम्बन्धी मुद्दामा वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीसँग बयान लिने काम सम्पन्न भएपनि समय अभावका कारण आज सुनुवाइ हुन सकेन । डा केसीलाई अदालतको अवहेलना मुद्दामा आज बिहान ९ बजे उपस्थित गराउन भनिएता पनि उहाँलाई प्रहरीले हिरासतबाट ८ः४५ बजे नै अदालतमा उपस्थित गराएको थियो । अदालतमा डा केसी […]


अदालतले अवहेलना मुद्दामा डा. केसी पक्राउ

काठमाडौँ, २४ गते । प्रहरीले प्रा. डा. गोविन्द केसीलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालको अनसनस्थलबाट पक्राउ परेका छन् । उनलार्इ प्रहरी परिसर टेकु लगेकाे छ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा उनलाई पक्राउ गर्न पूर्जी जारी गरेको थियो । डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार आमरण अनसनमा बस्दै थिए । अनसन सुरु गर्नु अघि पत्रकार […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter