
काठमाडौँ, २३ पुस | नेपाल सरकार र व्यवस्थापिका–संसद सचिवालय तथा प्रदेशसभा संसद सचिवालयमा जनशक्ति र सचिवालय व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा समयमै आवश्यक समन्वय नहुँदा अहिले अन्योल पैदा भएको छ । संघीय संसद र प्रदेशसभा संसदबीच कामको प्रकृति मिल्दोजुल्दो भएको हुँदा कर्मचारी व्यवस्थापन यसरी गर्ने भनी सरकारबाट समयमै समन्वय र पत्राचार नहुँदा अहिले यो विषय जटिल […]

नेपालगञ्ज, पुस २२ गते । केही वर्ष पहिलेसम्म अरूको घरमा ज्याला मजदुरी गरेर पेट पाल्दै आएका बर्दियाका मुक्त कमलरीहरूले तरकारी खेती सुरु गरेपछि अहिले उनीहरूको जीवन फेरिएको छ । बर्दियाका मुक्त कमैयाको तरकारी खेती अन्य किसानका लागि पनि उदाहरण बनेको छ । सय पचास रुपियाँका लागि समेत अरूसँग हात फैलाउने उनीहरू अहिले तरकारी खेतीबाट वार्षिक […]

काठमाडौँ, पुस २१ गते । राजनीतिक दलहरुबीच निकै लामो रस्साकस्सी र बिबाद रहेको राष्ट्रिय सभाको निर्वाचन आगामी २४ माघमा हुने भएको छ । वालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । बैठकले सत्यनिरुपण मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद एक/एक वर्ष थप गरेको बाणिज्य मन्त्री मिन विश्वकर्माले जानकारी दिए । बैठकले प्रदेश […]

प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने विषयमा अब सरकार आफैँले गृहकार्य गरी निर्णय गर्ने भएको छ । सो विषयमा छलफल गर्न आज प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकले ठाेस निष्कर्ष ननिकालेपछि सरकार अाफैँले निर्णय गर्ने भएकाे हाे । बैठकमा वाम गठबन्धनले सरकारले सत्ता हस्तान्तरणका लागि गर्नुपर्ने काम आफ्नो ढंगले चाँडो गर्न आग्रह […]

पुष्प ढुंगाना काठमाडौं, १९ पुस । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधिसभातर्फको समानुपातिक निर्वाचन परिणाम सार्वजनिक नगर्ने प्रष्ट पारेको छ । आयोगले विज्ञप्ति निकालेर परिणाम सार्वजनिक गर्न आयोग आफैँ आतुर हुँदा हुँदै पनि संवैधानिक र कानुनी अड्चनका कारण परिणाम सार्वजनिक गर्न नसकिने जनाएको हो । आयोगले संविधानको धारा ८४ को (६) र प्रतिनिधिसभा […]

काठमाडौँ, पुस १८ गते । सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती अस्थायी मुकामको खाका तयार गरिएको बताउनुभयो । उहाँका अनुसार प्रदेश नंं १ […]

काठमाडौँ — वाम गठबन्धनले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको परिणाम अविलम्ब सार्वजनिक गर्न आज निर्वाचन आयोगको ध्यानकर्षण गराएको छ । गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्रका नेताहरुले आज प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र आयुक्तसँग भेटी जनताले दिएको मतको सम्मान एवं संविधान तथा कानुनको मर्म र भावनाको कदरका लागि सो परिणाम सार्वजनिक गर्न माग गरे […]

ललितपुर, पुस १६ गते । । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले देशको समग्र विकासका लागि आवश्यक पर्ने सक्षम जनशक्ति तयार पार्न त्रिभुवन विश्वविद्यालयले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ४३ औँ दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले भने, “मुलुकको जेठो यस विश्वविद्यालयले नेपालको शैक्षिक जगतमा पुर्याएको योगदान अतुलनीय रहेको […]

चौतारा, पुस १५ गते । बहु प्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको अम्बाथान–ग्यालथुम खण्डको सुरुङको निर्माण कार्य (ब्रेक थु्र) सम्पन्न भएको छ । सो खण्डको ८.३ किमी सुरुङको अन्तिम बिन्दुमा निर्धारित कार्यक्रमअनुसार शुक्रबार राति १२ बजे दुई वटा विस्फोट गराइ (ब्रेक थु्र) सुरुङ छेड्ने काम सम्पन्न भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिनुभयो […]

काठमाडौँ, पुस १४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गरेसँगै राष्ट्रियसभा निर्वाचनको बाटो खुलेको छ । अध्यादेश जारी भएसँगै प्रमुख दलहरुबीच पछिल्लो समयमा पेचिलो बन्दै गएको निर्वाचन प्रणालीसम्बन्धी विवादको राजनीतिक गाँठो फुकेको छ । यसअघि निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन नभई प्रतिनिधिसभाको समानुपातिकतर्फको पूर्ण मतपरिणाम सार्वजनिक गर्न अप्ठ्यारो पर्ने जनाएको थियो । सोही […]