
किरण भट्टराई / काठमाडौँ, १४ चैत । वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यलाई गम्भीर रोग लागेको अवस्थामा उनीहरुलाईसमेत सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । उनीहरुलाई क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन र अलमाइजरसहित पाँच किसिमको रोग लागेमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले बढीमा रु पचास हजारसम्मको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो । बोर्डका […]

काठमाडौँ, १४ चैत । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् भनी मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । चैत कृष्ण चतुर्दशीका दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ । परापूर्वकालमा काठमाडौँ उपत्यकामा बालबालिकालाई भूत, प्रेत पिशाच नामका कु तत्वले दुःख दिने गर्थे । यी तत्वले बालबालिकालाई दुःख नदिऊन् भनी चतुर्दशीका […]

काठमाडौँ, १३ चैत । चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूपरिवेष्टित मुलुकलाई दिइने अधिकारका सम्बन्धमा गत वर्ष भएको पारवहन यातायात सम्झौता सर्वाधिक महत्वको भएको बताउनुभएको छ । बेइजिङस्थित फरेन स्टडिज युनिभर्सिटीले आज आयोजना गरेको ‘नेपाल–चीन सम्बन्ध : वृद्धि तथा समृद्धिको दृष्टिकोण’ विषयक प्रबचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पारवहनलगायत विगतका सम्झौतालाई कार्यान्वयनमा लैजाने धारणा व्यक्त […]

वासुदेव पौडेल / पोखरा, १२ चैत । सुन्दर नगरी पोखरा नजिकै अवस्थित तनहुँको सदरमुकाम दमौलीमा रहेको व्यास क्षेत्र विशिष्ट धार्मिक एवम् पर्यटकीय स्थल बन्ने भएको छ । पर्याप्त सम्भावना रहेर पनि प्रचारप्रसार एवम् पूर्वाधार विकासका दृष्टिले ओझेलमा परेको यस क्षेत्रलाई व्यास क्षेत्र विकास कोष तनहुँको सकृयतामा करिब २७ करोड रुपैयाँको लागतमा १०८ फिटको मूर्ति सहित […]

नारायण अधिकारी / चितवन, ११ चैत । दुर्लभ एक सिङ्गे गैँडाका लागि चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्र उर्बर देखिएको छ । सयौं गैँडा चोरी सिकारीले मार्ने, प्राकृतिक कारणले मर्ने, अन्य स्थानमा स्थानान्तरण गर्ने र विदेशीलाई उपहार दिने गरिए पनि यहाँ गैँडाको सङ्ख्या बढ्दो क्रममा रहेको छ । सन् १९८६ यता बर्दिया राष्ट्रिय निकुञ्जमा […]

भोजेन्द्र बस्नेत / सोलुखुम्बु, १० चैत । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो कस्तो होला ? ‘फराकिलो, चौडा, ढुङ्गा बिछ््याइएको, अझ समाएर हिँड्नका लागि ठाउँठाउँमा फलामको रेलिङ, अनि सङ्केत चिन्ह् ?’ अधिकांशले यस्तै सोच्ने गर्दछन् । तर सगरमाथा जाने बाटो भने ठीक यसको उल्टो छ । खुम्जुङ गाविसको लबुचेदेखि गोरप्सेप हुँदै सगरमाथा आधार शिविरसम्म पुग्न […]

प्रकाश सिलवाल / काठमाडौँ, ९ चैत । व्यवस्थापिका–संसद्को आजको बैठकले समानुपातिकमा ३ प्रतिशत न्यूनतम मतसीमा (थ्रेसहोल्ड) सहितको ‘राजनीतिक दलसम्बन्धी विधेयक २०७३’ बहुमतले पारित गरेको छ । पारित विधेयकमा प्रतिनिधि सभामा समानुपातिकमा ३ प्रतिशत मत र प्रत्यक्षमा एक स्थान नल्याउने दल राष्ट्रिय दल नमानिने उल्लेख छ । विधेयक पारित गराउन प्रमुख ठूला दलबीच समान मत देखियो […]

कमल खत्री / म्याग्दी, ४ चैत । सदरमुकाम बेनीदेखि एक बिहानको पैदल दूरीमा रहेको म्याग्दीको पर्यटकीय रुइसे–भेडीओढार क्षेत्र प्राकृतिक सौन्दर्यले सु–सज्जित बनेको छ । भर्जिन (नयाँ) पदमार्गका रुपमा परिचित धौलागिरि आइसफल पदमार्गको प्रवेशद्वारका रुपमा रहेको यो क्षेत्रको जङ्गलमा फागुन महिनाको सुरुवातसँगै फुलेको राताम्मे गुराँसको सुन्दरताले पर्यटकलाई आकर्षित गरिरहेको छ । समुद्री सतहदेखि दुईहजार पाँचसय ३० […]

पूर्णप्रसाद मिश्र / काठमाडौँ, ७ चैत । संविधानको अनुसूची–८ मा उल्लिखित स्थानीय तहको अधिकारको सूची कहिलेबाट कार्यान्वयनमा आउने भन्ने जिज्ञासा आमनागरिकले राख्न सुरु गरेका छन् । तीन दशक लामो स्थानीय संरचनालाई प्रतिस्थापन गर्दै सरकारले फागुन २७ गतेदेखि स्थानीय तहको प्रावधान लागू गरेपछि नागरिकले सो जिज्ञासा राख्न सुरु गरेका हुन् । सो प्रावधानअनुसार अब चारवटा महानगरपालिका, […]

काठमाडौँ, ६ चैत । ऊर्जा मन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिफल दिने गरी सरकारले जलविद्युत् आयोजना निर्माणको प्रक्रिया सुरु गरेको बताउनुभएको छ । दक्षिण कोरियामा आज नेपाली समुदायसँग गरिएको विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको हितमा नै ‘रेमिट हाइड्रो’को अवधारणा अगाडि सारिएको बताउनुभयो । छिट्टै प्रतिफल दिने आयोजनामा […]