
गोरखा, २४ चैत । ‘धन हुनेसँग मन हुँदैन, मन हुनेसँग धन’ समाजमा प्रायः यस्ता भनाइ सुन्ने गरिन्छ । तर, स्विट्जरल्यान्डका एक दम्पतीले मन र धन दुवै प्रयोग गरी उत्तरी गोरखा, धार्चे गाउँपालिका लापु गाउँमा स्वास्थ्य चौकी र विद्यालय भवन पुनःनिर्माण गरिदिएका छन् । भूकम्पले भत्काएको स्वास्थ्य चौकी र विद्यालय पुनःनिर्माणमा स्विट्जरल्यान्डका नागरिक डा थेरी र […]

काठमाडौँ, चैत २३ गते । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई आवास पुनःनिर्माणका लागि सहुलियत तथा विशेष कर्जा सहज रूपमा उपलब्ध गराउने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैङ्कलाई निर्देशन दिएको छ । धेरै भूकम्पपीडितले बैङ्क तथा वित्तीय संस्थाबाट सहज रूपमा कर्जा प्राप्त गर्न नसकेको, बैङ्कहरूले कोटा सकिएको भनी कर्जा दिन अस्वीकार गरेको लगायत गुनासो प्राधिकरणमा गरेपछि प्राधिकरणले मङ्गलबार […]

म्याग्दी, चैत २२ गते । म्याग्दीमा कृत्रिम तरिकाले रानी मौरी विकास गर्ने प्रविधि भित्रिएको छ । जिल्ला कृषि विकास कार्यालय म्याग्दी र काठमाडौँको गोदावारीमा रहेको मौरीपालन विकास शाखाको सहयोगमा मङ्गला गाउँपालिका–१ कुहुँमा ग्राफ्टिङ (मौरीको लार्भा प्रत्यारोपण) गरेर रानी मौरी विकास गर्ने प्रविधि भित्र्याइएको हो । शाखाको गुणस्तरीय रानी मौरी उत्पादन तथा वितरण अभियानअन्तर्गत म्याग्दीमा पहिलो […]

मदन गौतम / काठमाडौँ, २१ चैत । पौराणिक कालदेखि नेपाल तपोभूमिका रुपमा प्रसिद्ध छ । यस भूमिमा थुप्रै योगी, सिद्ध पुरुष र साधकले चिन्तनमनन गरी ज्ञान लाभ गरेका छन् । त्यसैकारण भारत वर्ष पूर्वीय दर्शनको आधारभूमि बन्न पुग्यो । नेपालको लुम्बिनी उपवनमा आजभन्दा करिब दुई हजार पाँचसय वर्षअघि जन्मनुभएका सिद्ध महापुरुष गौतम बुद्धले प्रतिपादन गर्नुभएको […]

कालिका खड्का / काठमाडौँ, २० चैत । “जिन्दगीमा सीप भन्ने ठूलो कुरा रहेछ, च्याउ खेती राम्रो भएपछि ममा आत्मबल थपिएको छ”–मकवानपुर पदमपोखरी–१३ की देवमाया सिन्तान च्याउ खेतीको कमाइबाट आफ्नो परिवारलाई धान्न सकेकीमा खुसी छिन् । देवमायाले एक पटकमा रु १० लाख बराबरको परालले च्याउ खेती गर्छिन । एक पटक खेती गर्दा तीन महिनासम्म फल लाग्छ […]

चितवन, १९ चैत । नेपालमा ५८ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको पाइएको छ । वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र ९कृपा०ले गरेको पछिल्लो अध्ययनमा कुल गर्भपतन मध्ये ५८ प्रतिशत असुरक्षित रुपमा हुने गरेको पाइएको हो । ४२ प्रतिशतले मात्रै नेपाल सरकारले मान्यता दिएको स्वास्थ्य संस्थाबाट सुरक्षित रुपमा गर्भपतन गर्ने गरेको अनुसन्धानले देखाएको अनुसन्धानकर्ता […]

कल्पना पौडेल / काठमाडौँ, १८ चैत । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण सुरु भएको करिब नौ वर्षपछि नेपालमै पहिलोपल्ट ‘एबिओ इन्कम्प्याटिबल’ तथा फरक रक्त समूहको मिर्गाैलाको सफल प्रत्यारोपण गरिएको छ । अन्य विकसित देशमा समेत विरलै प्रयोग गरिने यस्तो खालको प्रत्यारोपण विधि अस्पतालका मिर्गाैला रोग विशेषज्ञ डा दिव्यासिंह शाहको नेतृत्वमा युरोलोजी तथा मिर्गौला […]

नारायण ढुङ्गाना / चितवन, १७ चैत । नवलपरासी रजहरका यज्ञप्रसाद सुवेदी ‘लक्ष्मण’ चितवनको खैरहनीस्थित चैनपुरमा केराको थम्बा काटेर घरी निकाल्दै छन् । घरी बोकेर गाडीसम्म लैजाने काममा व्यस्त छिन् उनकी श्रीमती जानकी सुवेदी । दुई बगानमा एकैचोटि केरा निकाल्नुपर्दा यो दम्पती बाँडिएर काम गर्छ । नत्र भने सँगसँगै व्यवसाय गर्छन् उनीहरु । हरेक काममा पालैपालो […]

भीष्मराज ओझा / काठमाडौँ, १६ चैत । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले अति प्रभाावित १४ जिल्लामा पारेको सामाजिक तथा जानसाङ्ख्यिक प्रभावसम्बन्धी अध्ययन सार्वजनिक गरिएको छ । जनसङ्ख्या तथा वातावरण मन्त्रालयको संयोजन तथा संयुक्त राष्ट्र जनसङ्ख्या कोष र अन्तर्राष्ट्रिय आप्रवास सङ्गठनको आर्थिक तथा प्राविधिक सहयोगमा त्रिविको जनसङ्ख्या अध्ययन केन्द्रीय विभागद्वारा गरिएको अध्ययन आज एक […]

खगेन्द्रप्रसाद घिमिरे / धनकुटा, १५ चैत । स्याहार केन्द्र सञ्चालन भएपछि मस्तिष्क पक्षघात भएका बालबालिकाको जीवनमा वरदान सावित भएको छ । जिल्ला सदरमुकाममा रहेको गोकुण्डेश्वर उच्च माविमा स्याहार केन्द्र स्थापना गरिएपछि बजार क्षेत्रका पक्षघात भएका बालबालिका शरीर तन्दुरुस्त बनाउने प्रयास गरिरहेका छन् । अभिभावक स्वावलम्बन समूह, धनकुटा र मस्तिष्क पक्षघात स्वावलम्बन समूह नेपाल केन्द्रीय कार्यालयद्वारा […]