एक्सक्लुसिभ समाचार

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै युवा

पाल्पा, ५ चैत । वैदेशिक रोजगारीबाट फर्केका पाल्पा खानीछाप गाविसका युवाले तरकारी खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । सिँचाइको उपयुक्त सुविधा प्राप्त नभए पनि कडा श्रम र मेहनतका साथ गरेको तरकारीखेतीबाट राम्रो आम्दानी लिन थालेपछि यहाँका युवाले यसतर्फ आकर्षित भएका हुन । ऋण खोजेर विदेशमा आफ्नो श्रम र पसिना पोख्न बाध्य हुने नेपाली […]


तीन दशकपछि नेपाल ‘वृद्ध उमेरको समाज’

काठमाडौँ, ४ चैत । नेपालमा तीव्र गतिमा भइरहेको जनसाङ्ख्यिक परिवर्तनका कारण ‘ढल्दो उमेरको समाज’ हुँदै आगामी तीन दशकमा मुलुक ‘वृद्ध समाज’ मा रुपान्तरण हुने देखिएको छ । राष्ट्रिय योजना आयोगको सहकार्यमा राष्ट्रिय जनसङ्ख्या परिषद् र संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले गरेको अध्ययनअनुसार गत तीन दशकमा नेपालले निकै तीव्र गतिमा जनसाङ्ख्यिक परिवर्तनको अनुभव गरेकाले आगामी २६ […]


आर्थिक गतिविधिमा सुधार : राष्ट्र बैंक

काठमाडौँ, ३ चैत । चालु आर्थिक वर्ष २०७३÷७४ को पहिलो सात महिनामा कृषि, उद्योग तथा सेवा क्षेत्रमा सुधार भई मुलुकको समग्र आर्थिक गतिविधिमा सुधार आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकले आज जारी गरेको “मुलुकको वर्तमान आर्थिक अवस्था तथा वित्तीय स्थितिको समीक्षा प्रतिवेदन” मा उक्त अवधिमा फलफूल तथा तरकारीको उत्पादन वृद्धि हुने देखिएकाले समग्र […]


हवाई कालोसूची हटाउन युरोपेली आयोगलाई नेपालको आधारपत्र हस्तान्तरण

काठमाडौँ, २ चैत । युरोपेली आकासमा नेपाली एयरलाइन्सहरूको उड्डयनमा लगाउँदै आएको प्रतिबन्ध हटाउने सम्बन्धमा नेपाल सरकारले युरोपेली आयोगलाई औपचारिक आधारपत्र बुधबार हस्तान्तरण गरेको छ । नेपाली एयरलाइन्सहरूले हवाई सुरक्षा मापदण्ड (एयर सेफ्टी) पूरा गर्न नसकेको कारण देखाउँदै युरोपली आकासमा लगाउँदै आएको प्रतिबन्ध हटाउन अनुरोध गर्दै परराष्ट्र सचिव शंकरदाश बैरागीले पर्यटन मन्त्रालयद्वारा उपलब्ध गराइएको सो आधारपत्र […]


औपचारिक रुपमा कार्यान्वयनमा आए नयाँ संरचना

काठमाडौँ, १ चैत । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मुलुकभर नै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको संरचना खडा भएर आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा गएको जनाएको छ । मन्त्रालय मातहत रहेका २१७ नगरपालिकामा यसअघि नै कार्यकारी अधिकृत रहिसकेकाले र बाँकी रहेका ५२७ मा भने आजदेखि औपचारिक रुपमा काम कारबाही सुरु भएको छ । सरकारले कुल […]


विश्व बैंकले पुनःनिर्माणमा सहयोग बढाउने

काठमाडौँ, ३० फागुन । विश्व बैंकले नेपालमा भूकम्पपछिको पुनःनिर्माणका लागि थप सहयोग गर्ने घोषणा गरेको छ । विश्व बैंकका कार्यकारी निर्देशक एन्डिन हडियान्तोले ग्रामीण क्षेत्रमा प्राविधिक जनशक्तिको अभाव, पुनःनिर्माणपछि जनताको जीविकोपार्जन तथा आर्थिक समृद्धिमा सीप विकास र क्षमता बिस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालका भ्रमणमा रहनुभएका हडियान्तोले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा […]


चेपाङ गाउँकी ताराकुमारी तिर्ने सर्तमा मागेर पाल्दैछिन् लालाबाला (आलेख)

नारायण ढुंगाना / चितवन, २९ फागुन । पखेरामा बनेको सानो झुप्रोको माइती घर । अगेना छेउमा मैलो चोलो र फरियामा डङ्रङ्ग सुतेकी छिन् ताराकुमारी चेपाङ । झिङ्गा भन्किरहेको छ । झिङ्गा आउँछ भनेर हातले नाकमुखमा छोपेकी छिन् । दुई बच्चा अर्ध निद्रामा रहेकी उनको दुईतिर बसेर स्तन चुस्दैछन् । सानो बच्चालाई ताराकुमारीले हातमा च्यापेकी छिन् […]


पहाडी जिल्लामा होली उत्साहका साथ मनाइँदै; राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा होलीको शुभकामना व्यक्त

काठमाडौँ, २८ फागुन । रङहरुको पर्व होली उपत्यका सहित पहाडी जिल्लाहरुमा आज आपसी सद्भाव उत्साह र हर्सोल्लासका साथ मनाईदै छ । असत्यमाथि सत्यको जित भएको दिनको संझनामा होली पर्व मनाउन थालिएको पौराणिक कथन छ । काठमाण्डौको बसन्तपुरमा एक साता अघि विधीपूर्वक चिर ठड्याएपछि होलीपर्वको औपचारिक शुरुवात भएको थियो । असत्यमाथि सत्यको जीत भएको सुचकका रुपमा […]


मलेसियामा आप्रवासी नेपाली चरम श्रम शोषणको मारमा (आलेख)

शरच्चन्द्र भण्डारी / मलेसिया, २८ फागुन । कास्की मिजुरे गाविस–२ का दीपक अधिकारी तीन वर्षदेखि मलेसियामा श्रम बेचिरहनुभएको छ । भने जति तलब पाउनुभएको छ तर एउटै साँघुरो कोठामा कोच्चिएर १५ जना बस्नु पर्दा उहाँलाई कारागारमा बसेकोभन्दा बढी सकस हुन्छ । कैलाली भेड्पु–४ का अशोककुमारले पनि मलेसियामा पसिना बगाएको दुई वर्ष पूरा भएको छ । […]


छ दशकपछि स्थानीय निकाय स्थानीय तहमा रुपान्तरण, संविधान कार्यान्वयनमा कोशेढुङ्गा

शरच्चन्द्र भण्डारी / काठमाडौँ, २७ फागुन । झण्डै छ दशक लामो स्थानीय निकाय आजदेखि स्थानीय तहमा रुपान्तरण भएका छन् । नेपालको संविधानले गरेको व्यवस्थाअनुसार आजैदेखि देशभर ७४४ स्थानीय तह कायम भएका छन् । सरकारले नेपाल राजपत्रमा आज सूचना जारी गरेर करिब ६० वर्ष लामो स्थानीय निकायको इतिहासलाई स्थानीय तहमा रुपान्तरण गरेको हो । यसअघि चार […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter