एक्सक्लुसिभ समाचार

आगामी दशवर्षभित्र दश लाख रोजगारी सिर्जना गरिने : मन्त्री जोशी

काठमाडौँ, वैशाख ७ गते । औद्योगिक क्षेत्रमा विदेशी लगानी आकर्षित गरी १० वर्षभित्र उद्योग क्षेत्रबाट १० लाख व्यक्तिका लागि रोजगारी सिर्जना गर्ने महत्वाकाङ्क्षी योजना उद्योग मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयले यहाँस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिसँग आज आयोजना गरेको छलफलमा स्वदेशभित्र रोजगारीका विविध अवसर जुटाउन सो योजना सार्वजनिक गरेको हो । दश वर्षभित्र नेपाली युवा […]


स्थानीय तह निर्वाचनः १०,६४० मतदानस्थल र १८,५७२ मतदान केन्द्र निर्धारण 

काठमाडौँ, वैशाख ६ गते । निर्वाचन आयोगले २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि सात प्रदेशका ७५ जिल्लामा रहने मतदानस्थल र मतदान केन्द्रको सङ्ख्या निर्धारण गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले मतदानस्थल र मतदान केन्द्रको सङ्ख्या निर्धारण गर्ने निर्णय गरेको हो । आयोगका प्रवक्ता […]


अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि बाह्रबुँदे निर्देशन

सिबी अधिकारी / काठमाडौँ, ५ वैशाख । मुलुकको प्रतिष्ठासँग जोडिएको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान अवस्था सुधारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विशेष चासो देखाएको छ । पर्यटनमन्त्री दिलनाथ गिरीले आज विमानस्थलको स्थलगत अवलोकन गरी सेवा, गुणस्तर र व्यवस्थापनका लागि तत्कालीन, अल्पकालीन तथा मध्यकालीन सुधारका बाह्रबुँदे निर्देशन दिनुभयो । मन्त्री […]


मैना सुनुवार हत्याकाण्ड : दश वर्षपछि जन्मकैदको फैसला

बनेपा, वैशाख ४ गते । सशस्त्र द्वन्द्वकालमा भएको एक गैरन्यायिक हत्याको मुद्दामा अदालतले झन्डै १० वर्षपछि तत्कालीन तीन सैनिक अधिकारीलाई २० वर्ष जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत, काभ्रेपलाञ्चोकका न्यायाधीश मोदिनीप्रसाद पौड्यालको इजलासले आइतबार वीरेन्द्र शान्ति तालिम केन्द्रका तत्कालीन शाही नेपाली सेनाका महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनिल अधिकारीलाई मुलुकी ऐन ज्यानसम्बन्धी […]


मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै; मतदाता शिक्षामा खटिए २१ हजार कार्यकर्ता

काठमाडौँ, वैशाख ३ गते । स्थानीय तह निर्वाचनका लागि आइतबार देशका ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खोल्न निर्देशन दिइसकेको जानकारी दिनुभयो । आयोगका सचिव गोपीनाथ मैनालीले गोरखापत्रसँग कुरा गर्दै स्थानीय तह निर्वाचनका लागि ७५ जिल्लामा […]


संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता; सरकारले फिर्ता लियो प्रक्रियामा रहेको संशोधन विधेयक

काठमाडौँ | सरकारले संविधानको नयाँ संशोधन विधेयक व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद् सचिवालयमा विधेयक शाखामा ‘नेपाल संविधान संशोधन गर्न बनेको विधेयक’ दर्ता गराएको हो । विधेयकमा संविधानको विभिन्न ११ बुँदामा संशोधनको प्रस्ताव गरिएको छ । यसअघि संसदमा विचाराधीन रहेको सिमाना हेरफेरसहितको संशोधन विधेयक सरकारले फिर्ता लिएको थियो […]


नेपाल उद्योग वाणिज्य महासङ्घको ५१औँ साधारणसभा; सङ्घीय प्रणालीमा दोहोरो कर लाग्दैन : प्रधानमन्त्री दाहाल

काठमाडौँ, २८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय प्रणालीमा मुलुकभित्र वस्तु, सेवा र पुँजीको आवतजावतमा कुनै प्रकारको दोहोरो कर नलाग्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५१औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो – “मुलुकको प्रतिस्पर्धात्मक क्षमता बढाउन सङ्घीय प्रणालीमा मुलुकभित्रै वस्तु, सेवा र पुँजीको आवतजावतमा कुनै पनि प्रकारका दोहोरो कर नलाग्ने […]


जलविद्युत्मा उल्लेख्य लगानी गर्न आग्रह; कालीगण्डकीको मर्मत सम्भार शीघ्र गर्न घिसिङको निर्देशन

काठमाडौँ, २७ चैत । ऊर्जामन्त्री जनार्दन शर्माले मुलुक अब उज्यालो युगमा प्रवेश गरेकाले आगामी दिनमा कोही कसैले पनि विद्युत्भार कटौती गर्न नसक्ने स्पष्ट पार्नुभएको छ । नेपाली दूतावास मलेसिया र गैरआवासीय नेपाली सङ्घ(एनआरएन)ले मलेसियामा आयोजना गरेको ‘नेपालको ऊर्जा क्षेत्रमा मलेसिया र एनआरएनको भूमिका’ विषयको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विद्युत्भार कटौती अन्त्यपछि मुलुकको आर्थिक क्षेत्रमा […]


कारागारमै उद्यम गरेर मासिक रु २५ हजार

सल्यान, २६ चैत । कैदीबन्दीले जिल्ला कारागारभित्रै विभिन्न उद्यम गरी मासिक रु २५ हजार बढी आम्दानी गर्न थालेका छन् । कैदीबन्दीले मुढा, टोकरी आदि बाँसजन्य सामग्री उत्पादन गरिरहेका छन् । कैदीबन्दीले दिनभरि बाँसबाट बन्ने मुढा, टोकरी, डालो, ढाँकाको टोपीलगायत सामग्री तयार गर्ने गरेको जिल्ला कारागार सल्यानका प्रमुख विक्रम केसीले बताउनुभयो । कैदीले मासिक रु २५ […]


शिक्षण पेसा छाडेर तरकारी खेतीमा

पाल्पा, २५ चैत । रामपुर नगरपालिका–१० गेझाका कृष्ण पाण्डे शिक्षण पेसा छाडेर व्यावसायिक तरकारी खेतीमा लाग्नुभएको छ । तरकारी खेतीबाट मनग्य आम्दानी हुने भएपछि उहाँले शिक्षण पेसा छाडेर तरकारी खेती सुरु गर्नुभएको हो । विगत तीन वर्षयता उहाँले आधुनिक प्रविधिबाट तरकारी खेती गर्दै आउनुभएको छ । किसान परियोजना पाल्पाले गाउँमै गएर व्यवसायमा प्राविधिक ज्ञान तथा […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter