
काठमाडौँ, २६ फागुन । सरकारले भारतीय सुरक्षाकर्मीले गोली प्रहार गर्दा निर्दोष नेपाली नागरिकको ज्यान गएको घटनाप्रति स्तब्ध भएको जनाएको छ । गृह मन्त्रालयले आज साँझ विज्ञप्तिमार्फत नेपाल भारतबीच सहज आवागमनका लागि पूर्व सहमतिअनुरुप निर्मित कल्भर्ट सरोकार भएकासँग कुनै छलफल संवाद नगरी भारतीय पक्षले एकपक्षीय रुपमा भत्काएपछि त्यसको विरोधमा उत्रिएका नेपालीलाई गोली प्रहार भएको घटना अत्यन्त […]

प्रशन्न पोखरेल / गोरखा, २५ फागुन । पुरुष कामदार सरह घरको गारो लगाउन पोख्त गोरखाको खोप्लाङ ४ की मनु तामाङलाई आजभोलि फुर्सद छैन । निजी आवास पुनःनिर्माणका लागि अनुदान रकम लिएका गाउँलेहरुले तामाङलाई भेटेर घर निर्माण गरिदिन आग्रह गर्छन् । तामाङले ठेक्का लिएरै चार वटा घर निर्माणको काम गरिरहनुभएको छ । उहाँलाई श्रीमान् वीरमानले पनि […]

काठमाडौँ, २४ फागुन । समान कामको समान ज्याला हुनुपर्ने आवाज बुलन्द पार्न सुरु गरेको १०७ वर्ष बितिसक्दा पनि महिलाले अझै पनि समान श्रमको समान ज्याला पाउन सकेका छैनन् । संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरबाट समान कामको समान ज्यालाका लागि उठेको आवाज अहिलेसम्म आइपुग्दा कार्यान्वयन भएको देखिँदैन । विश्वभरि नै त्यसका लागि अझै आवाज उठिरहेको […]

तेह्रथुम, २४ फागुन । पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र तिनजुरे, मिल्के जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वार भनिने तेह्रथुमको वसन्तपुर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । वर्षमा एक पटक गुराँस फुल्ने समयमा मात्र वसन्तपुर भएर टिएमजे क्षेत्रमा पर्यटकको आवतजावत हुने गरेकामा पछिल्लो वर्ष वसन्तपुरमा बाह्रै महिना पर्यटकको चहलपहल देखिन थालेको छ । वर्षमा एक […]

सप्तरी, २३ फागुन । सप्तरीमा भएको प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । प्रमुख विपक्षी नेकपा एमालेको मेची महाकाली अभियान अन्तरगत राजविराजको औद्योगिक क्षेत्रमा भएको सभा विथोल्ने खोज्नेलाई प्रहरी रोक्दा झडप भएको थियो । झडपका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले गुलेलीका साथै पेट्रोल बम हानेपछि बाध्य भएर गोली […]

काठमाडौँ, २२ फागुन । सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको ठूलो आकार (वाइड बडी) विमान सम्बन्धि सम्पूर्ण सूचना तथा जानकारी पाँच दिनभित्र समितिसमक्ष पेस गर्न सरकारलाई निर्देशन दिएको छ । उक्त विमान खरिद प्रक्रियामा व्यापक अनियमितता भएको गुनासो सार्वजनिक भएपछि समितिको आजको बैठकले त्यस सम्बन्धमा सत्यतथ्य पेस गर्न संस्कृति, पर्यटन तथा नागरिक […]

झापा, २१ फागुन । नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताका सन्दर्भमा नेपाली जनताबाहेक अरू कसैको आदेश नमान्ने बताउनुभएको छ । आजबाट सुरु भएको मेची महाकाली राष्ट्रिय अभियानको शुभारम्भ गर्दै अध्यक्ष ओलीले संविधान र कानुन मान्दै शान्तिपूर्ण अभियानबाट राष्ट्रियताका जागरण ल्याउने अगुवाइ एमालेले गरेको जनाउनुभयो । उहाँले भन्नुभयो, “एमालेकै दबाबमा स्थानीय निर्वाचन घोषणा भएको छ, […]

काठमाडौँ, २० फागुन । वैदेशिक लगानी भित्र्याउने उद्देश्यले राजधानीमा आयोजित दुईदिने ‘नेपाल लगानी सम्मेलन’ करिब रु १४ खर्बको (१३.५२ विलिएन अमेरिकी डलर) लगानी प्रतिबद्धतासहित सकिएको छ । सम्मेलनको समापनका अवसरमा आयोजित पत्रकार सम्मेलनलाई यहाँ आज सम्बोधन गर्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले सम्मेलनमा सहभागी लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित रहेको बताउनुभयो । सरकारले नेपालको आर्थिक विकासको मेरुदण्ड […]

काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको आर्थिक समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेको र यसको उपयुक्त वातावरण बनाउन सबैको एकमत रहेको बताउनुभएको छ । ‘नेपाल लगानी सम्मेलन’को आज यहाँ उद्घाटन गर्दै उहाँले सरकार वैदेशिक लगानीका लागि उपयुक्त वातावरण बनाउन हरसम्भव प्रयासमा लागेको छ भन्नुभयो । शान्ति र समृद्धि एक अर्काका परिपूरक भएको […]

काठमाडौँ, १८ फागुन । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि आचारसंहिता २०७३ जारी गरेको छ । आचारसंहिता उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्ति, नेपाल सरकार, स्थानीय निकाय तथा सार्वजनिक संस्था, कर्मचारी तथा आमसञ्चारका माध्यम, गैरसरकारी संस्था र पर्यवेक्षकका लागि लागु हुनेछ । आयोगद्वारा जारी आचारसंहिताबारे आयोगका पदाधिकारी र मन्त्रीका […]