
काठमाडौँ, ८ फागुन । ‘दिगो पूर्वाधार समृद्धिको आधार’ भन्ने नारासहित आजदेखि यहाँ ‘नेपाल पूर्वाधार सम्मेलन २०१७’ सुरु भएको छ । नेपाल उद्योग परिसङ्घ (सिएनआई) मुख्य आयोजक तथा नेपाल सरकार र युवा निर्माण व्यवसायी समाज (आइसिएनसी) सहआयोजक रहेको उक्त सम्मेलन सोमबारसम्म चल्नेछ । नेपालको पूर्वाधार विकासको बृहत्तर खाका तयार पार्ने उद्देश्यका साथ सुरु भएको सम्मेलनको प्रधानमन्त्री […]

काठमाडौँ, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले आवधिक निर्वाचनको विशेष जिम्मेवारी लिन निर्वाचन आयोग सक्षम हुनुपर्ने बताएकी छन् । पहिलो निर्वाचन दिवसका अवसरमा आज आयोगले यहाँ आयोजना गरेको मूल समारोहमा उनले नेपालको निर्वाचन अभ्यासलाई विश्व मानकअनुरुप बनाइनुपर्नेमा जोड दिइन्। ‘लोकतान्त्रिक अभ्यासलाई अघि बढाउने सुरुवात् आजभन्दा ५८ वर्षअघि आजकै दिन भएको थियो, आयोगले संवैधानिक दायित्वलाई कुशलतापूर्वक […]

मीना घोरसाइने / काभ्रे, फागुन ६ : महादेवस्थान–९ का ४८ वर्षीय गोविन्दप्रसाद नेपाल मध्याह्नको चर्को घाममा खेतमा आलु खन्दै गरेको अवस्थामा भेटिए। उनको निधारबाट खलखल पसिना बगिरहेको थियो। “पसिना बगाएमात्र मनग्य आम्दानी लिन सकिन्छ,” उनले भने। विगत १५ वर्षदेखि व्यावसायिक रुपमा खेतीपाती गर्दै आएका उनले कृषि विकास कार्यालयको आइपिएम पद्धति अपनाइरहेका छन्। रासायनिक मलको प्रयोग […]

काठमाडौं, ५ फागुन । नेकपा एमालेको पोलिटब्यूरो बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनलाई सुझावसहित पारित गरेको छ । अध्यक्षको प्रतिवेदनमाथि नेताहरु पर्शुराम मेघी गुरुङ, काशीनाथ अधिकारी, गोरखबहादुर बोगटी, राजेन्द्रप्रसाद पाण्डे, श्रीमाया थकाली, विजयकुमार पौडेल, नागेन्द्र चौधरी, बेदुराम भुसाल, राधा ज्ञवाली, गंगालाल तुलाधर, रघुजी पन्त, लालबाबु पण्डित, केशव बडाल, पुष्प कँडेल, भीम रावल र […]

काठमाडौँ, ४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख निर्वाचन आयुक्तसंग छलफल गरेका छन् । प्रचण्ड र प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसंगको छलफलमा स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सरकारलाई आग्रह गरेको छ । निर्वाचन आयोगले प्रधानमन्त्री प्रचण्डलाई आगामी जेठ १ र २१ गतेको मिति घोषणा गर्न प्रस्ताव गरेको स्रोतले जानकारी दिएको छ । छोटो […]

काठमाडौं, ३ फागुन, काठमाडौं। निर्वाचन आयोगले सरकारले यही फागुन ८ गतेसम्म निर्वाचनको मिति घोषणा गरेमा जेठमा निर्वाचन गराउन सम्भव हुने जानएको छ । जिल्ला विकास समिति महासङ्घ, नेपाल नगरपालिका सङ्घ तथा गाउँ विकास समिति राष्ट्रिय महासङ्घले आज संयुक्त रुपमा आयोजना गरेको ‘स्थानीय तह पुनःसंरचना बाँकी कामहरु र स्थानीय निर्वाचन’ विषयक अन्तर्क्रिया निर्वाचन आयोग सदस्य इला […]

सन्तोष गौतम / म्याग्दी, २ फागुन । घरबाट सुन्तला बेच्न भनेर मङ्सिर २० गते बेनी आएकी बेनपा–९ घतानकी १९ वर्षीया एक महिला अहिलेसम्म बेखबर छिन् । एघार महिनाको बच्चालाई छोडेर बेपत्ता भएकी उनको दुई वर्षको अर्को पनि बच्चा छ । छोरा विदेशमा भएकाले आमाबुबाले नातिनातिनाको संरक्षण गर्दैआएका छन् । गत पुस २५ गते हुलाकचोकबाट एक […]

काठमाडौँ, १ फागुन । बाराका १५ वर्षीय बाथ मुटुरोगी आर्यन अन्सारीको आज सहिद गङ्गालाल हृदय केन्द्रमा निःशुल्क शल्यक्रिया गरी मुटुको भल्ब फेरिएको छ । सरकारले आजैबाट १५ वर्षभन्दा माथि ७५ वर्षमुनिका बाथ मुटुरोगीको उपचार, शल्यक्रिया, औषधिलगायतका सेवा निःशुल्क गर्ने व्यवस्था गरेको थियो । सो व्यवस्थाबमोजिम अन्सारीले शल्यक्रियालगायतका उपचार निःशुल्क पाउनुभएको हो । स्वास्थ्य मन्त्री गगनकुमार […]

काठमाडौँ, २८ माघ । ऊर्जा मन्त्रालयले जलविद्युत् परियोजनाका बारेमा अध्ययन गर्न माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा जान नलसिंहगाड जलविद्युत् आयोजनाका पदाधिकारीलाई निर्देशन दिएको छ । ठूला जलाशययुक्त आयोजना अध्ययन गर्ने भन्दै परियोजनाका पदाधिकारी अष्ट्रेलियाको भ्रमण गर्न लागेको विषय सार्वजनिक भएपछि ऊर्जाले सो निर्देशन दिएको हो । मुलुकभित्रै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजना निर्माणको चरणमा रहेको […]

काठमाडौँ, २७ माघ । नुवाकोट र धादिङको सिमाना बन्चरे डाँडामा दीर्घकालीन फोहर विस्थापनस्थल विकास गर्ने सहमति भएपछि ओखरपौवा डम्पिङसाइट समन्वय सङ्घर्ष समितिले आज विरोधका कार्यक्रम स्थगन गरेको छ । यहाँ आज काठमाडौंँ महानगरपालिकाका तर्फबाट कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र सङ्घर्ष समितिका तर्फबाट अध्यक्ष विश्वास डिसीलगायतबीच बसेको बैठकमा सो सहमति भएपछि आगामी विरोधका कार्यक्रम स्थगन गरिएको […]