एक्सक्लुसिभ समाचार

स्वतन्त्र, भयरहित तथा निष्पक्ष निर्वाचनका लागि सरकार प्रतिबद्ध–प्रधानमन्त्री (सम्बोधनको पूर्ण पाठ सहित)

काठमाडौँ, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको घर आँगनमा नै सरकार पु¥याउने लक्ष्यका साथ सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकाले त्यसमा सहयोग गर्न देशवासीलाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारबाट आज देशबासीलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले निर्वाचनको क्रममा हरेक मतपत्रको सुरक्षा गरिने र स्वतन्त्र, भयरहित तथा निष्पक्ष निर्वाचनका लागि सबै […]


दृष्टिविहीन अमित सगरमाथा आरोहणमा

कमल खत्री / म्याग्दी, १६ फागुन । बागलुङ जिल्ला सर्कुवा–२ का अमित केसी दृष्टिविहीन हुन् । जन्मजात दृष्टिविहीन रहेका केसीले सगरमाथाको रङ्ग देखेका छैनन् तर उनले सगरमाथाको शिखरमा पाइला टेक्ने साहस गरेका छन् । समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका ३२ वर्षिय केसी अहिले सर्वोच्च शिखर सगरमाथा हिमाल आरोहणको तयारीमा जुटेका हुन् । सगरमाथा आरोहण गर्न लागेका […]


कपाल काटेर मासिक रु दुई लाखभन्दा बढी आम्दानी

पर्वत, १५ फागुन । सानै उमेरदेखि विदेश जाने र प्रशस्त धन कमाएर ल्याउने सपना बोकेका यहाँका एक युवाले सैलुन व्यवसायबाट मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्न थाल्नुभएको छ । खाडी मुलुक युएईमा पुगेर दुई वर्षसम्म पसिना बगाए पनि सोचेजस्तो आम्दानी गर्न नसकेपछि घरमै फर्केर सैलुन व्यवसाय सुरु गरेका बानपा–२ का २७ वर्षीय राजन पौडेलले […]


समयावधि सकिँदा पनि घर फर्कन पाउँदैनन् साउदीबाट नेपाली कामदार

किरण भट्टराई / काठमाडौँ, १४ फागुन । सप्तरीका कालिचरण साहले पाँच वर्षअघि वैदेशिक रोजगारीका लागि साउदीअरब पुग्दा दुई वर्षपछि नेपाल फर्किहाल्छु भन्ने सोच्नुभएको थियो । साउदीमा श्रम स्वीकृतिको अवधि दुई वर्ष मात्रै भएकाले म्याद थप्नका लागि भए पनि नेपाल फर्किनैपर्ने सोझो बुझाई उहाँको थियो । राम्रो काम पाएको अवस्थामा श्रम स्वीकृतिको म्याद थप्न नेपाल आई […]


शान्ति बाल उद्यान निर्माण

धनगढी, १३ फागुन । धनगढी उपमहानगरको हसनपुरमा करिब तीन दशक अघि निर्माण भई प्रयोगबिहीन र जीर्ण अवस्थामा रहेको बाल उद्यानलाई ‘शान्ति बाल उद्यान‘का रुपमा विकास गरिएको छ । यस क्रममा उद्यानभित्र शान्ति स्मारिकाको रुपमा ‘वाटर फाउन्टेन‘ (पानीको फोहरा) निर्माण गरिएको छ । उक्त स्मारिका शान्तिको प्रतिक परेवालाई एक महिलाले समातेको प्रतिमाको स्वरुपमा निर्माण गरिएको छ […]


भगवान् शिवको पूजा–आराधना गरी महाशिवरात्रि मनाइँदै; शिवको अतिप्यारो महाशिवरात्रि

काठमाडौँ, १३ फागुन । महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज नेपालभर मनाइँदैछ । हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा–आराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व असोज शुक्ल अष्टमीको रातको कालरात्रि, श्रीकृष्ण जन्माष्टमीको रातको मोहरात्रि र लक्ष्मीपूजाको रातको सुखरात्रि […]


आकर्षणको केन्द्र–स्वर्गद्वार

हिमांशु चौधरी / जनकपुरधाम, १२ फागुन । चिहानमा स्वर्गको अनुभूतिको प्रसङ्गले अनौठो जस्तो लाग्ला तर जनकपुरधाममा सोको यथार्थ अनुभूति गराउन सफल भएको छ –स्वर्गद्वारले । कुनैबेलामा गाडिएका मुर्दाका अङ्गलाई पोलेर खाने नरभक्षीको वास भएको, बौलाहा कुकुरको बिगबिगी, दुर्गन्धित र डर लाग्ने स्थल अहिले एउटा व्यक्तिको प्रयासले धर्तीको स्वर्गद्वार बन्न पुगेको छ । सामान्यतः चिहान शब्द […]


आयोगद्वारा निर्वाचन कार्यतालिका सार्वजनिकः मनोनयन वैशाख १६ गते

  काठमाडौँ, ११ फागुन । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको दुई दिनपछि निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार वैशाख ३१ गते मुलुकभर बिहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । आयोगले आजै कार्यतालिकासँगै निर्वाचन व्यवस्थापनमा सहयोग पु¥याउन सरकारलाई १९ […]


निर्वाचनको वातावरण सिर्जना गर्न पत्रकारलाई आग्रह

काठमाडौँ, १० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको वातावरण सिर्जना गर्नका लागि विशेष भूमिका खेल्न पत्रकारलाई आग्रह गर्नुभएको छ । दिवङ्गत एवम् सङ्घर्षशील पत्रकारको स्मृति र सम्मानमा सञ्चारग्राम सिनामङ्गलमा प्रेस काउन्सिल नेपालले निर्माण गरेको ‘पत्रकार स्तम्भ’ आज अनावरण गर्दै प्रधानमन्त्रीले विगतमा जनआन्दोलन सफल पार्न सञ्चारमाध्यमले भूमिका निर्वाह गरे जस्तै अहिले पनि योगदान […]


वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गरिने, अर्थ मन्त्रालयले रु दश अर्ब आयोगलाई उपलब्ध गराउने

काठमाडौँ, ९ फागुन । सरकारले आगामी वैशाख ३१ गते आइतबार एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लामो समयदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन गराउने मिति तय गरेको हो । निर्वाचनका लागि अर्थ मन्त्रालयले रु १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७७५ रकम उपलब्ध गराउने निर्णयसमेत […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter