एक्सक्लुसिभ समाचार

विदेश पुग्छ टोखाको चाकु

काठमाडौं, पुस १ गते । माघे सङ्क्रान्ति आउन केही समय बाँकी रहँदा काठमाडौंको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ भएको छ । माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नं २ र ३ मा सञ्चालित १४ उद्योगलाई यतिबेला चाकु बनाउन भ्याइनभ्याइ भएको हो । टोखामा उत्पादन भएको चाकु काठमाडौं उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, […]


चार महिनामा भित्रियो तीन खर्ब ७८ अर्ब विप्रेषण

काठमाडौं, मङ्सिर २९ गते। चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले वृद्धि भएर तीन खर्ब ७८ अर्ब चार करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात प्रतिशतले घटेको थियो। नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको चालु आवको चार महिनाको विवरणअनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १० दशमलव आठ प्रतिशतले वृद्धि […]


आयोगले गर्‍यो समानुपातिक सांसद निर्वाचित भएको घोषणा, भोलि राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने

काठमाडौं, मंसिर २८ गते । निर्वाचन आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई मतपरिणाम प्रतिवेदन बुझाउने भएको छ। आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आज पत्रकार सम्मेलन गर्दै मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम प्रतिवेदन मंसिर २९ गते बिहीबार राष्ट्रपतिलाई बुझाइने बताए। आयोगले आज प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फको परिणामसमेत घोषणा गरेको […]


डोका नाम्ला बुनेर राम्रो आम्दानी गर्नुहुँदै बुढा

बाजुरा, मङ्सिर २७ गते । वैदेशिक रोजगारीमा राम्रो कमाइ नभएपछि गाउँ फर्किएर डोका, नाम्ला बुन्न सुरु गर्नुभएको खप्तड छेडेदह गाउँपालिका –६ बुडाबाडाका डम्मबहादुर बुढाले यसबाट राम्रो आम्दानी गर्न थाल्नुभएको छ । डोका, नाम्ला बुन्ने व्यवसाय राम्रो हुँदै गएपछि छोराछोरीको शिक्षा र घर परिवार चलाउन सहयोग पुगेको उहाँ बताउनुहुन्छ । भारतमा केही समय रोजगारीपछि गाउँ फर्किनु […]


लैनचौरमा मेलम्चीको पाइप फुट्यो, सडक जलमग्न

काठमाडौं, मङ्सिर २६ गते । मेलम्ची खानेपानी आयोजनाले वितरण गरेको पानीको चाप बढेपछि काठमाडौंको लैनचौर क्षेत्रमा पानीको पाइप फुटेर सडक जलमग्न भएको छ । लैनचौरको ब्याङकेट भवन अगाडि मूल सडकमा विच्छ्याइएको आयोजनाको पाइप फुट्दा सडक जलमग्न भएको हो । यसले गर्दा सडक भत्किनुका साथै सडकमा पानीको भल बगेको स्थानीयवासीले गुनासो गरेका छन् । खानेपानीको पाइपबाट […]


प्रतिवेदन राष्ट्रपतिसमक्ष गएपछि सरकार गठनको बाटो खुल्छ : निर्वाचन आयोग

सपना थामी / काठमाडौं, मंसिर २५ गते । राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको नामावली निर्वाचन आयोगमा बुझाएका छन् । अहिले प्राप्त नामावलीको समावेशी क्रममा देखिएका समस्याको हल गर्नेक्रम जारी रहेको आयोगले जनाएको छ । प्राथमिकता क्रमअनुसार समानुपातिकतर्फको नामावलीको घोषणा भएपछि प्रतिनिधि सभा, प्रदेशसभा र समानुपातिक निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएपछि नयाँ […]


मानवअधिकार र कानुनी शासनको पक्षमा काम गर्नु आवश्यक छ : प्रधानमन्त्री देउवा

काठमाडौं, मङ्सिर २४ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकार, लोकतन्त्र र कानुनी शासनको पक्षमा सामूहिक रूपमा काम गर्न आवश्यक रहेको बताउनुभएको छ। शनिबार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो। उहाँले नेपालको संविधानले विश्वव्यापीरुपमा मानव अधिकारका आधारभूत माग अन्तर्गतका सबै अधिकारलाई मौलिक हकको रूपमा संवैधानिक रूपमा प्रत्याभूत […]


आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गर्नु आवश्यक छ : राष्ट्रपति भण्डारी

काठमाडौं, मङ्सिर २३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार नेपाल हस्तकला महासंघले आयोजना गरेको १९ औं हस्तकला व्यापार मेलालाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले मुलुकभित्र उपलब्ध स्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधिन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादन वृद्धि गर्न […]


पश्चिम सेती आयोजनाको काम प्राथमिकताका साथ अगाडि बढेको छ : प्रधानमन्त्री देउवा

अविनाश चौधरी / धनगढी, मङ्सिर २२ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले पश्चिम सेती जलविद्युत आयोजना निर्माणको काम प्राथमिकताका साथ अगाडि बढेको बताउनुभएको छ। बिहीबार धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो। कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवमा सहभागी हुन पाउँदा […]


नर्वे र फिनल्याण्डबाट पाँच अर्ब अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं, मङ्सिर २१ गते। सरकारले नर्वे र फिनल्यान्ड सरकारबाट प्राप्त पाँच अर्ब बढी अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मङ्सिर २० गते मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्यान्ड र नर्वे सरकारबाट सहायता […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter