एक्सक्लुसिभ समाचार

समानुपातिकको मतगणना बुधबार सकिने

काठमाडौं, मङ्सिर २० गते । निर्वाचन आयोगले बुधबारसम्म समानुपातिकतर्फको मतगणना सकिने आङ्कलन गरेको छ । आयोगमा रहेको समानुपातिक मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेले केही स्थानमा मतगणना जारी रहेकाले भोलिसम्म सकिने जानकारी दिनुभएको छ । प्रवक्ता वाग्लेले सम्पन्न भएको मतगणनाको विवरण आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम […]


मेलम्चीको पानी सुन्दरीजल आयाे : दैनिक १७ करोड लिटर वितरण हुने

काठमाडौं, मङ्सिर १९ गते । वर्षाका कारण बन्द गरिएको मेलम्चीको पानी आज काठमाडौंको सुन्दरी जलमा आइपुगेको छ । सुरूङमा पथान्तरण गरिएको एक हप्तापछि मेलम्चीको पानी सुन्दरीजल आइपुगेको जानकारी मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमल राज श्रेष्ठले दिनुभयो । मेलम्चीबाट सोमबार मात्रै पानी सुरुङमा पठाइएको थियो । कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, ‘‘निर्धारित समयमा नै वितरणको लागि […]


४२ हजार मेट्रिकटन मल मौज्दात छ : कृषि मन्त्रालय

काठमाडौं, मङ्सिर १८ गते। देशभरका डिपोमा ४२ हजार ९०० मेट्रिकटन रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार युरिया २१ हजार ७६४ मेट्रिकटन, डीएपी १९ हजार ९८६ मेट्रिकटन र पोटास एक हजार ९३२ मेट्रिकटन मौज्दात छ। आर्थिक वर्षको पहिलो चार महिनामा ८६ हजार पाँच सय मेट्रिकटन मल […]


स्वदेशी कफीको खपत र निर्यात बढ्दै

लक्ष्मी सापकोटा / काठमाडौँ, मङ्सिर १७ गते । स्वदेशी कफीको खपत आन्तरिक बजारसँगै अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा माग बढेपछि स्वदेशी उत्पादनको निर्यात बढेको छ भने विदेशी उत्पादनको आयात पनि बढ्दै गएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आव २०७८/७९ मा ११ करोड ७९ लाख ८५ हजार रुपियाँ बराबरको ६९.५ मेट्रिक टन निर्यात […]


एचआईभी सङ्क्रमितलाई समाजको विभेदमा कमी आएको छ : अध्ययन

काठमाडौं, मङ्सिर १५ गते। एचआईभी सङ्क्रमितप्रति समाजले गर्ने विभेद र लान्छनामा कमी आएको एक अध्ययनले देखाएको छ। ३५ औँ विश्व एड्स दिवसको अवसरमा, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र (एनसीएएससी) र सेभ द चिल्ड्रेनले काठमाडौंमा कार्यक्रम गर्दै एचआईभी सङ्क्रमितमा स्टिग्मा इन्डेक्स (लाञ्छना सूचक) २ दशमलव शून्य प्रतिशतले कमी आएको रिपोर्ट सार्वजनिक गरेको हो। उक्त […]


समानुपातिकमा २७ लाख मतसहित एमाले पहिलो दल

काठमाडौं, मङ्सिर १४ गते। समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले)ले २७ लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार बुधबारसम्मको गणनामा एमालेले २७ लाख २० हजार ६३९ मत पाएको छ। नेपाली कांग्रेसले २५ लाख ८५ हजार ९० मत पाएको छ। नेकपा (माओवादी केन्द्र)ले ११ लाख ५३ हजार ४४३ मत पाएको छ। माओवादीलाई पछ्याइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख […]


मेलम्ची आसपासका बासिन्दालाई सतर्क रहन सूचना

सिन्धुपाल्चोक, मङ्सिर १३ गते । मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ । समितिले एक सूचना जारी गर्दै मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि सुरु गरिएकाले उक्त पानी पथान्तरणका क्रममा मेलम्ची नदीमा पानीको बहाव घटबढ हुनसक्ने भएकाले सतर्क रहन सूचित गरेको हो । सुरुङ प्रवेश मार्गहरू सिन्धु, ग्यालथुम, अम्बाथानबाट […]


पाँच महिनापछि हालियो मेलम्चीको पानी सुरूङमा

काठमाडौं, मंसिर १२ / वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरूङमा पानी पठाएको छ। असारदेखि सुरूङ बन्द रहेकाले सुरूमा थोरै पानी परीक्षणका रूपमा पठाइएको छ। यो पानी काठमाडौंस्थित सुरूङको अन्तिम बिन्दु सुन्दरीजल आइपुग्न करिब एक हप्ता लाग्ने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए। एक हप्तापछि […]


समानुपातिकतर्फ ८० प्रतिशत मतगणना; ८ क्षेत्रको नतिजा आउन बाँकी, कहाँ कसको अग्रता?

काठमाडौँ, मङ्सिर ११ गते । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । निर्वाचनका लागि […]


एक सय २५ क्षेत्रको मतपरिणाम सार्वजनिक; समानुपातिकतर्फ ७६ लाख मत गनियो

काठमाडौं, मङ्सिर १० गते। मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म एक सय २५ क्षेत्रको मतपरिणाम आइसकेको छ। निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको विवरणानुसार प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ती क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ भने चार क्षेत्रबाहेक अन्य क्षेत्रमा मतगणना भइरहेको छ। समानुपातिक प्रणालीको मतगणना एकैसाथ भइरहेको छ। दोलखा, […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter