
काठमाडौं, असोज १५ गते । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ । विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउने कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै उक्त कार्य नगर्न/नगराउन प्राधिकरणले आग्रह गरेको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणले एक सूचना जारी गर्दै त्रिभुवन […]

काठमाडौं, असोज १४ गते। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको समयमा आमसञ्चार माध्यमले प्रकाशन र प्रसारण गरेका समाचार सामग्रीको स्वनियमन र स्वमूल्याङ्कनका लागि आग्रह गर्नुभएको छ। आमसञ्चार माध्यमको अनुगमन निर्वाचन आयोग आफैंले नगर्ने स्पष्ट पार्दै प्रमुख आयुक्त थपलियाले भन्नुभयो, ‘‘निर्वाचन आचार संहिताको पालना सञ्चार माध्यमले गरे नगरेको अनुगमन प्रेस काउन्सिल नेपालले गर्नेछ, आयोगले आमसञ्चार माध्यममा […]

काठमाडौं, असोज १२ गते । निर्वाचन अयोगले आज (बुधबार) बाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ सञ्चालन तथा व्यवस्थापनका आयोगले मुख्य निर्वाचन अधिकृत ७७, निर्वाचन अधिकृत ८८ र निर्वाचन अधिकारी ७७ समेतको निर्वाचन व्यवस्थापन प्रशिक्षण आजदेखि प्रारम्भ गरेको हो । आज नेपालगन्ज, ललितपुर, चितवन, […]

प्रेम अधिकारी / इलाम, असोज ११ गते । विश्व पर्यटन दिवसको अवसरमा इलामको सूर्योदय नगरपालिकाको कन्याममा फोटो प्रतियोगिता सम्पन्न भएको छ । सूर्योदय नगरपालिकाको आयोजनामा एक्सप्लोर दि अनएक्सप्लोर नारा राखेर फोटो प्रतियोगिता सम्पन्न भएको हो । पर्यटकीय क्षेत्रमा प्रदेश १ को अब्बल मानिएको सूर्योदय नगरपालिकाले नगर क्षेत्रमा प्रचार नगरिएका धेरै गन्तव्यको पहिचानको उद्देश्य राखेर प्रतियोगिता […]

ढोरपाटन, असोज १० गते । “विदेश गएर हण्डर खाइयो, अहिले आफ्नै गाउँ प्यारो लाग्छ, यही माटो प्यारो लाग्छ, कागती खेतीले मलाई सन्तुष्टि दिएको छ, परिवार पाल्न सकिएको छ ।” बागलुङ निसीखोला गाउँपालिका–६ का धर्मराज पोखरेल पाँच वर्षदेखि व्यावसायिक कागती खेती गर्दै आउनुभएको छ । करिब २४ वर्ष विदेशमा सङ्घर्ष गर्नुभएका उहाँले कागतीसँगै अन्य फलफूल पनि […]

काठमाडौं, असोज ९: प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगी व्यवसायीहरूलाई भेटेर दसैं र तिहारको समयमा मूल्यवृद्धिबारे चासो राखेका छन् । प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग महासंघ, चेम्बर अफ कमर्श र उद्योग परिसंघका प्रतिनिधि भेटेर मूल्यवृद्धिबारे चासो राखेका हुन् । प्रधानमन्त्री देउवालाई भेट्न महासंघका अध्यक्ष शेखर गोल्छासहितको टोली पुगेको थियो । यस्तै, चेम्बरबाट अध्यक्ष […]

काठमाडौं, असोज ८ : १० बुँदे सहमतिपछि डा. गोविन्द केसीले अनसन तोडेका छन्। सरकारसँग शनिबार साँझ १० बुँदे सहमति गरेपछि डा. केसीले अनसन तोडेका हुन्। कैलालीबाट अनसन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या देखिएको त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो। केसीले त्रीवि शिक्षण अस्पतालमा उपचारत एक बिरामीको हातबाट जुस पिएर १३ औं दिनमा अनसन तोडेको उनका […]

नारायण तुम्बापो / फिदिम, असोज ७ गते । महँगोमा बिक्न थालेसँगै खोल्सीको सुनको परिचय पाएको अलैँचीको मूल्यमा यो वर्ष ह्रास आएको छ। नयाँ उत्पादन बिक्री सुरु हुने यो सिजनमा गत साल अलैँचीको मूल्य फिदिममा सुख्खा प्रतिमन (४० किलो) ३८ हजार रुपियाँ रहेकोमा अहिले २८ हजारमा झरेको छ। यो वर्ष उत्पादन बढे पनि अन्तर्राष्ट्रिय बजारमा कम […]

कठमाडौं, असोज ६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री स्व. सूर्यबहादुर थापालाई नेपाली राजनीतिक इतिहासका सुप्रसिद्ध व्यक्तिको रूपमा स्मरण गर्नुभएको छ। बिहीबार काठमाडौंमा भएको पूर्व प्रधानमन्त्री थापाको ‘मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री देउवाले स्व. थापाले आफ्नो जीवनकालमा मुलुकको राजनीतिलाई सु–सञ्चालन […]

काठमाडौं, असोज ५ गते । निर्वाचन आयोगले भोलिदेखि प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्नुहुँदै सो जानकारी गराउनुभएको हो । अस्थायी मतदाता नामावलीमा समावेश गरिएका […]