एक्सक्लुसिभ समाचार

असोज २३ गते उम्मेदवारी दर्ता

काठमाडौं, भदौ २३ गते । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका स्वीकृत गरेको छ ।प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १६५ निर्वाचन क्षेत्रमा र प्रदेश सभा सदस्य निर्वाचनका लागि ३३० निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ । आयोगका अनुसार, संवत् २०७९ मंसिर ४ […]


मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं, भदौ २२ गते। नेपाल सरकारले वर्तमान मन्त्रिपरिषद्का सदस्यहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ। भदौ १७ र २१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो निर्णय भएको बताउनुभयो। सञ्चारमन्त्री कार्कीले भदौ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान […]


बाँझो जग्गा उपयोग गर्न ऐन पारित

नवीन सुवेदी / सुर्खेत, भदौ २१ गते । कर्णाली प्रदेश सरकारले बाँझो जग्गा उपयोग गर्न ऐन ल्याएको छ । प्रदेश सभाबाट पारित ‘कर्णाली कृषि व्यवसाय प्रवद्र्धन ऐन, २०७९’मा बाँझो राखिएको जग्गा सम्बन्धित जग्गाधनीको मञ्जुरीमा प्रदेश सरकारले उपयोगमा ल्याउनसक्ने व्यवस्था छ । सो ऐनमा व्यावसायिक कृषि करारको व्यवस्था गरिएको छ । कृषियोग्य जग्गा कृषि परियोजनाबमोजिम सार्वजनिक […]


राष्ट्रपति भण्डारीद्वारा भारतीय सेनाध्यक्ष पाण्डेलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं, भदौ २० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सोमबार अपराह्न राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो । साथै, राष्ट्रपति भण्डारीले पाण्डेलाई खड्ग तथा प्रमाण–पत्र प्रदान समेत प्रदान गर्नुभएको छ । प्रधानमन्त्री एवम् […]


निजामती ऐन रूपान्तरण गरेर ल्याउन सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा

काठमाडौं, भदौ १९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐन रूपान्तरित बनाएर ल्याउनेमा सरकार गम्भीर रहेको बताउनुभएको छ । आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस एवम् पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री देउवाले सरकारी कार्यालयमा अझै पनि नागरिक मैत्री काम हुन नसकेको भन्दै यसलाई तत्काल […]


बेगनासतालका डुङ्गा व्यावसायीमा पलाउँदै आशा

लेखनाथ, भदौ १८ गते । सार्वजनिक बिदाका दिन आन्तरिक पर्यटक बढेसँगै बेगनासका डुङ्गा व्यवसायीमा आशा जगाएको छ । कास्कीको लेखनाथस्थित बेगनास तालका डुङ्गा व्यवसायीमा बर्षा निख्रिनै लागेसँगै आउँदा दिनमा पर्यटक बढ्न सक्ने भन्दै यस्तो आशा जाग्न थालेको हो । कोरोनाकै कारण साढे दुई वर्षदेखि थला परेको डुङ्गा व्यवसाय असोजबाट केही मात्रामा सुधार हुने आशामा व्यवसायी […]


रित्तिएको गाउँका भरिएका मन

कुश्मा, भदौ १७ गते । पर्वतको मोदी गाउँपालिकाको उत्तरी भेगमा गुरुङ समुदायको बसोबास रहेको एउटा सुन्दर गाउँ छ, भुकदेउराली । आँखै अघि देखिने हिमालका मनोरम दृश्य र एकनासले लहरै मिलेर बसेका घरहरु देख्दा आँखै झिम्काउन मन लाग्दैन । प्रत्येक घरका झ्याल र ढोकामा निलो रङ लगाइएका छन् । यही रङले पनि भुक गाउँ भनेर चिनाएको […]


पश्चिमसेतीः स्थानीय भन्छन्, ‘४२ वर्षपछि पुनः आशा पलायो’

अत्तरिया, भदौ १६ गते । विद्यालय पढ्दै गर्दा पश्चिमसेतीको चर्चा सुनेका डोटी, आदर्शका नरी ओझा अहिले नाति नातिनीका हजुरबुवा भइसक्नुभएको छ । अहिलेसम्म पनि परियोजना बन्नु त कता हो कता कामै सुरु भएको छैन । आफ्नो बालापन सम्झिँदै उहाँ भन्नुहुन्छ, “विसं २०३७ मा पश्चिमसेती चर्चामा आएको हो, हामी त्यति बेला दिपायल स्कुलमा पढ्थ्यौँ । अहिले […]


प्रधानमन्त्रीद्वारा विश्वकप क्रिकेटको ट्रफी अवलोकन

काठमाडौं, भदौ १५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी अवलोकन गर्नुभएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले टी–ट्वान्टी विश्वकपकाे ट्रफी अवलोकन गर्नुभएको हो। बुधबार यसअघि ट्रफी भक्तपुर दरबार स्क्वायरमा प्रदर्शनीमा राखिएको थियो। टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सोमबार नेपाल आइपुगेको हो । विश्वकपको एक सय दिने टुर अन्तर्गत ट्रफी नेपाल ल्याइएको हो। […]


मन्त्रिपरिषद् बैठकका १२ निर्णय : विश्व बैंकबाट १७ अर्ब ऋण स्वीकार

काठमाडौं, भदौ १४ गते। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्गलबार सार्वजनिक गर्नुभएको हो। सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाका लागि १७ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। त्यसैगरी सरकारले भदौ […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter