
सपना थामी / काठमाडौं, साउन ३१ गते। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने हद म्याद मंगलबार सकिएको छ। आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन २०७९ साउन १९ सम्म आयोगमा दर्ता कायम रहेका दललाई साउन २२ देखि साउन ३१ गतेसम्म दल दर्ताका लागि […]

काठमाडौं, साउन ३० गते । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला भएको बताउनुहुँदै लोकतन्त्रलाई जगैदेखि मजबुत बनाउन स्थानीय तहदेखि नै कुशल र दुरदर्शी नेतृत्वको छनोट हुन आवश्यक रहेकामा जोड दिनुभएको छ । प्रधानमन्त्री देउवाले जनताको सबैभन्दा नजिकैको सरकार स्थानीय तह भएकाले जनताको दुः ख/सुखमा मलमपट्टी लगाउन सक्ने गरी काम […]

काठमाडौं, साउन २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता फिर्ता पठाउनु भएको छ । आइतबार साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

नवराज कट्टेल / विराटनगर, साउन २८ गते । झापा बुद्धशान्ति गाउँपालिका–४ का महेश लिम्बू साउन अन्तिमदेखि भदौभर रोजगारीका लागि इलाम पुग्नुहुन्छ । इलाममा उत्पादित अलैँची टिप्ने समय आएपछि पछिल्लो पाँच वर्षयता कृषि मजदुरका रूपमा लिम्बूले रोजगारी पाउँदै आउनुभएको छ । रोजगारीका लागि मलेसिया र दुबई बसेर फर्कनुभएका लिम्बूलाई इलामका किसानले दिनभरको रोजगारीसँगै ‘ओभर टाइम’ कामसमेत […]

सिर्जना खत्री / काठमाडौं, साउन २७ गते। सरकारले भदौ ५ गतेदेखि दोस्रो चरण अन्तर्गत बाँकी रहेका ५० जिल्लाका बालबालिकालाई लक्षित गरेर खोप अभियान सुरु गर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई लक्षित गरेर खोप अभियान सुरु गर्ने भएको हो। मन्त्रालयले भदौ ५ देखि ११ गतेसम्म पहिलो र […]

शेरबहादुर राई / ओखलढुङ्गा, साउन २६ गते । ओखलढुङ्गाको ककनीमा विधुतीकरणका लागि सौर्य मिनिग्रिड स्थापना गरिने भएको छ । भौगोलिक विकटताका कारण केन्द्रीय बिधुत विस्तार गर्न खर्चिलो हुने भएकाले सुनकोशी गाउँपालिका –९ ककनीमा सौर्य मिनिग्रिड निर्माण गरी विधुतीकरण गरिनेभएको हो । ककनी गाउँमा केन्द्रीय विधुत पु¥याउन धेरै खर्चिलो हुने भएकाले सौर्य मिनिग्रिडमार्फत विद्युतीकरणको काम अघि […]

काठमाडौं, साउन २५ गते । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी र विश्वस्वास्थ्य संगठन नेपालका प्रमुख डा. राजेश संभाजीराव पाण्डवबीच स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ । सो क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले नेपालको स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य सङ्गठनले पु¥याएको योगदान उल्लेखनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विश्व स्वास्थ्य सङ्गठनले कोरोना महामारी रोकथाम, खोपलगायतमा अग्रणी भूमिका निर्वाह […]

काठमाडौं, साउन २४ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिको भाषा, संस्कृति र लिपिको संरक्षण गर्नु राज्यको दायित्त्व भएको बताउनुभएको छ। नेपाल आदिवासी जनजाति महासंघले २८ औँ विश्व आदिवासी दिवसको अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस्तो बताउनु भएको हो। उहाँले आदिवासी जनजातिको भाषा, संस्कृति र लिपिको संरक्षणका लागि सरकार गम्भीर रहेको समेत […]

काठमाडौं, साउन २३ गते । कृषि विभागले साउन २३ गतेसम्म करिब ९५ प्रतिशत धान रोपाइ सम्पन्न भएको जनाएको छ । कृषि विभागले प्रदेशसँगको समन्वयमा तयार पारेको प्रतिवेदनमा साउन १६ देखि २३ गतेसम्मको अवधिमा करिब ९५ प्रतिशत धानको रोपाइ सम्पन्न भएको हो । विभागको तथ्यांकअनुसार साउन २३ गतेसम्म करिब ९५ प्रतिशत धान रोपाइ सम्पन्न भएको देखिएको […]

विष्णु पाण्डेय / काठमाडौं, साउन २२ गते । राजधानी नजिक बन्दैगरेको महत्वाकांक्षी सुरुङमार्गका रुपमा रहेको नागढुंगा सुरुङमार्गको ६० प्रतिशत काम सम्पन्न भएको छ । अब बाँकी काम आठ महिनामा सक्ने गरी काम भइरहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताउनुभयो । जापान सरकारको १६ अर्ब रुपियाँ र घरजग्गा प्राप्तिका लागि नेपाल सरकारको ६ अर्ब गरी कुल २२ […]