
विष्णु पाण्डेय / काठमाडौं, साउन २१ गते । वैदेशिक रोजगारीको खोजीमा पछिल्लो समय संयुक्त अधिराज्य (यूके) मा मौसमी रोजगारी (सिजनल वर्कर) मा जानेको संख्या बढ्दो छ । १० महिनाअघि युकेले सिजनल वर्करका लागि भिसा जारी गरेपछि नेपाली युवाहरु रोजगारीको खोजीमा युके पुग्ने गरेका छन् । यो भिसा प्राप्त गर्न कुनै संस्था वा म्यानपावरको भर पर्नु […]

राजन रावत / हुुम्ला साउन २० गते । कोरोना अघि ६ महिनाका लागि चीनको ताक्लाकोट जानुुभएका हुुम्लावासीको फुुरु (काठको भाँडा) ब्यापार फस्टाउँदै गएको छ । कोरोनाको कारण हिल्सा नाका बन्द हुँदा अन्य ब्यापारी जान नपाउने र उतै रोकिनुुभएका व्यापारी थोरै भएपछि फुुरु ब्यापारबाट कमाइ राम्रो भएको व्यापारीको भनाइ छ । दुुई वर्षदेखि चीनको पुुराङ काउण्टीको […]

लक्की चौधरी / काठमाडौं, साउन १९ गते । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले वर्तमान प्रतिनिधिसभा र प्रदेश सभाका सदस्यहरुको पदावधि आगामी मंसिर २१ गतेसम्म कायम रहनेगरी सरकारलाई लेखी पठाएको जानकारी गराउनुभएको छ । मन्त्रिपरिषद बैठकले निर्वाचन मंसिर ४ गते आइतबारका लागि गर्ने निर्णय गरेपछि आयोगमा विहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले सो जानकारी […]

सपना थामी / काठमाडौं, साउन १८ गते। सत्ता गठबन्धनले मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने सहमति गरेकाे छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनका शीर्ष नेताबीच बुधबार सो सहमति भएको जानकारी दिनुभयाे । बालुवटारमा भएको छलफलमा मंसिर ४ गते निर्वाचन गर्ने सहमति भएको वरिष्ठ नेता पौडेलको भनाइ छ। नेता पौडेलले भन्नुभयो, […]

काठमाडौं, साउन १६ गते । प्रधानमन्त्री शेरबहादुर देउवालाई हिन्दू परिषद नेपालले २१ बुँदे ज्ञापन पत्र हस्तान्तरण गरेको छ । ज्ञापनपत्रमा महिला, बालबालिका एवम् समुदायविरुद्ध हुने सबै प्रकारका हिंसा र विभेद अन्त्य गर्ने व्यवस्था लागू गर्न माग गरिएको छ । यसैगरी, धार्मिक स्थलमा राजनीतिक नियुक्ति बन्द गर्न एवम् जानकी मन्दिर, देवघाटधामसहित अन्य प्रमुख धार्मिक स्थललाई विश्व […]

काठमाडौं, साउन १५ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले गुह्येश्वरी फोहोरपानी प्रशोधन केन्द्रको आइतबार उद्घाटन गर्नुभएको छ। वि.सं. २०५३ मा यस गुह्येश्वरी फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् शान्ति प्रक्रियाका नायक पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट भएको थियो। वि.सं. २०४६ को ऐतिहासिक जनआन्दोलनको परिणामस्वरुप मुलुकमा प्रजातन्त्र पुनः स्थापना भएपश्चातका सरकारबाट काठमाडौं उपत्यकाको बढ्दो शहरीकरणको कारण […]

काठमाडौँ, साउन १४ गते । नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची उत्पादन प्रवद्र्धनका लागि ‘वाह ! अलैँची’ अभियान सुरु गरेको छ । प्रदेश १ सरकारको कृषि मन्त्रालय तथा स्विस सरकार विकास सहयोग (एसडीसी)को सहयोग र होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा महासङ्घले सुरु गरेको अभियानको ब्रान्ड एम्बेसडर बीबीसी मास्टर सेफ सन्तोष साह रहनुभएको महासङ्घले जनाएको छ । […]

अविनाश चौधरी / धनगढी, साउन १३ गते। सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या दोब्बरले बढेको छ। सन् २०२२ को गणनाअनुसार यो निकुञ्जमा बाघको सङ्ख्या ३६ पुगेको हो। यसअघि, सन २०१८ मा गणना गर्दा शुक्लाफाँटामा बाघको सङ्ख्या १६ रहेको थियो। चार वर्षमा सङ्ख्या दोब्बरले बढेर ३६ पुगेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा शुक्ला-लालझाडी-जोगबुढा गरेर तीन वटा […]

दीपा चाैधरी / काठमाडौं, साउन १२ गते। नेपालीका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य खाडी मुलुक हुन्। यूएईमा मात्र अहिले भ्रमण भिसामा करिब १० हजार नेपाली छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोका सूचना अधिकारी (एसपी) दानबहादुर मल्लका अनुसार भ्रमण भिसाको दुरुपयोग बढ्दै गएको छ। विदेश जाने सबै नेपाली चनाखो हुनुपर्ने उहाँको सुझाव छ। उहाँका अनुसार नेपालबाट भ्रमण […]

विष्णु पाण्डेय / काठमाडौं,साउन ११ गते। यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा २२ हजार बढी परीक्षामा अनुपस्थित भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको परीक्षाफल अनुसार २२ हजार ६४० जनाले परीक्षा नै नदिएको देखिएको छ। परीक्षामा सहभागी चार लाख ९५ हजार ७५१ जना विद्यार्थीमध्ये सहभागी नभएकाको प्रतिशत ४.५७ प्रतिशत हो। परीक्षामा ३.६ देखि ४ […]