एक्सक्लुसिभ समाचार

राष्ट्रपतिसमक्ष नवनियुक्त तीन मन्त्रीको शपथ

काठमाडौं, असार २० गते । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीनजना मन्त्रीले सोमबार राष्ट्रपति भवनमा मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपतिसमक्ष शपथ लिने मन्त्रीहरूमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र सिंह र वन तथा वातावरण मन्त्री प्रदीप यादव हुनुहुन्छ । सत्ता साझेदार दल […]


सूचना विभागका सम्पूर्ण सेवा अब अनलाइनबाटै

काठमाडौं, असार १९ गते । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र क्यास एसएमएस अनलाइन प्रणालीको आज उद्घाटन गर्नुभयो । सोही अवसरमा सरकारका प्रवक्ता कार्कीले आइटी क्षेत्र मुलुकको समृद्धिसँग जोडिएको उल्लेख गर्दै […]


निजगढ अन्तर्राष्ट्रिय विमानस्थल गठबन्धन सरकारको पहिलो प्राथमिकतामा: प्रम देउवा

कलैया, असार १८ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई गठबन्धन सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभएको छ । प्रस्तावित विमानस्थलको निरीक्षण गर्न गठबन्धन दलका शीर्ष नेतासहित आज नेपाली सेनाको हेकिप्टरबाट बारा आउनुभएका प्रधानमन्त्री देउवाले निजगढ विमानस्थल बनाउने काममा अब ढिलासुस्ती नहुने उल्लेख गर्नुभयो । सुरुमा दुई लेनको रन्वेसहित विमानस्थल निर्माण […]


कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम् : राष्ट्रपति भण्डारी

आशा साह / काठमाडौं, असार १७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षा नै कानुनी शासन स्थापनाका लागि प्रमुख आधार भएका बताउनुभएको छ । शुक्रबार त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस नेपाल ल क्याम्पसको ६८ औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले संविधान र कानुनका बारेमा समाजमा जनचेतना अभिवृद्धि गराई कानुनको परिपालना गराउन विश्वविद्यालयमा कार्यरत कानुनका […]


आगामी निर्वाचनको मिति यही महिनामा घोषणा हुन्छ : प्रमुख आयुक्त थपलिया

लक्की चौधरी / काठमाडौं, असार १६ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले असार मसान्तभित्र आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनको मिति घोषणा हुने बताउनुभएको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ को समीक्षा कार्यशाला गोष्ठीमा बिहीबार यहाँ समापन मन्तव्य राख्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । निर्वाचन आयोगले अवको एक साताभित्र सरकारलाई […]


बुधबार धान दिवस : २७ अर्बको चामल र १५ अर्बको धान आयात

काठमाडौं, असार १४ गते । असार १५ गते हरेक वर्ष आउँछ र जान्छ । सरकारले विसं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ सोही दिनको छेको पारेर । मुलुक कृषिप्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो । हरेक वर्ष धान रोप्ने खेत क्रमशः घट्दै […]


ताप्लेजुङमा कृषि ज्ञान केन्द्र स्थापना गरिने

चन्द्र पन्दाक / ताप्लेजुङ, असार १३ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले प्राङ्गारिक तथा जैविक मल उत्पादनसँगै कृषिलाई प्रवद्र्धन गर्ने परियोजना सञ्चालन गर्ने भएको छ । कृषि क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यसहित गाउँमै कृषि ज्ञान केन्द्र स्थापना गरेर परियोजना सञ्चालन गर्नेगरी गाउँपालिकाले अलमोस्ट हेवन फाम्र्ससँग सम्झौता गरेको छ । गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) को उपस्थितिमा अलमोस्ट […]


अल्पसङ्ख्यक चेपाङ समुदायका मनिष बन्नुभयाे इन्जिनियर

काठमाडौं, असार १२ गते । अल्पसङ्ख्यक चेपाङ समुदायबाट धादिङका मनिष प्रजा सिभिल इन्जिनियर बन्नुभएको छ । उहाँले बल्खुस्थित एड्भान्स इन्जिनियरिङ कलेजबाट ‘एड्भान्स इन्जिनियरिङ’ सिभिल इन्जिनियरिङ उत्तीर्ण गर्नुभएको हो । उहाँ तिलकबहादुर र लक्ष्मी चेम्पाङका छोरा हुनुहुन्छ । मलेखुस्थित पशुपति शिक्षा मन्दिरबाट प्रारम्भिक शिक्षा सुरु गर्नुभएको मनिषले काठमाडौंस्थित माउन्ट सिनाइ स्कूलबाट एसएलसीमा ८७ प्रतिशत ल्याई उत्तीर्ण […]


विकासको महत्वपूर्ण क्षेत्र पूर्वाधार सरकारको प्राथमिकतामा छ : गृहमन्त्री खाण

काठमाडौं, असार ११ गते। गृहमन्त्री बालकृष्ण खाणले विकासको महत्वपूर्ण क्षेत्र पूर्वाधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ। सरकारले चाहँदाचाहँदै पनि सम्पन्न गर्न नसकेका पूर्वाधार विकासका आयोजना सम्पन्न गर्न थप जोड दिनुपर्ने उहाँले औँल्याउनुभयो। गृहमन्त्री खाणले रुपन्देहीको तिनाउ नदीमा निर्माण सम्पन्न पुलको शनिबार उद्घाटन गर्दै पूर्वाधार विकाससँगै नागरिकमा सुविधा तथा शान्ति र सुरक्षाको अवस्था सुदृढ हुने बताउनुभयो। […]


वास्तविक किसानले राहत नपाएपछि अनुदान हटाएर प्रोत्साहनको नीति लियौँ : अर्थमन्त्री

काठमाडौं, असार ९ गते। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम हटाएर प्रोत्साहन गर्ने नीति लिइएको जानकारी दिनुभएको छ। विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुसहितको प्रतिनिधिमण्डलसँग बिहीबार भएको छलफलमा मन्त्री शर्माले साना किसानलाई प्रोत्साहन गर्न सके उत्पादन वृद्धि हुनसक्ने देखेर यस्तो नीति लिइएको प्रष्ट पार्नुभएको थियो। “गरिब किसाानले लिने थोरै […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter