एक्सक्लुसिभ समाचार

काठमाडौं महानगर कार्यपालिकाको पहिलो बैठक : फोहोरमैला व्यवस्थापन कार्यदल गठन

सपना थामी / काठमाडौं, जेठ १६ गते । काठमाडौं महानगर कार्यपालिकाको पहिलो बैठकले फोहोरमैला व्यवस्थापन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । बैठकले महानगर प्रमुख वालेन्द्र साहको संयोजकत्वमा सात सदस्यीय फोहोरमैला व्यवस्थापन कार्यदल गठन गरेको छ । कार्यदलको बैठक मङ्गलबार बस्ने छ । कार्यदलका सदस्यहरुमा (एमाले) का तर्फबाट उपप्रमुख सनिता डंगोलसहित थप एकजना, नेपाली […]


१७ खर्ब, ९३ अर्ब, ८३ करोडको बजेट; ६८ वर्षमाथिको ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता

काठमाडौं, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्‍मा उक्त आकारको बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा चालु खर्च सात खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च तीन खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ […]


धनगढीको गेटामा तीन सय शैय्याको अस्पताल तत्काल सञ्चालन हुँदै

काठमाडौं, जेठ १४ गते। सुदूरपश्चिम प्रदेशको घनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा तीन सय शैय्याको अस्पताल यही वर्षदेखि संचालनमा आउने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै जनतालाई स्वास्थ्यमा पहुँच र स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उदेश्यले एक दशक अघि गेटा मेडिकल कलेज स्थापना गर्ने निर्णय गर्नुभएको थियो। गेटा मेडिकल कलेजको भौतिक संरचना […]


राष्ट्रियसभाद्वारा नीति तथा कार्यक्रम पारित; प्रतिनिधिसभामा छलफल जारी

काठमाडौँ, जेठ १३ गते । राष्ट्रियसभाको आजको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रमलाई पारित गर्नुपूर्व बैठकमा छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद […]


नीति तथा कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा संशोधनकर्ता सांसदको जोड

काठमाडौं, जेठ १२ गते । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसदहरुले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुभएको छ । उहाँहरुले आर्थिक वृद्धि गर्नेतर्फ कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले मुलुक कृषिप्रधान देश भनिए पनि खाद्यान्नमा परनिर्भर रहेकाले खाद्यान्न उत्पादनमा जोड दिन माग गर्नुभएको छ । उहाँहरुले खेतीयोग्य जमिनलाई प्लटिङमा […]


जन्मदिनमा सडक बत्ती जडान

लीलाराज खड्का / बिर्तामोड, जेठ ११ गते । झापाको कनकाई नगरपालिका –३, कनकाई टोलका रमेशचन्द्रबाबु मैनालीले आफ्नो जन्मदिनको फजुल खर्चलाई कटाएर गाउँमा सडक बत्ती लगाउनुभएको छ । फजुल खर्च रोकेर आफ्नो गाउँमा निजी खर्चमै सडकबत्ती बालिदिएपछि कम्तीमा मेरो गाउँमा साँझविहान सबैले हिँड्न पाउने भएको उहाँले प्रतिक्रिया दिनुभयो । ‘‘जन्मदिनको पार्टी खाएको भए एकदिनमै सकिने थियो […]


नेपाल सरकारको नीति तथा कार्यक्रम

काठमाडौं, जेठ १० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्येक श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिँदै लगिने बताउनुभएको छ । मङ्गलबार संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस वर्षको नीति तथा कार्यक्रमले समुन्नत नेपालको आकांक्षालाई पूर्णरुपमा आत्मसात् गरेको बताउनुभयो । त्यस्तै, कार्वन व्यापारबाट थप लाभ प्राप्त गरिनेछ, विकास र वातावरणबीच सन्तुलन कायम गर्ने नीति अबलम्बन […]


७२८ पालिकामध्ये कांग्रेस ३१९, एमाले १९८ र माओवादी केन्द्र १२० मा विजयी

काठमाडौं, जेठ ९ गते । स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७२८ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली कांग्रेसले ३१९ पालिका जितेको छ । नेकपा एमालेले १९८ पालिका जितेको भने नेकपा माओवादी केन्द्रले १२० पालिका जितेको छ । यसैगरी नेकपा एकीकृत समाजवादीले १०, जनता समाजवादी पार्टीले २१ र अन्य पार्टीले ६० पालिका जितेका छन् । […]


देशभर ६४ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमान ; १४ जिल्लाका ४४ मतदान केन्द्रमा मतदान स्थगित

काठमाडौं, वैशाख ३०: निर्वाचन आयोग नेपालले अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ। आयोगले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गर्दै यो संख्या बढ्न सक्ने जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोग नेपालका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको […]


निर्धक्क मताधिकारको प्रयोग गर्न राष्ट्रपतिको आह्वान; मतदान कार्यलाई सफल पार्न प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौं, वैशाख २९ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको बताउनुभएको छ। साथै उहाँले निर्धक्क भएर मताधिकारको प्रयोग गर्न सबै मतदातामा आह्वान पनि गर्नुभएको छ। वैशाख ३० गते शुक्रबार सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचन सम्बन्धमा राष्ट्रपतिले बिहीबार एक भिडियो सन्देशमार्फत स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणको निर्माण गर्नु सबैको दायित्व भएको […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter